Sunday, August 9, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

किन पक्राउ परेनन् कामदार ठगीमा संलग्न व्यवसायी ?


वैदेशिक रोजगारी क्षेत्रको ठगीमा संलग्नविरुद्धको कारबाहीमा सरकारको सक्रियता कमजोर देखिएको छ । रोजगारीका लागि मलेसिया जाने कामदारमाथि ठगीधन्दा चलाउँदै आएका भिएलएन, वन स्टप सेन्टर (ओएससी) र केही मेडिकल व्यवसायीविरुद्ध प्रहरी कारबाही अगाडि बढाएको सरकारले बाँकी संस्थाहरूलाई भने कारबाही गर्न कुनै चासो देखाएको छैन ।

मलेसिया जाने कामदारको प्रहरी रिपोर्ट बनाउने नाममा ठगी गर्दै आएको जिएसजी र स्वास्थ्य परीक्षणको ठगीमा संलग्न बाँकी १० मेडिकल व्यवसायीलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन । बाँकी आरोपीलाई पक्राउ गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट नै निर्देशन नआएको महानगरीय प्रहरी परिसर काठमाडौंको भनाइ छ । ‘ठगीमा संलग्न मेडिकलहरू हाम्रै अघि सञ्चालनमा छन्,’ प्रहरी स्रोत भन्छ, ‘आदेश आउने हो भने फरार भनिएकालगायतका सबै दोषीलाई तत्कालै पक्राउ गर्न सकिन्छ ।’

भिएलएन र ओएससी सञ्चालक राम श्रेष्ठ तथा २७ मेडिकल व्यवसायीविरुद्धको मुद्दा हाल पाटन उच्च अदालतमा विचाराधीन छ । २ अर्ब ८६ करोड १५ लाख बिगो दाबी गरिएका श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतले यसअघि नै न्यून धरौटीमा रिहा गरिसकेको छ । बाँकी मेडिकल व्यवसायीसमेत काठमाडौं जिल्ला अदालत र ललितपुर जिल्ला अदालतमा धरौटी बुझाएर छुटिसकेका छन् ।

जिएसजीका सञ्चालक गोविन्द थपलिया, गोपाल गुरुङ, मुकुन्दप्रसाद पन्त र नवीन कँडेल मेडिकल व्यवसायीसमेत गरेर १८ जनालाई प्रहरीले फरार सूचीमा राखेको छ । पब्लिक हेल्थ केयरका महेशराज श्रेष्ठ, हिमालय डायग्नोस्टिककी सुशीला खड्का, सुधा पोलिक्लिनिकका दीपककुमार कार्की, सनराइन मेडिकल प्रवीण तिवारी, सिर्जना मेडिकलका जीवन केसी प्रहरीको फरार सूचीमा छन् ।

त्यस्तै, डायग्नोस्टिक मेडिकलका कैलाश खड्का र प्रवीण तिवारी, भ्याली मेडिकल सेन्टरकी सुजाता भण्डारी, साउथ एसियन हेल्थ केयरका गोपाल दाहाल र उद्धव थापा, अनमोल मेडिकलका कैलाश खड्का, फ्युजन पोलिक्लिनिकका दीपेन्द्रप्रसाद गुप्ता, वसुवास गिरी र कसमस मेडिकलकी गायत्री जिसीसमेत उक्त सूचीमा छन् ।

फरार भनिएका सञ्चालकका मेडिकल भने खुलेयाम रूपमा सञ्चालनमा छन् । तीबाहेक अन्य पाँच मेडिकलविरुद्ध भने कुनै कारबाही नै सुरु गरिएको छैन । तर, परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विश्वराज पोखरेल फरारको खोजतलास भइरहेको दाबी गर्छन् । ‘पक्राउ गर्न कतैबाट आदेश आउनुपर्नेछैन,’ उनले भने । पक्राउ गर्नुपर्ने मेडिकल खुलेयाम रूपमा सञ्चालन भइरहेको प्रश्नमा भने पोखरेलले आवश्यक कागजात जुटाउने कार्य भइरहेको बताए ।

श्रम मन्त्रालयका सचिव महेशप्रसाद दाहालले मलेसिया जाने कामदारमाथि भइरहेको ठगी नियन्त्रण गरी आवश्यक कारबाहीका लागि गृह मन्त्रालयमा स्पष्ट रूपमा पत्राचार भइसकेको बताए । ‘अन्य मुलुकको सन्दर्भमा हो भने अनुसन्धान तथा कारबाहीका लागि आग्रह गर्नुपर्ने हुन सक्छ,’ उनले भने, ‘तर, मलेसियाको सन्दर्भमा भने थप दोहोर्‍याउन नपर्ने गरी गृह मन्त्रालय र प्रहरी संयन्त्रसँग स्पष्ट कुरा भइसकेको छ । त्यस विषयमा आवश्यक समन्वय पनि भइरहेको छ ।

हुन त केही दिनअघि सचिवहरूलगायतका कर्मचारीहरूको उपस्थितिमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र गृहमन्त्री रामबहादुर थापा ‘बादल’बीच वैदेशिक रोजगार क्षेत्रको ठगीविरुद्धको कारबाही सशक्त रूपमा अगाडि बढाउने भन्दै ७ बुँदे समझदारी भइसकेको छ । यद्यपि, उक्त समझदारी भने गोप्य राखिएको छ ।

वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष विमल ढकालले भने राजनीतिक आधारमा कसैलाई कारबाही गरिएको र कसैलाई भने नगरिएको आरोप लगाए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत
Blast News

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

पत्रिका टेण्डर  छाप्न नपाउने  संशाेधनविरूद्ध मुद्दा
Blast News

पत्रिका टेण्डर छाप्न नपाउने संशाेधनविरूद्ध मुद्दा

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ
Blast News

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ

५ लाख घुससहित कर अधिकृत पाल पक्राउ
Blast News

५ लाख घुससहित कर अधिकृत पाल पक्राउ

पूर्व अर्थमन्त्री साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
Blast News

पूर्व अर्थमन्त्री साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मुखियापट्टीमा बीबीए र बीपीएएमकाे पढाई शुरू, १७ गतेसम्म फाराम भरिने
Blast News

मुखियापट्टीमा बीबीए र बीपीएएमकाे पढाई शुरू, १७ गतेसम्म फाराम भरिने

ताजा खबर

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव