Monday, August 17, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

होशियार : सूचना मांग्नेलाई कुटदैछन जउनपा

आयोगको निर्देशनका बावजूद पिडीतले न त सूचना पाए, न दोषीलाई कारवाही


लोक समाचारदाता
जनकपुरधाम, पुस २४ गते ।

गत पुस २२ का दिन समाचार संकलनमा गएका पत्रकारलाई कुटपिट गराउने जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले सेवाग्राहीलाई समेत आफ्नो कार्यकक्षमै कुटाएको अर्को घटनाको रहस्य खुलेको छ ।

लोक समाचारदाताले फेला पारेको प्रमाण अनुसार विकास निर्माण सम्बन्धी योजनाको सूचना मांग्न गएका वडा नं. १८ का स्थानीय रामबाबु मण्डललाई वडाध्यक्ष रामाशंकर मार्फत मेयरसाहले कुटाएको छ ।

वडाध्यक्षले गरेको सडकको काम सम्बन्धी तपेश्वर ठाकुर बरही र रामबाबु मण्डलले संयुक्त रुपमै सुचनाको हक प्रयोग गर्दै योजना बारे जनकपुरधाम उपमहानगरपालिका सँग भदौ १७ गतेकै मांग गरेको थियो । एक महिनासम्म तोकता गर्दा पनि मण्डलले सूचना त पाएन, तर असोज १६ गतेका दिन गुनासो लिएर मेयर साहले कार्यकक्षमा पुग्दा किन चाहियो सूचना, हामी दिदैनौ हप्काए ।
पिडीतले सूचना लिने हाम्रो संवैधानिक अधिकार हो र तपाईलाई दिने दायित्व लगायतका अनुरोध गरिरहकै क्रममा वडाध्यक्षले जाइलाग्दै रामबाबुलाई मेयरको कार्यकक्षमै उनकै अगाडि कुटपिट गरेका थिए ।

सो घटना बारे पिडीतले असोज १६ गतेका दिन जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी समेत दर्ता गराए । यसका साथै जिल्ला प्रशासन कार्यालयमा घटना बारे जानकारी गराउंदै राष्ट्रिय सूचना आयोगमा सूचना मांग्दा कुटपिट भएको जानकारी सहित उजुरी दर्ता गराए । सो उजुरीकै आधारमा वडा अध्यक्षलाई आवश्यक कारवाही गर्न आयोगले जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरे ।

आयोगको पत्राचारपछि कात्तिक १८ गतेका दिन जिल्ला प्रशासन कार्यालयले २२ गतेका दिन छलफलका लागि बोलायो, जिप्रकाका प्रशासकीय अधिकृत गणेशचन्द्र मिश्रको रोहबरमा भएको छलफलमा उपमहानगरपालिकाका सूचना अधिकारी उमाशंकर मल्लिकले ७ दिन भित्रै सूचना उपलब्ध गराउने प्रतिबद्धता सहितको कागज गरियो, तरपनि पिडीतले सूचना पाएन ।

उपमहानगरपालिकाले आफ्नो प्रतिबद्धता अनुसार पिडीतलाई सूचना उपलब्ध गराएपछि जिप्रकाले मंसिर १६ गतेका दिन पिडीतलाई सूचना किन उपलब्ध गराइएन, ७ दिनभित्र सूचना उपलब्ध गराई त्यसको जानकारी जिप्रकामा पठाउने सहितको ताकेता पत्र पठायो । ताकेता पत्रको करीब दुई महिना बितिसक्दा उपमहानगरपालिकाले कुनै टेरपुच्छर नगरी बेवास्ता गर्दै आएको छ ।

सूचना आयोगले आफ्नो पत्रमा स्पष्ट रुपमै सूचना मांग्नेलाई नागरिकलाई कुटपिट गर्ने वडाध्यक्षलाई कारवाही र सहज रुपमा सूचना उपलब्ध गराउन निर्देशन दिएको थियो । तर प्रजिअ प्रदीपराज कणेलले न त ती वडाध्यक्षलाई कारवाही गरे, न त सूचना नै उपलब्ध गराउन सके ।

लोकपुकार सँग कुरा गर्दै पिडीत रामबाबु मण्डलले भने सूचना मांग्ने नागरिकको संवैधानिक अधिकार हो, तर मांग्दा कुटाई खानुपर्ने घटना देशकै लागि दुर्भाग्य हो । दोषीमाथि हालसम्म सम्बन्धित निकायले कारवाही गर्न नसक्नु भने तिनीहरु उपमहानगरपालिका पदाधिकारी निरिह भएको देखिन्छ, यस्तै अवस्था विद्यमान रहयो भने कुनैपनि नगरवासी सुरक्षित रहन सक्दैन । साथै उनले आफू न्याय नपाएसम्म संघर्ष जारी राख्ने समेत जनाएका छन् ।

उपमहानगरपालिका अगाडि जिल्ला प्रशासन कार्यालय मात्र होइन जिल्ला प्रहरी कार्यालय समेत निरिह भएको छ । सूचना मांग्नेलाई यसरी नै कुटपिटको घटना हुंदै रहयो भने नगरवासी कसरी सुरक्षित रहलान कानून कार्यान्वयनकर्ता निकायहरुमाथि ठूलो प्रश्नचिन्ह खडा भएको छ ।

वडाध्यक्षमाथि सोही बेला कारवाही भइ दिएको भए पुस २२ गतेका दिन पत्रकारलाई कुटिनुपर्ने घटना दोहरिने थिएन । सम्बन्धित निकायकै बेवास्ताका कारण जनकपुरधाम उपमहानगरपालिकाका पदाधिकारी अधिकार खोज्दा कुटने प्रवृतिको मनोबल बढेको हो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव