काठमाडौ, जेठ ३ गते ।
यौन व्यवसायमा संलग्न रहेको आरोपमा काठमाडौको विभिन्न रेष्टुरेन्टबाट २८ जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कको संयुक्त टोलीले गोंगबुस्थित नयाँबसपार्क क्षेत्रका विभिन्न खाजाघर तथा रेष्टुरेन्टबाट यौन व्यवसायमा संलग्न अनौतिक कार्य गर्ने २८ जनालाई पक्राउ गरेको हो ।
गोगबु नयाँ बसपार्कमा दिउँसै यौन व्यवसायी सम्बन्धी अनैतिक क्रियाकलाप हुने गरेको स्थानीयवासीको गुनासोका आधारमा छापामारी विभिन्न खाजाघर तथा रेष्टुरेन्टहरुबाट तिनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त महारागञ्जका प्रमुख, प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईँले जनाएको छ ।
पक्राउ पर्नेमा १५ पुरुष र १३ महिला छन् । छापा मार्ने क्रममा गोगबु बिजीमल नजिक पूजा रेष्टुरेन्टका सञ्चालक सौगात क्षेत्रीले चेकजाँच नगर्नु भनी प्रहरीलाई रु १८ हजार रुपैया घुस दिन खोज्दा प्रहरीले त्यसलाई पक्राउ गरेको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !