Sunday, August 9, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

अनियमित महिनाबारी भए उपचार गराउन जरुरी : डा. पण्डित


डा. रामनरेश पण्डितजी महिलामा प्रायः देखिने सस्या महिनाबारी भनेको हो ?
महिनावारी भनेको महिला वा युवतीको शरीरमा भएका चक्रीय हार्मोन परिवर्तनहरूका कारण नियमित चक्रिय प्रणालीमा योनीबाट हुने रक्त प्रवाह र पाठेघरको तह हो । यो प्रत्येक महिना बढीमा ५ दिनको अन्तरालमा हुने गर्छ । महिनावारी प्राकृतिक सरसफाइ प्रक्रिया हो जसबाट महिलालाई हरेक महिना गर्भवती हुन तयार हुने संकेत हो ।
यदि महिला महिनावारी भइन् भने पाठेघरले बनाएको रगतको तह विस्तारै योनिमार्ग हुदै रगतका रूपमा शरीरबाट बाहिर निस्कन्छ जुन रगतको रङ्ग गाढा रातो हुन्छ र कहिले कही ढिका जस्तो भएर जमेको रगतका रूपमा पनि बाहिर निस्कन्छ ।
महिनावारी महिलामा कहिले र कति वर्षदेखि कतिवर्षसम्म हुने गर्छ ?
महिनाबारी खासगरी २८ दिनको अन्तराल हुने गर्छ र यो ५ दिनसम्म हुने छ । तर यो प्रत्येक महिलामा फरक फरक समयमा हुने गर्छ । यो धेरैजसो युवतीहरूमा पहिलो महिनावारी १२÷१३ वर्षदेखि शुरु हुन्छ भने बढीमा ४८/५० वर्षसम्म हुने गर्छ ।

महिनावारीको समयमा के कस्ता परिवर्तन हुन्छ ?
महिनाबारी हुने क्रममा प्रायः पहिलो र दोस्रो दिनमा बढी रगत बग्छ । धेरै युवतीहरूमा पहिलो पटक महिनावारी हुँदा, पहिलो वर्षमा महिनावारी अनियमित हुन्छ । महिनावारी सुरु हुनु अघि योनिको माथिल्लो भाग दुख्ने, कब्जियत हुने, स्तन कडा हुने अनि दुख्ने, चिरचिरापन हुने र थकाइ लाग्ने तथा कसै कसैलाई डन्डीफोर आउने जस्ता लक्षणहरू पनि देखा पर्दछन् ।
ठिक अघि र महिनावारी भएकै वेलाको पहिलो दिन योनिको माथिल्लो भाग अर्थात पेटको तल दुख्ने गर्छ । महिनावारी सुरु हुनु करिब १२ देखि १६ दिनअघि डिम्बाशयबाट एउटा डिम्ब निस्कन्छ । उक्त डिम्ब उत्पादनको क्रममा महिलालाई पेटको वरिपरि दुख्ने गर्छ ।
डा. रामनरेशजी महिनाबारी अनिमित भनेको के हो र कसरी हुन्छ ?
चक्रिय रुपमा औषतन २८ दिनको अन्तरालमा महिनाबारी हुने गर्छ तर सो अन्तरालमा नभई कम वा बढी समयमा हुने, निर्धारित समयमा बढी समयसम्म रोकिनु लगायतका समस्या नै अनियमित महिनाबारी हो । तर २१ दिनदेखि ३५ दिनको अवधिमा भए त्यसलाई सामान्य नै मान्न सकिन्छ ।
महिनावारीको अनियमित मुख्यतः हार्माेनल कारणसँग जोडिएको हुन्छ । यो समान्यतः ओभरीमा ‘पोलिस्टिक’ हर्माेन बढेर वा थाइराइड हर्मोन बढ्नाले, अण्डाशय वा पाठेघरमा संक्रमणले गर्दा महिनावारी अनियमित हुने गर्छ ।
अधिकांश महिला वा युवतीमा पोलिसिस्टक हर्मोन बढेका कारण महिनावारी अनियमित समस्या हुने गरेको छ । पोलिसिस्टिकमा महिलाको अन्डाशयका अन्डा पाक्ने र फुट्ने हुन्छ । पोलिसिस्टिक भएका महिलाका थुप्रै अन्डा हुन्छन् र सबै अन्डाबाट अलिअलि हर्मोन निस्किएर हर्मोन असन्तुलित हुनेगर्छ । हर्मोन असन्तुलित भएपछि महिनावारी अनियमित हुन्छ । वातावरणीय समस्या, खानपान, धुम्रपान र मद्यपान सेवन, मानसिक तनाव, मानसिक रोगको औषधि सेवन आदि कारणले पनि अनियमित हुने गर्छ ।
अनियमित महिनाबारीमा कस्ता देखिन्छ र यसको समाधान के हो ?
महिनावारी अनियमित हुँदा डन्डीफोर आउने, मोटाउने, बच्चा नबस्ने, बच्चा ढिला बस्ने, शरीरका विभिन्न भागमा रौं आउने समस्या हुने गर्छ । यो समस्या कसैकसैलाई वंशाणुगत कारणले पनि हुन सक्छ ।
यसको समाधानका लागि चिकित्सकसँग नियमित चेकजाँच गराउनुपर्छ, पोषिलो खानेकुरा खानुपर्छ, शरीरलाई मोटापानबाट रोक्नुपर्छ, नियमित व्ययाम, प्रदुषित वातावरणबाट जोगिनु, गर्भनिरोधक चक्की वा सुई चिकित्सकको सल्लाहमा खाने, धुम्रपान र मद्यपानबाट सेवन गर्नु हुदैन र शरीरमा कुनै समस्या देखा परे तुरन्त उपचार गराउनुपर्छ ।
महिनाबारीले के कस्ता फाइदा हुन्छ ?
महिनाबारी खासगरी गर्भधारणका लागि बढी फाइदा पुरयाउंछ, यसका साथै नियमित प्राकृतिक सरसफाई हुन्छ जसले गर्दा खराब रगत आफै योनीको माध्यमबाट निस्किन्छ । महिनाबारीले

कसरी गर्भधारण गर्छन महिलाहरु ?
हरेक महिना परिपक्व डिम्ब डिम्बाशयबाट निस्केर डिम्ब बाहिनी नली हुदै पाठेघरसम्म आउछ । उक्त समयमा असुरक्षित यौन सम्पर्क भएमा र योनिभित्र नै वीर्य खसालेमा डिम्बलाई शुक्रकीटले निषेचित गर्न सक्छ र निषेचित भएमा महिला गर्भवती हुन्छिन् । गर्भवती भइसकेपछि महिनाबारी प्रक्रिया आफै रोकिन्छ ।
महिनावारीमा के कस्ता ध्यान पुरयाउनु पर्छ ?
महिनावारी हुँदा शारीरिक सरसफाईमा विषेश ध्यान पु¥याउनु पर्ने हुन्छ । परम्परागत रुपमा चल्दै आएको कपडा प्रयोग गर्नु हुदैन, यदि गर्नु नै परयो भने सफा एवं एक पटक प्रयोग भइसकेपछि अर्को पटक प्रयोग नगर्ने, हुनत सिनेटरी प्याड नै प्रयोग गर्नुपर्छ । योनीको नियमित सरसफाई हुनुपर्छ यदि भएन फोहर भई घाउ बन्ने सक्ने र त्यसले क्यान्सरको रुप लिन सक्ने सम्भावना हुन्छ ।
पेट र ढाड दुख्ने समस्याको घरेलु उपचार पनि छ कि ?
समान्यतः दर्दनिवारक औषधि प्रयोग गर्नुपर्छ । तर यस दुखाईलाई घरेलु उपचारको माध्यमबाट नियन्त्रण गर्न सकिन्छ । घरेलु उपचारमा यी तरिकाहरु अपनाउन सकिन्छ जस्तै ः रुमाल वा आधा मिटर जति सुतीको कपडाको टुक्रालाई तातो पानीमा भिजाएर र पेटको वरिपरि सेक्ने, तातो पानीलाई रबडको थैली वा सिसीमा राखेर दुखेका ठाउमा विस्तारै सेक्न, गेडागुडीको झोल, हरियो सागसब्जी खानु पर्छ जसले शरीरलाई कमजोर हुन दिदैन । हलुका व्यायाम गर्नाले पनि दुखाइ कम हुन्छ ।
महिनावारी हुदाँ यौन सम्पर्क गर्न सकिन्छ कि सकिदैन ?
महिनावारी हुदा यौन सम्पर्क राख्ने नराख्ने भन्ने कुरा व्यक्तिको इच्छा र निर्णयमा भर पर्छ तर वैज्ञानिक रूपले महिनावारी हुदा सुरिक्षत यौन सम्पर्क गर्दा कुनै नाकारात्मक असर पार्दैन ।
तर महिलालाई एच.आई.भी. तथा यौनजन्य संक्रमण भएको छ भने उसको यौन साथीलाई एच.आई.भी. तथा यौनजन्य सङ्क्रमण हुने सम्भावना भने यति वेला अन्य सामान्य अवस्थामा भन्दा धेरै हुन्छ ।
महिनाबारी भएको कति दिनपछि यौन सम्पर्क गर्दा गर्भ रहने सम्भावना हुन्छ ?
महिलाको डिम्ब र पुरुषको शुक्रकीटको मिल्न भएपछि गर्भ ठहरिने वैज्ञानिक धारणा छ । त्यसैले महिनाबारी भइसकेको ४÷५ दिनपछि यौन सम्पर्क गर्दा गर्भ ठहरिने गर्छ । किनकि महिनाबारी पश्चात महिलाबाट निस्केका डिम्ब र पुरुषबाट निस्केका डिम्ब एकआपसमा मिलेर गर्भधारण गर्छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना
Blast News

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा
Blast News

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन
Blast News

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत
Blast News

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै
Blast News

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना
Blast News

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

ताजा खबर

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव