लोक समाचारदाता
जनकपुरधाम, असोज २९ गते ।
भारतको उडिसा स्थित जगरनाथपुरीका स्वामी श्री दिव्यानन्दजी महाराजलाई जनकपुरधाममा सम्मान गरिने भएको छ ।
धार्मिक भ्रमणको क्रममा बिहीवार जनकपुरधाम आउने स्वामी दिव्यानन्दजी महाराजलाई जानकी मन्दिर व्यवस्थापन समितिले एक कार्यक्रम आयोजना गरी सम्मान गर्ने भएको छ ।
जनकपुरधाम हुंदै पशुपति नाथ जाने स्वामी दिव्यानन्दजीलाई जानकी मन्दिरले बिहीवार नै एक कार्यक्रम आयोजना गरी प्रदेश २ का प्रमुख रत्नेश्वर कायस्थको प्रमुख आतिथ्यमा सम्मान गरिने जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले जनाएको छ ।
महन्त रामरोशनले बुधवार बेलुका एक पत्रकार सम्मेलन आयोजना गरी कार्यक्रम बारे जानकारी दिदैं नगरवासीलाई सो सम्मान कार्यक्रममा सहभागिताका लागि अनुरोध गरेका छन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !