लोक सम्वाददाता
लहान, भदौ ६ गते ।
सिरहाको बरियारपट्टि गाउँपालिका ४ सोहपुरमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा स्थानीय २५ वर्षीय श्यामलाल यादव रहेको छ । धान खेतमा पानी हाल्नका लागि मोटर चलाउने क्रममा करेन्ट लागेर यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शवपरीक्षणका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालमा पठाइएको बताइएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !