जनकपुरधाम, वैशाख २७ गते ।
शिक्षाको नाममा जनकपुरधाम क्षेत्रमा विकृति फैलिदैं गएको छ ।
जसको प्रत्यक्ष उदाहरण हो जनकपुरधाम स्थित रामजानकी कन्सलटेन्सी । सो कन्सलटेन्सीले बृहत भारतिय शैक्षिक मेलाको नाममा बढी विद्यार्थी तथा अभिभावक जुटाउन आइटम डान्स आयोजनागर्न लागेको छ ।
एसइई र कक्षा १२ को परीक्षा दिईसकेका विद्यार्थीहरुलाई लक्षित गर्दै बैशाख २७ र २८ गते तिरहुतिया गाछीमा भारतीय प्रसिद्ध गायिका रोजलिना साहु लगायतका स्थानीय तथा विदेशी विभिन्न आइटम डान्सरको गायन र आइटम डान्सको आयोजना गर्न लागेको हो । ।
नेपाल र भारत सहित अन्य केही देशका कलेजका प्रतिनिधिहरु समेत सहभागी रहेको सो आइटम डान्स कार्यक्रम मार्फत सो कन्सलटेन्सी बढी भीड देखाउन खोजेको सरोकारवालाहरुको भनाईछ ।
कन्सल्टेन्सिका निर्देशक नितेश कुमार सिंह सहितको टिम शैक्षिक मेलाका नाममा मोजमस्ती गर्न लागेको देखिन्छ । शैक्षिक मेलाको नाममा यसप्रकार आइटम डान्स आयोजना गलत रहेको स्थानीयवासीहरुको भनाई छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !