Friday, August 14, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

तीजको विकृति : प्रदेश सभालाई दिउंसै नै नाइट क्लब झै बनाइयो


लोक समाचारदाता
जनकपुरधाम, भदौ १२ गते ।
“सजना दी हट हट” “डिजेवाला तु डिजे बजा” तु अँखिया मिलाले, बम डिगी डिगी बम बम” र “दिदीको मंगनी भइसक्यो” भन्ने गीतका बोलमा प्रदेश सभा महिला सदस्यहरु सहितका विभिन्न निकायका महिलाहरुले नाच्दै झुम्दै दिउंसै नै प्रदेश सभा 2 लाई नाइट क्लब बनाएको थियो ।
नेपाली महिलाहरुले मनाइने हरितालिका तीजको दर खाने अवसरमा प्रदेश सभा सचिवालयद्वारा आयोजना गरिएको सो कार्यक्रमले हेर्दा मानौ यस्तो लाग्दै थियो कि कुनै नाइट क्लब वा महंगा रेष्टुरेन्ट होटलकै दृश्य हो ।
दिउँसै नै सो कार्यक्रमको नाच्ने स्थलमा लाखौ रुपैया खर्चिए विभिन्न आधुनिक डान्स झिलीमिली बती र ठूला स्वरका महंगा डिजेबाजा घन्किएको दृश्य हेर्दा अचम्म लाग्यो यो जनताको लागि कानून बनाउने स्थल हो कि कुनै डान्स बार । मन्त्री देखि उपसभामख र सांसदसम्म विभिन्न निकायका गणमान्य व्यक्तिहरुको उपस्थितिमा हरितालिका तीजको अवसरमा गरिएको सो कार्यक्रमले जनतामा उत्साह होइन बरु वितृष्णा नै थपेको छ ।
पति पत्नीबीच प्रेम बढाउने, पतिको दिर्घायु लगायतका धार्मिक आस्थाले मनाइने तीजलाई मनोरञ्जनका लागि भड्किलो र खर्चिलो बनाउने कार्यले समाजमा विकृति फलाइदै गएको छ । तीजको अवसरमा खासगरी महिलाको वेदना, घर परिवारको समस्या लगायतका गीत सहित भजन किर्तन गाइने गरिन्छ । तर अहिले दर खाने नाममा एक महिना अगाडि देखि नै विभिन्न

संघ संस्थाहरुले होटलहरुमा लाखौ खर्चेर नाचगाना गर्दै मनोरञ्जनको साधन बनाउंदै गएका छन् ।
भाद्र शुक्ल तृतियाका दिन मनाइने तीज यसवर्ष भदौ १६ गते र दर खाने दिन १५ गते हो तर तीन दिन अगावै शुक्रवार प्रदेश सभा सचिवालयको खर्चमा दर खाने दिनको अवसरमा नाचगाना गरियो । त्यो पनि भड्किलो रुपमा नाइट क्लबको स्वरुपमा, जनताको करबाट चल्ने प्रदेश सभाको रकम यस्ता कार्यक्रममा खर्चिुनलाई समाजिवक अगुवाहरुले जनताको करको दुरुपयोग रहेको बताएका छन् ।
तीजमा महिला दिदीबहिनीहरू खुला रूपमा आफ्ना समस्या गीत र नृत्यका रूपमा पस्कने गर्छन । तीजमा महिला दिदीबहिनीहरू आपसमा भेला भई नाचगान गर्दै दर खाने गर्छन । हुनत दर खाने विधि कुनैपनि धार्मिक शास्त्रमा उल्लेख छैन । तर यसलाई मनोरञ्जनात्मक बनाउन अहिले सांगठनिक रुप दिन थालिएको छ । संघीय राजधानी काठमाडौंमा त महिनादिन अगाडि देखि नै विभिन्न संघ संस्थाहरुले होटल बुक गरेर मनोरञ्जनात्मक कार्यक्रम गर्दै आएको छ ।

यस्ता गीत गाइन्छ तीजमा

विवाह भएर टाढा पुगेका छोरी–चेली–भान्जीहरूलाई घरसम्मै माइती लिन जाने, माइतमा एकसाथ भेला हुने, रमाइलो भेटघाटबीच मीठो एवं स्वादिष्ट दर खाने, व्रत बसी सामूहिक पूजा लगाउने र नाचगानका माध्यमले आफ्ना दुःखसुखका पीरमर्का गीत मार्फत व्यक्त गरिन्छ ।
तीजमा माइती समाजमै दिदीबहिनीहरूले आफ्नो घरतर्फ सासूससुरा, देउरानी–जेठानी, नन्द–आमाजू र पतिले दिएका पीडा र कुण्ठाहरूलाई उन्मुक्त कण्ठले गीतको माध्यमबाट पोख्छन । तीजमा खासगरी पराई घरमा दुःख पाएका घटनाहरूको इतिवृत्तान्त व्यक्त गरी आमाबुबाको सहानुभूति र माया प्राप्त गर्ने भावका गीतहरू गाउने गरिन्छ ।

तीज के हो र यसको मान्यता ?
संस्कृतिको धनी देश नेपाल जहाँ विविधतामा एकता छ । अनेकौ धर्म संस्कृतिको संगमस्थल नेपाल धर्म र संस्कृतिमा लामो इतिहास बोकेको देश हो । यहाँ प्रत्येक दिन कुनै न कुनै समुदाय र जातिको व्रत त्योहार र उत्सव मनाइदै आएको छ ।
यसै पर्व मध्येका एक हो महिलाहरुले मनाउने हरितालिका तीज । नेपाली महिलाहरुले मनाउने धार्मिक आस्था बोकेका तीजको छुटै चिनारी छ ।
भाद्र महिनाको शुक्लपक्ष तृतीयाको दिन मनाइने हरितालिकाको अर्थ हो हरण गरिएको साथी पाउन अपनाइएको विधि । अर्थात ‘हरित’ को अर्थ हरण गरिएको र ‘आलिका’को अर्थ साथी तथा तीजको अर्थ पर्व उत्सव । सामान्य अर्थमा बुझ्ने हो । तृतियाका दिन पर्ने भएको हुनाले तीज भन्ने गरिन्छ ।
धार्मिक पौराणिक प्रसंग अनुसार भाद्र शुक्ल तृतीयाको दिन पर्वतराज हिमालयकी सुपुत्री पार्वतीलाई विष्णुसँग निश्चय गरिएको विवाहबाट जोगाउन उनका सखीहरूले हरण गरेर लुकाएका कारण यस दिनलाई हरितालिका भनिएको हो ।
यो कहिलेदेखि मनाउन थालिएको हो भन्ने कुराको यकिन गर्न सकिदैन । शिवपुराणमा अनुसार भाद्र शुक्लपक्षको तृतीया तिथिमा पार्वतीले भगवान् शिवजीलाई पति पाऊँ भनी गरेको व्रतबाट तीजको परम्परा चलेको पाइन्छ । विकासको क्रम सँगै साँस्कृतिक पर्वको समेत रूप ग्रहण गरी आजसम्म भव्यताका साथ तीज मनाउने गरिन्छ ।
पुराण अनुसार जब पार्वतीले भगवान शिवलाई पति पाउन चिन्तन, ध्यान, पूजा, उपासना, जप, तपमा थिइन त्यहि बेला नारदको आग्रहमा उनका पिता पर्वतराज हिमालयले भगवान् विष्णुसँग उनको विवाह निश्चय गरिदिन्छ ।
पिताले आफ्नो इच्छाविपरीत भगवान् विष्णुसँग विवाह गरिदिने निश्चय गरेको थाहा पाएपछि पार्वतीलाई असह्य पीडा हुन्छ र उनी आफ्नो वेदना सखीहरुलाई सुनाउछिन । सखीहरूले पार्वतीलाई लुकाएर जंगलमा पुरयाउंछिन, पार्वती हराएको सुचना पाए लगतै हिमालयको दरबारमा हाहाकार हुन्छ । सखीहरूले हरण गरेर लुकाएको अवस्थामा पार्वतीले बालुवाको शिवलिंग बनाई पूजा गरिन् र ॐ नमः शिवाय मन्त्रद्वारा भगवान् शिवजीलाई प्रसन्न गराई वरदानस्वरूप उनै भगवानलाई पतिरूपमा प्राप्त गरिन् । यसप्रकार पार्वतीले सिद्ध गरेको पूजालाई हरितालिका पूजा भन्न थालिएको हो ।
यस पर्वलाई पतिपत्नीबीचको सम्बन्ध प्रगाढ बनाउने, आपसी सहयोगको भाव प्रत्यक्षरूपमा व्यक्त गर्ने, उमामहेश्वरको पूजाद्वारा पतिपत्नी एक–अर्काका पूरक भएको प्रमाणित गर्ने, ईश्वर–उपासनाद्वारा इच्छाएको फल प्राप्त गर्ने जस्ता अनेकौं प्रेरणाहरू तीज पर्वबाट प्राप्त गर्न सकिन्छ ।

तीज व्रतको विधि
तीज अर्थात् हरितालिकामा दीप–कलश–गणेश पूजनपूर्वक शिवपार्वतीको एकसाथ पूजा गर्ने विधान छ । हरितालिका तीजका दिन प्रातः स्नान गरी शुद्ध चोखो वस्त्र धारण गरेर प्रतिज्ञा सङ्कल्प पूर्वक अर्घ स्थापना गरी दीप, कलश र गणेशको पूजा गरिन्छ । यस पछि वालुवाको शिवलिङ्ग बनाई त्यसमा उमा र महेश्वरको आवहन पूर्वक षोडशोपचारले पूजा गरी २४ घण्टै उपवासमा बस्ने शास्त्रीय विधान रहेको छ । यसैगरी भोलिपल्ट लोपामुद्रा पूजा, अगस्तिपूजा, अर्घदान, पूर्णपात्र दानपूर्वक विसर्जन गरी व्रत समापन गरिन्छ ।
शस्त्रीय विधानका साथसाथै लोक परम्परा अनुसार मन्दिर जाने, उमा महेश्वरको पूजा गर्ने र महिलाको वेदना र समस्या बारे गीत र भजन कीर्तन पूर्वक नाचगान गर्ने चलन पनि रहिआएको पाइन्छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

ताजा खबर

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव