Thursday, October 1, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

बम विस्फोट घटना रहस्यमय बन्दै, ऋण व्यवसाय कि विप्लव आतंक


लोक समाचारदाता
जनकपुरधाम, मंसिर २८ गते ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्र बजारमा भएको बम विस्फोट घटना रहस्यमय बन्दै गएको छ । कसैले भन्छ ऋण व्यवसायका पिडीत त कसैले विप्लव समूहले ज्यानै जानेगरी विस्फोट गरेको हो ।
त्यति मात्र होइन स्थानीय भन्छन प्रहरी निरिक्षकले गेटमा झुण्डयाइएका शंकास्पद झोलामा केही छैन भनी झोला उतार्न खोज्दा विस्फोट भएको हो, तर प्रहरी भन्छन प्रहरीले झोला उतार्न त छोएको पनि छैन प्रहरीलाई नै लक्षित गरी रिमोटको माध्यमले विस्फोट गराइएको हो ।
यो आलेख लेख्दासम्म प्रहरीको अनुसन्धान जारी नै रहेको कारण यकिन तथ्य बाहिर आउन सकेको छैन । घटना बारे सत्य तथ्य बाहिर आउन नसकेपनि प्रहरीले अनुसन्धानको क्रममा विप्लव समूहका केन्द्र तथा प्रदेशका पदाधिकरी तथा कार्यकर्ता सहित ५ जनालाई पक्राउ गरिसकेको छ ।
पक्राउ परेकाहरु विप्लव समूह सँग आबद्ध रहेको कारण प्रारम्भिक अनुसन्धान अनुसार विप्लव समूहले नै विस्फोट गराएको हो ।
गएराति राजेश भन्ने राजेश्वर साहको घरमा भएको बम विस्फोटमा परी घरमूल राजेश सहित उनका छोरा आनन्द साह र प्रहरी निरिक्षक अमिर दाहालको मृत्यु भएको छ । घटनामा प्रहरी जवान रिजन महतो, राजेशका छोरा प्रकाश साह र छोरी अञ्जली साह गम्भीर घाइते भएका छन ।

घटना यसरी भएको थियो

घरको गेटमा बमको झोला झुण्डयाइएको छ भनी राजेश्वरले प्रहरी निरिक्षक दाहाललाई फोन गरेको थियो । सो फोनको आधारमा प्रहरी निरिक्षक दाहालले प्रहरी जवान रिजनलाई घटनास्थल पुगेपछि विस्फोट भएको थियो । विस्फोट गर्दा बम झुण्डयाइएको गेट सहित शौचालय र घरका झ्याल ढोका समेत टुटफुट भएको छ ।
महेन्द्रनगर बजारमै औषधी पसल चलाउने राजेश साहको घरमा शुक्रबार राति साढे ११ बजे भएको थियो । राजेशको घर सो घर महेन्द्रनगर बजारको सडकको केही भित्र मात्रै रहेको छ । उनको घर ठूलठूलो पर्खालले घेरिएको छ । भित्र एउटा सानो एलवेष्टरको घर छ भने अर्कोतर्फ दुई तल्ले भवन समेत छ ।
राजेशकै छिमकी मनोज साहको अनुसार राजेशको श्रमती शौच गर्नका लागि शौचालय जाँदा घरमा प्रवेश गर्नुअघि फलामको ढोकामा शंकास्पद झोला झुण्ड्याइएको देखे । सो झोला देख्ने बित्तिकै उनले एलवेष्टरको घरमा सुतिरहेका श्रीमान राजे्श, दुई तल्लामा सुतिरहेका दूबै छोरा र पल्लो घरमा सुतिरहेका दूबै छोरीलाई बोलाए । सबैलाई बोलाएर औषधी पसल नजिक रहेको अर्को घरमा पुगे ।
सो घरमा पुगेपछि राजेश छेउमै रहेको ईलाका प्रहरी कार्यालयमा जानकारी गराउनका लागि आएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका सई राम पदार्थ साहले बताए । शंकास्पद झोला रहेको खबर पाए लगत्तै प्रहरी निरीक्षक अमिर दहालको नेतृत्वमा ५ जना प्रहरी जवान घटना स्थल पुगे ।
प्रहरी निरीक्षक अमिर दाहालसहितको टोलीले समेत घरको गेटमा झुन्डयाइएको रातो झोला हेरे । ‘एक छिन झोला नियालिसकेपछि उनीहरूले यो केही होइन, डराउनु पर्दैन । ल, यसलाई फ्याँकिदिऊ भन्दै इन्सपेक्टर र राजेश झोला नजिकै गए छिमेकी मनोज साहले बताए । उनीहरु नजिक पुग्ने वितिकै विस्फोट भएको थियो ।
झोला झुन्डयाइएको स्थान नजिक पुग्दा र नपुग्दै ठूलो आवाजसहित बम विस्फोट भयो । र, राजेश र उनका छोरा आनन्द ठाउँको ठाउँ नै ढले । बमको छर्रा लागेर इन्स्पेक्टर दाहालसहित प्रहरी जवान रिजनाथ महतो, राजेशका अर्का छोरा प्रकाश र छोरी अञ्जली गम्भीर घाइते भए । प्रहरी निरिक्षक दहालको थप उपचारका लागि धरान लग्दै जाँदा बाटोमै मृत्यु भएको हो ।
घटनामा राजेशका बुवा भिखारी साह र अर्की छोरी निक्की साह समेत घाइते भएका छन् । सो विस्फोटमा पूरै परिवारलाई नै सखाप बनाएको छ । एक जना राजेशको श्रीमती मात्रै सुरक्षित छन् । उनी पनि अचेत अवस्थामा छिन् । यो एक विस्फोटले पूरै परिवारलाई क्षत विक्षत बनाएको छ ।

ऋण व्यवसायले ज्यान लिएको हुन सक्ने आशंका

घटनापछि उनको घरमा सान्त्वाना दिन आउनेहरुको घुइँचो लागेको छ । अधिकांश महेन्द्रनगरवासीको अनुहारमा निराशा रहेको छ । तर कोही भन्छन् ब्याज लगाउने प्रवृतिले उनको ज्यान लियो भने कोही भन्छन् विप्लव नेतृत्वको माओवादी नेता कार्यकर्ताले विस्फोट गराएको हो । यद्यपि प्रहरीले भने यस विषयमा अनुसन्धान अगाडी केही भन्न नसकिने बताउँछन् ।
हुनत स्थानीयवासीहरु मृतको राजेश ब्याजमा पैसा लगाउने गरेको र बोली कडा रहेको बताउँछन् । ब्याज लगाउँदा कसैलाई एक सूको नछोड्ने प्रवृति राजेशको थियो । एक स्थानीयका अनुसार विस्फोट भएको घर समेत ब्याज तिर्न नसकेपछि राजेशले सो घर आफ्नो नाउँमा गराएको बताए ।
राजेशलाई सोही स्वभावका कारण केही दिन अगाडी धम्की आएको क्षिरेश्वरनाथ नगरपालिकाका प्रमुख योगेन्द्र पजियारले बताए । उनले सोही धम्कीका कारण १५ दिन अगाडी दुई चार दिनका लागि सुरक्षाकर्मीले सुरक्षा दिएको बताए । यद्यपि ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका सई रामपदार्थ साह यो कुरोलाई अस्वीकार गरे ।

घटनाका प्रत्यक्षदर्षी सई मुस्तुफा के भन्छन् ?

विस्फोट भएको बेला ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका सई मोहम्मद मुस्तुफा समेत प्रहरी निरिक्षक दहाल संगै थिए । बिहान घटनाको अनुसन्धानका लागि मुस्तुफा समेत खटिएका थिए । घटनाको सम्बन्धमा सई मुस्तुफासंग जिज्ञासा राख्दा उनले भने शंकास्पद झोला रहेको जानकारी पाएलगत्तै प्रहरी निरिक्षक अमिर दहालको नेतृत्वमा म लगायत रिजनाथ महतो, जवान रमेश गुरुंग र राजेश मुखिया सहतिको टोली त्यहाँ पुग्यौँ ।
झोला देखेर प्रहरी निरिक्षक दहालले आफूलाई बाहिर गएर यस विषयमा अनुसन्धान गर्नका लागि पठाउँदा सोही समयमा विस्फोट भएको थियो । आफू बाहिर रहेकै कारण मेरो ज्यान जोगियो सई मुस्तुफाले बताए । विस्फोट गराउनका लागि प्रेसर कुकर बम प्रयोग गरिएको उनले बताए ।
बम डिस्पोज गर्नका लागि नेपाली सेनालाई किन खबर गर्नु भएन भन्ने प्रश्नमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका सई राम पदार्थ साहले बम हो वा कि हल्ला मात्रै भन्ने पत्ता लगाउने क्रममै विस्फोट भएको थियो । बम हो भनी यकिन भई सकेपछि हामी डिस्पोजल टोलीलाई बोलाउने थियौँ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद
Blast News

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

ताजा खबर

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव