लोक सम्वाददाता
जनकपुरधाम, साउन ४ गते।
प्रदेश २ सरकारको सिफारिसमा भारतको आन्ध्रप्रदेश स्थित आदित्य एजुकेशनल इन्स्टिच्युसनले २८ जना छात्रालाई पूर्ण छात्रवृति दिने भएको छ ।
प्रदेश सरकारको सिफारिसमा बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत प्रदेश नं. २का १८ जना छात्रा तथा सहिद परिवार सम्मान कार्यक्रम अन्तर्गत १० जना छात्रालाई इन्जिनयरिंग तर्फ सिभिल, मेकानिकल, कम्प्युटर साइन्स, इन्फोेरमेशन टेक्नोलोजि, माइनिङ्ग, पेट्रोलियम, एग्रीकल्चर, इलेट्रिकल, इलेक्ट्रोनिकमा पूर्ण छात्रवृति दिने भएको हो ।
यस अन्तर्गत छात्रवृति पाउने छात्रालाई कोर्षभरि नै टियुसन फी लाग्ने छैन भने छात्रावास, किताव खर्च , परीक्षा शुल्क र पोशाक शुल्क आफैले बेहोर्नु पर्ने कुरा आदित्य एजुकेशनलका परमजित सिंहले संचारकर्मीहरुसंग कुरा गर्दै जानकारी दिए ।
इन्स्टिच्युसनका निर्देशक सिंहले यसका अतिरिक्त प्रदेश सरकारको सिफारिसमा थप २० जना छात्रछात्रालाई ५० प्रतिशत छात्रवृति प्रदान समेत गरिने बताएका छन ।
सो इन्स्टिच्यूसनमा नेपालका साढे चार सय विद्यार्थी विभिन्न सकायमा अध्ययनरत छन । ती अध्ययनरत विद्यार्थी मध्ये दुईसय भन्दा बढी प्रदेश २ कै छन त्यस मध्ये पनि जनकपुरधामबाट करीब डेढ विद्यार्थी रहेको जानकारी समेत सिंहले दिए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !