लोक समाचारदाता
जनकपुरधाम, पुस १ गते ।
सेन्चुरी कमर्शियल बैंकले संस्थागत समाजिक उत्तरदायीत्व कार्यक्रम अन्तरगत जनकपुरधामको राजदेवी मन्दिरमा सहयोग गरेको छ ।
दैनिक रुपमा सयौ श्रद्धालु भक्तजनहरु दर्शन गर्न आउने सो मन्दिरमा पिउने पानी देखि लिएर पानीका समाग्रीहरुको अभावका कारण भक्तजनहरुलाई समस्या हुदै आएको थियो । सोहि समस्यालाई मध्यनजर गर्दै सेन्चुरी कमर्शियल बैंकले राजदेवी मन्दिरमा खानेपानीको टयांकी तथा धारा जडान गरि मन्दिरलाई हस्तान्तरण गरेको छ ।
मंगलवार विहान मन्दिरकै प्रांगनमा गरिएको हस्तान्तरण कार्यक्रममा बैंकका प्रदेश प्रमुख सौरभ चौधरी ले राजदेवी मन्दिरको तर्फबाट महाविर युवा कमिटिका अध्यक्ष सन्तोष कुमार साहलाई समाग्री हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा बैंक म्यानेजर नविन झा लगायत बैंकका कर्मचारी तथा महाविर युवा कमिटिका पदाधीकारीहरुको उपस्थिती रहेका थिए ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !