Friday, May 1, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मेयर साहको मनपरी : सरकारी निर्देशन र कानून उललंघन गर्दै न्यूयोर्क भ्रमण



जनकपुरधाम, वैशाख ८ गते ।
जनकपुरधाम उपमहागरपालिकाका मेयर लालकिशोर साहले संंघीय सरकारको निर्देशनलाई बेवास्ता गर्दै अमेरिका भ्रमण गरेका छन् । स्थानीय तहको प्रतिनिधि विदेश भ्रमणका लागि जाँदा संघीय सरकारसँग स्वीकृति लिनुपर्ने प्रावधान छ ।
तर मेयर साहले सरकारको स्वीकृतिबिनै ११ दिने अमेरिका भ्रमण गरेका हुन् । उनी नेपाली कन्सुलेट जनरल न्यूयोर्क र नेप्लिज अमेरिकन फाउण्डेशनद्वारा आयोजित मिथिला महोत्सवमा प्रमुख अतिथि बनेर गत चैत १८ गते त्यसतर्फ गएको भन्ने समाचार द नेपालटपमा प्रकाशित छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको २०७५ जेठ २५ गतेको निर्णयअनुसार कुनै पनि स्थानीय तहका प्रतिनिधि विदेश भ्रमणमा जाँदा केन्द्रको स्वीकृति लिनुपर्छ । मन्त्रालयले भ्रमण नियमावली स्वीकृत नभएसम्म स्थानीय तहका पदाधिकारी र कर्मचारीले औचित्य, सान्दर्भिकता, मितव्ययीता र पदीय मर्यादासमेत ख्याल गरी वैदेशिक भ्रमणको निर्णय गर्नुपर्ने र अनिवार्य रूपमा मन्त्रालयबाट स्वीकृत गरेर मात्रै भ्रमण गर्नुपर्ने गरी निर्देशन जारी गरेको थियो ।
तर मेयर साह सो निर्देशनलाई बेवास्ता गर्दै सुटुक्क अमेरिका पुगेर फर्किएका हुन् । उनको भ्रमणबारे सम्बन्धित मन्त्रालयलाई कुनै जानकारी गराइएको थिएन । मेयर साहले गरेको अमेरिका भ्रमणबारे मन्त्रालयले पनि कुनै चासो लिएको छैन ।

विदेश भ्रमणको कानुनी व्यवस्था
— स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११४ र ११७ को व्यवस्था बमोजिम विदेश भ्रमण वा विदेशी मुलुकसँग सम्पर्क गर्दा स्थानीय तह पदाधिकारीले मन्त्रालयमार्फत सम्पर्क गर्नुपर्नेछ ।
— स्थानीय तहका पदाधिकारी तथा कर्मचारीहरूको वैदेशिक भ्रमणसम्बन्धी विषय सम्बन्धित स्थानीय तहबाट निर्णय भई मनोनयनका लागि मन्त्रालय आउने र स्वीकृति दिने या नदिने निर्णय गर्ने कानुनी व्यवस्था छ ।
— विदेश भ्रमण सम्बन्धी कार्य्विधि बन्नुअघि मन्त्रालयको पूर्वस्वीकृति लिएर मात्र भ्रमणमा जान पाउने व्यवस्था छ ।
— कार्य्विधि नबन्दासम्म भ्रमण भएको मुलुक, सहभागी पदाधिकारीको नाम थर, आयोजक संस्था, भ्रमणको उद्देश्य र अवधि, वित्तीय स्रोत व्यवस्थापन, भ्रमणमा प्रयोग गरिएको राहदानी र भ्रमण कुन तहबाट कुन कानुनका आधारमा भएको हो, खुलाएर मन्त्रालयबाट पूर्वस्वीकृति लिनुपर्ने ।
— नेपाल सरकारको कार्य विभाजन नियमावली २०७४ को बुँदा ८ मा स्थानीय तहका पदाधिकारी र कर्मचारीको वैदेशिक भ्रमणसम्बन्धी नीति, कानुन र मापदण्ड बनाउने कार्यक्षेत्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई तोकिएको छ ।

गैरकानुनी भ्रमणलाई सफल दाबी
संघीय सरकारको निर्देशन र कानुनी व्यवस्थालाई बेवास्ता गर्दै भ्रमणमा गएका साहले पत्रकार सम्मेलन नै गरेर आफ्नो भ्रमण सफल भएको दाबी गरेका छन् । आफूले गरेको भ्रमण क्रममा भगिनी सम्बन्धका लागि प्रयास गरिएको र सो प्रयास जनकपुरधामको लागि उपलब्धिमूलक रहेको उनको भनाइ छ ।
पत्रकार सममेलनमै सम्बन्धित निकायमा जानकारी नदिई गरिएको भ्रमण बारे प्रश्न उठेको थियो । त्यसको जवाफमा जनकपुरधामका मेयरको रूपमा कार्यक्रममा सहभागी भएर फर्किएका साहले आफू निजी भ्रमणमा गएको तर्क गरेका थिए ।
उनले मेयरको हैसियतले न्युयोर्कमा आयोजना भएको मिथिला महोत्सवको उद्घाटन गरेका थिए ।
वैदेशिक भ्रमण निर्दे्शिका २०७५ मा सरकारी बिदा लिएर कुनै ठेकेदार, परामर्शदाता वा गैरसरकारी संस्थाको खर्चमा सरकारी प्रतिनिधिहरूको हैसियतमा विदेश भ्रमणमा जान नहुने व्यवस्था छ । तर उनी बिदा लिएर मेयरको हैसियतमा न्युयोर्क पुगेर फर्किएका हुन् ।

यसअघि रोकिएको थियो साहको विदेश भ्रमण
यसअघि मन्त्रालयले एसियाली विकास बैङ्क (एडीबी) को खर्चमा भारतको इन्दौर र नयाँ दिल्लीमा हुने फोहोर व्यवस्थापन सम्बन्धी कार्यशालामा जान लागेका मेयर साहसहित १९ जना प्रतिनिधिको भ्रमण रोकिदिएको थियो ।
उक्त भ्रमणमा मेयर साह सहित विराटनगर महानगरपालिकाका उपप्रमुख इन्दिरा कार्की, मोरङको बूढीगंगा गाउँपालिका अध्यक्ष बालचन्द्र माझी, बूढीगंगा ७ का वडा अध्यक्ष मुरालीलाल विश्वास थारू, वीरगन्ज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्की, सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारी, प्रमुख प्रशासकीय अधिकृत ख्यामबहादुर थापा र सामाजिक विकास अधिकृत यादवप्रसाद सापकोटा लगायतको नाम सिफारिस भएको थियो ।

बोर्डको निर्णय बिनाको भ्रमण
कुनै पनि स्थानीय प्रतिनिधि विदेश भ्रमणमा जाँदा कार्यपालिका बोर्डबाट निर्णय गराएर सम्बन्धित मन्त्रालयबाट स्वीकृति लिनुपर्ने प्रावधान छ । तर मेयर साहले मन्त्रालयबाट स्वीकृति त लिएनन् नै, बोर्डबाट पनि कुनै निर्णय गराएनन् । उनी मौखिक जानकारी मात्र दिएर भ्रमणमा गएका थिए । साभार ः द नेपालटप

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने
Blast News

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप
Blast News

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट
Blast News

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड
Blast News

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता
Blast News

बिचाैलियाकाे नाममा लेखापढी व्यवसायीलाई धरपकड, ४२ जना पक्राउ

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग
Blast News

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

ताजा खबर

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता

बिचाैलियाकाे नाममा लेखापढी व्यवसायीलाई धरपकड, ४२ जना पक्राउ

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव