Friday, May 1, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रदेश २ मा कार्यकर्ता पाल्न योजना वितरण, सडक निर्माणमा व्यापक भ्रष्टाचार


लोक सम्वाददाता
जनकपुरधाम, असार २१ गते ।
प्रदेश २ मा विकासको नाममा असारे विकास निर्माण कार्य धमाधाम भइरहेको छ । विकासको नाममा भ्रष्टाचारको पराकाष्ठा मन्त्रालयहरुबाट बजेट कार्यकर्ताहरुमा बांडने प्रवृतिले देखिएको छ ।
प्रदेश सरकारका मन्त्रालयहरुले आ आफ्ना पार्टीका कार्यकर्तालाई विभिन्न योजना दिएर कमाई खाने भाँडो बनाएका छन् । पछिल्लो पटक सप्तरीमा कार्यकर्तालाई दिएको योजनाले विवादमा तानिएका भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनल फेरी एक पटक कार्यकर्ताले योजनामा गरेको भ्रष्टाचारका कारण विवादमा परेका छन् ।

प्रदेश २ का राजधानी जनकपुरधाम उपमहानगरपालिका १६ मा भौतिक पुर्वाधार विकास मन्त्रालयको योजना अन्तर्गत निर्माण भइरहेको सडकमा व्यापक भ्रष्टाचार भइरहेको देखिएको छ । दुई नम्बर ईटा सहित कमसल र गुणस्तरहीन निर्माण कार्य भइरहेको सो सडकको ठेक्का राष्ट्रिय जनता पार्टी नेपाल धनुषाका संयोजक प्रमोद यादवले पाएका छन् ।

राजपा नेपालका मन्त्री जितेन्द्र सोनलले आफ्ना मन्त्रालयबाट मात्र धनुषा जिल्ला कमिटीका १६ जनालाई विकास निर्माणको विभिन्न योजना दिएको छ । ती मध्ये प्रमोद यादवले पाएको योजना पनि एक हुन जसको कुल बजेट ७० लाख रुपैया रहेको छ ।

कुल १ सय ८५ मीटर लम्बाई र साढे १० मीटर चौडा रहेको सो सडकमा मात्र आरसीसी ढलानका लागि सो रकम विनियोजन गरिएको छ । आरसीसी ढलान भनिएको सो रकममा कालेपत्रे सडक समेत निर्माण हुन सक्ने सम्बन्धित ईन्जिनीयरहरुको ठम्याई ।

जनकपुरधाम १६ स्थित पुल चौकबाट महादेव मन्दिर जानेबाटोमा निर्माण भइरहेको सो सडक निर्माणमा दुई नम्बर ईटाको प्रयोग र तोकिएको मापदण्डभन्दा कम मात्र एक एमएमको छडको प्रयोग भइरहेको छ ।

दुई नम्बर ईटाको प्रयोगबाट कमसल र गुणस्तरहीन सडक निर्माण भइरहेको भनी स्थानीयले दुई दिन अघि विवाद गरेर काम रोक्का गराएका थिए । पछि साइटमा खटने सभ अभरसियर मुकेश यादवले ती दुई नम्बर ईटा हटाएर पुनः एक नम्बर ईटा प्रयोग गर्न निर्देशन दिएपनि कार्यान्वयन हुन सकेको छैन ।

स्थानीय संतोष साहले गुणस्तरीय काम भइरहेको भनी आफूहरु रोकाउन प्रयास गर्दा ठेक्केदार राजपाका जिल्ला संयोजक प्रमोद यादवका लठैतहरुले कुटन आएको बताए । स्थानीय दिनेश पूर्वेले विकासको नाममा मन्त्रालयको रकम व्यापक दुरुपयोग भएको आरोप लगाएका छन् ।

उनले भने मुश्किलले १०/१५ लाख रुपैयाको हुने काममा मन्त्री सोनलले आफ्ना कार्यकर्ता पाल्न ७० लाख रुपैया विनियोजन गरेको छ । मन्त्रीको कार्यकर्ताबाट नै भइरहेको यस्तो भ्रष्टाचारलाई रोक्न सम्बन्धित निकाय अख्तियारले यसको अनुगमन गर्नुपर्ने मांग गरेका छन् ।

लोकपुकार सँग कुरा गर्दै साइट सभ अभरसियर मुकेश यादवले दुई नम्बर ईटा प्रयोग भएको स्वीकार गर्दै भने पहिला दुई नम्बर ईटा प्रयोग भएको थियो, तर आफूलाई थाहा हुन बितिकै त्यसलाई हटाएर पुनः एक नम्बर ईटा प्रयोगमा ल्याएका छौं ।

आरसीसी ढलान सडकका लागि कम्तिमा दुई एमएमको छड प्रयोग हुनुपर्नेमा मात्र एक एमएमको छड भइरहेको कुरामा उनले इस्टीमेटमा एक एमएम तोकिएको छ हामीले त्यसमा केही गर्न सक्दैनौ जवाफ दिए । मात्र १ सय ८५ मीटर आरसीसी ढलानका लागि ७० लाख रुपैया अत्यधिक बढी भएको जिज्ञासामा उनले ८ इन्च ढलान, एक नम्बर ईटा र छडको वर्तमान दर रेटको हिसाबले कुनै बढी रकम नभएको सफाई दिदै प्रतिक्रिया दिए ।

एक महिनामा मुश्किलले १०÷१५ प्रतिशत काम गर्न सकेको सो सडक निर्माण आर्थिक वर्ष सकिन लाग्दा भुक्तानीका लागि मात्र १० दिन बांकी रहेको अवस्थामा सम्पन्न गर्न नसकिने अवस्था देखिएको छ । श्रोतका अनुसार पहिलो र दोश्रो चरणको भुक्तानी सम्बन्धित ठेकेदारले पाइसकेको छन् । तर काम चाहि तोकिएको समयावधिभित्र सम्पन्न हुने अनिश्चित छ ।

वर्ष भरि नै प्रदेश सरकारले कर्मचारी आभाव बताएर थन्कयाएर राखेका योजनाहरु आर्थिक मसान्त सकिन्न लाग्दा करीब १० दिन अगाडि मात्रै अर्बौ रुपैया बराबरको योजनाहरु २० देखि ४० प्रतिशतसम्मको कमीशनमा बांडेका छन् । मन्त्रालयबाट वितरण गरिएको योजना लिन÷दिन तल्लो देखि माथिल्लो निकायसम्म र बिचौलियाका भूमिका निर्वाह गरेका सम्बन्धित राजनीतिक कार्यकर्ताहरुले चर्को कमीशन लिएको श्रोतको दाबी छ ।

चेक हस्तान्तरण गर्नुअघि नै कमीशन बराबरको रकम नगदमै कर्मचारीहरुसम्म पुरयाइएको श्रोतको दाबी छ । प्रदेश सरकारले अन्तिम समयमा भगवानको प्रसाद झै योजना बांडे पनि चालु आ.ब. मा मुश्किलले ३० प्रतिशत बजेट मात्र खर्च गर्न भ्याएका छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने
Blast News

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप
Blast News

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट
Blast News

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड
Blast News

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता
Blast News

बिचाैलियाकाे नाममा लेखापढी व्यवसायीलाई धरपकड, ४२ जना पक्राउ

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग
Blast News

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

ताजा खबर

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता

बिचाैलियाकाे नाममा लेखापढी व्यवसायीलाई धरपकड, ४२ जना पक्राउ

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव