Wednesday, June 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

बारा मालपोतका कर्मचारीले अढाई करोड रकम चोरयो


कलैया, जेठ २ गते । मालपोत कार्यालय बाराका कर्मचारीहरुले संकलन गरिएको राजश्वबाट अढाई करोड रुपैया चोरी गरेको खुलासा भएको छ ।
गत २० कात्तिक २०७४ देखि २८ साउन २०७५ सम्म कार्यालयमा ४ करोड ७३ लाख ६९ हजार ४० रुपैयाँ संकलन गरिएको थियो । तर, तत्कालीन मालपोत अधिकृतसहितका कर्मचारीले २ करोड ५० लाख ८६ हजार ६ सय ४० रुपैयाँ चोरी गरेको खुलासा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानबाट खुलेको छ ।
मालपोत कार्यालय कलैयाका रजिष्ट्रेसन फाँट ३ का फाँटवाला मदन प्रसाद गुप्ताले कार्यरत रहेको अवधिमा कार्यालयमा बुझेको राजश्व रसिद, आफूले पारित गरेका सक्कलै लिखतहरु र सो सँग सम्बन्धित अन्य कागजातहरु कार्यालयमा नबुझाएपछि अख्तियारले छानबिन शुरु गरेको थियो ।
अख्तियारको छानबिनका क्रममा फाँटवाला गुप्ताले नक्कली रसिद समेत प्रयोग गरेर राजश्व संकलन गरेको देखिएको छ । फाँटवाला गुप्ताले २० कात्तिक २०७४ देखि २८ साउन २०७५ सम्म सक्कली रसिद प्रयोग गरेर ३ करोड ३७ लाख ९८ हजार ७ सय ४६ रुपैयाँ राजश्व संकलन गरेका थिए । उक्त अवधिमा नक्कली रसिद प्रयोग गरेर १ करोड ३५ लाख ७० हजार २ सय ९४ रुपैयाँ राजश्व संकलन गरिएको अख्तियारको अनुसन्धानबाट देखिएको छ ।
नक्कली र सक्कली रसिद प्रयोग गरी उक्त अवधिमा ४ करोड ७३ लाख ६९ हजार ४० रुपैयाँ संकलन भएको अख्तियारले जनाएको छ । जसमध्ये फाँटवाल गुप्ता, कार्यालय प्रमुख त्रिवेदीसहितका कर्मचारीले २ करोड २२ लाख ८२ हजार ४ सय रुपैयाँ मात्रै कार्यालयमा बुझाएर बाँकी रकम चोरी गरेर खाइ मासेको अख्तियारको दाबी छ ।
अख्तियारले उक्त रकम चोरी गरी खाइ मास्ने कार्यमा संलग्न रहेको भन्दै मालपोत कार्यालय कलैयाका तत्कालीन प्रमुख राजराजेश्वर त्रिवेदी, फाँटवाला (नायव सुब्बा) मदन प्रसाद गुप्ता, लेखापाल युगल किशोर ठाकुरविरुद्ध मुद्दा दायर समेत गरेको छ ।
सो अनियमितता प्रकरणमा अख्तियारले बदनियतपूर्वक लेखा परीक्षण प्रतिवेदन तयार पारेको भन्दै कोष तथा लेखा नियन्त्रक कार्यालय बाराका लेखापालद्वय प्रविण गौतम र कमल खतियार तथा महालेखा परीक्षकको कार्यालय बबरमहल काठमाडौंका निर्देशक अजय कुमार सापकोटाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको बुझिएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

ताजा खबर

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव