Thursday, October 8, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

कांग्रेसमा महेन्द्रको लामो संगठनात्मक अनुभव र क्षमता, अन्यको आबद्धता कति ?


कांग्रेसमा महेन्द्रको लामो संगठनात्मक अनुभव र क्षमता, अन्यको आबद्धता कति ?

जनकपुरधाम । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा पूर्वसहमहामन्त्री महेन्द्र यादवसहित ८ जनाले मधेशी समूहतर्फ उम्मेदवारी दिएका छन् । असोज २२ गते हुने निर्वाचनका लागि उम्मेदवारी दिनेहरुमा महेन्द्र यादव, अजय चौरसिया, नागिना यादव, किरण यादव, अभिषेक प्रताप साह, रामपल्टन साह, मनिषकुमार मिश्र र मुक्तकुमारी यादव रहेका छन् ।

प्रतिस्पर्धाले मधेसमा कांग्रेसको पुरानो विरासतदेखि नयाँ राजनीतिक धारसम्मको प्रतिनिधित्वलाई एकै ठाउँमा ल्याएको छ । मधेशी समूहतर्फ पार्टीका पछिल्लो पटकका सदस्यदेखि पदाधिकारीसम्मका अनुभवी तथा नवप्रवेशीहरु समेतले उम्मेदवारी दिएका छन् ।

यी उम्मेदवारहरु मध्ये पार्टीमा सबैभन्दा बढी लगानी, योग्यता र क्षमता भएका महेन्द्र यादव नै रहेको मधेशका प्रतिनिधिहरुको भनाई छ । उम्मेदवारहरु कोही पार्टी अदल बदल गरी अवसर नपाएपछि पुनः कांग्रेसमै आएका हुन् भने कोही नवप्रवेशी जसले कांग्रेस बुझ्नै समय लाग्छ । केही त यस्ता पनि छन, जुन परिवारको लगानीबाट अवसर पाएका छन ।

यी मध्ये महेन्द्र यादव पार्टीको संस्थागत नेता हुन । जसले कांग्रेस छोडेर कहिलेपनि यताउता गएको छैन । ग्रामीणस्तरबाटै मेहनत गरेर मधेशमा स्थापित भई पछिल्लो पटक सहमहामन्त्रीसम्म पुगेका थिए । एक पटक कार्यकाल चलाई सकेको र उनीसँग संगठन विस्तार र सबैलाई एकताबद्ध गरेर लैजाने अनुभव समेत उहाँसँग रहेको प्रतिनिधिहरुको भनाई छ ।

महेन्द्र यादवसँगै अन्य उम्मेदवारहरुको कांग्रेसमा लगानीको योग्यता, सक्रियता, संगठन विस्तारमा भूमिका यस्तो रहेको छ ।

महेन्द्र यादव : संगठनको लामो अनुभव

धनुषाका महेन्द्र यादव कांग्रेसको संस्थागत राजनीतिमा लामो समयदेखि सक्रिय नेता हुन् । उनी यसअघि नै सहमहामन्त्री तथा मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । १४औँ महाधिवेशनमा मधेसी क्लस्टरबाट सहमहामन्त्री निर्वाचित भएका यादव यसपटक सोही पदमा पुनः प्रतिस्पर्धामा उत्रेका छन् ।

देउवा समूहका बलिया र मधेशका स्थापित नेताको रुपमा परिचित विशेष महाधिवेशनमा सहभागी नभएपनि पार्टीभित्र एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा राख्दै गगन थापालाई सभापतिमा स्वीकार गर्दै समूहमा सहभागी भएका थिए ।

यादव तरुण दलका पूर्वकेन्द्रीय अध्यक्षसमेत हुन् । उनी संविधानसभा तथा व्यवस्थापिका–संसदका सदस्य भइसकेका छन् भने खानेपानी तथा सरसफाइमन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेका छन् ।

कांग्रेसभित्र लामो समय देउवा पक्षका प्रभावशाली मधेसी नेताका रूपमा रहेका यादवलाई पछिल्लो राजनीतिक परिवर्तनपछि गगन थापाले केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए । त्यसयता उनले पार्टीभित्र विभाजनभन्दा एकता र साझा नेतृत्वमा जोड दिँदै आएका छन । पछिल्लो समय मधेशमा कांग्रेसको जनाधार फर्काउने लक्ष्यसहित पुनः सहमहामन्त्रीमै उम्मेदवारी दिएको उनको भनाई छ ।

अजयकुमार चौरसिया : कांग्रेस–सद्भावना–कांग्रेस

पर्साका अजयकुमार चौरसिया मधेसका पुराना राजनीतिक अनुहार हुन् । उनको राजनीतिक यात्रा कांग्रेसबाट सुरु भए पनि २०४८ सालको निर्वाचनताका टिकट नपाएपछि सद्भावना राजनीतिमा पुगेको र पछि पुनः कांग्रेसमै फर्किएको थियो ।

त्यस यता उनले महासमिति सदस्यदेखि केन्द्रीय सदस्यसम्मको जिम्मेवारी सम्हालेका छन् । उनी सांसद र मन्त्रीसमेत भइसकेका छन् । लामो संसदीय तथा संगठनात्मक अनुभव उनको प्रमुख राजनीतिक पूँजी हो । पछिल्लो समय उनी पनि गगन थापा नेतृत्वको कांग्रेसको मूलधारमा महेन्द्र यादवसँगै सदस्यमा समेटिएका थिए ।

नागिना यादव : नेविसंघबाट महिला नेतृत्वसम्म

महोत्तरीकी नागिना यादवको राजनीतिक सक्रियता विद्यार्थी राजनीतिबाट नै गरेका हुन् । २०५३ सालमा उनले अध्ययनका क्रममा नेपाल विद्यार्थी संघसँग जोडिएर कांग्रेस राजनीतिमा प्रवेश गरेकी नेत्रृ हुन् ।
१४औँ महाधिवेशनबाट मधेसी महिला कोटामा केन्द्रीय सदस्य बनेकी उनी पछिल्लो समय कांग्रेसको केन्द्रीय राजनीतिमा निरन्तर सक्रिय छिन् । उनी पनि थापा नेतृत्वको कार्यसमितिमा सदस्यमा मनोयन भएकी थिइन ।

किरण यादव : संविधानसभा हुँदै केन्द्रीय राजनीतिमा

महोत्तरीकै अर्का महिला नेतृ किरण यादव पनि उम्मेदवार छिन् । उनको राजनीतिक यात्रा संसदीय राजनीतिसँगै शुरु भएको हो । उनी पहिलो संविधानसभा निर्वाचनपछि संविधानसभा सदस्य बनिन् र दोस्रो संविधानसभामा पनि निर्वाचित भइन् ।

पछिल्लो महाधिवेशन प्रक्रियामा उनी शेखर कोइराला समूहसँग नजिक रहेकी नेतृका रूपमा पनि चिनिन्थिन् । तर अहिले गगन थापा नेतृत्वको महाधिवेशन प्रक्रियामा सहभागी छिन् ।

अभिषेकप्रताप शाह : फोरमबाट कांग्रेससम्म

कपिलवस्तुका अभिषेकप्रताप शाहको राजनीतिक यात्रा अन्य उम्मेदवारभन्दा फरक छन् । उनको प्रारम्भिक राजनीतिक सक्रियता तत्कालीन मधेसी जनअधिकार फोरम नेपालको विद्यार्थी राजनीतिबाट भएको हो ।

फोरमको विद्यार्थी संगठनबाट सुरु भएको उनको यात्रा संविधानसभा सदस्य हुँदै राष्ट्रिय राजनीतिसम्म पुगेका साह २०७४ सालको प्रतिनिधिसभा निर्वाचनअघि उनी नेपाली कांग्रेसमा प्रवेश गरे र त्यसपछि कांग्रेसबाटै संसदीय राजनीतिमा स्थापित छन् ।

रामपल्टन साह : नयाँ पुस्ताको अनुहार

धनुषाका रामपल्टन साह कांग्रेसभित्र नयाँ पुस्ताको राजनीतिक अनुहारका रूपमा अघि बढेका छन् । उनको राजनीतिक यात्रामा स्वर्गीय नेता प्रदीप गिरीको प्रभाव महत्वपूर्ण मानिन्छ ।

विशेष महाधिवेशनका क्रममा पार्टीभित्र नेतृत्व परिवर्तन र संगठन सुधारको बहसमा उनी सक्रिय देखिएका थिए । विशेष महाधिवेशनपछि उनी मधेसी खुलातर्फ केन्द्रीय सदस्य बने । पुराना नेताहरूको तुलनामा छोटो राजनीतिक यात्रामै पदाधिकारीमा दाबी गर्नु उनको महत्वाकांक्षी छलाङका रूपमा हेरिएको छ।

मनिषकुमार मिश्र : लोसपाबाट कांग्रेसमा छिर्दै पदाधिकारीमा दाबी

सर्लाहीका मनिषकुमार मिश्रको कांग्रेस यात्रा भने सबैभन्दा नयाँमध्ये हुन । जेनजी पुस्ताको वकालत गर्दै आएका पछिल्लो पटक प्रतिनिधि सभाको निर्वाचनमा उनी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट कांग्रेसमा प्रवेश गरेका थिए । हुनत उनी लोसपामा महासचिव सम्हालिसकेका छन् ।

प्रतिनिधिसभा निर्वाचनअघि कांग्रेस प्रवेश गरेका मिश्रलाई सभापति गगन थापाले पार्टी प्रवेशसँगै केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए । यसरी कांग्रेसमा प्रवेश गरेको छोटो समयमै उनी केन्द्रीय सदस्य हुँदै सहमहामन्त्रीमा दाबी गरेका छन् ।

मुक्ताकुमारी यादव : मधेसी महिला प्रतिनिधित्व

धनुषाकै अर्का उम्मेदवार हुन मुक्ताकुमारी यादव । उनी कांग्रेसमा मधेसी महिला नेतृत्वको रुपमा परिचित छिन् । १४औँ महाधिवेशनबाट मधेसी महिला कोटामा केन्द्रीय सदस्य बनेकी उनी पछिल्लो विशेष महाधिवेशनबाट मधेसी क्लस्टरतर्फ सहमहामन्त्री निर्वाचित भएकी थिइन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

को हुन् नेता महेन्द्र यादव, कांग्रेस जोगाउनमा उनको भूमिका
Blast News

को हुन् नेता महेन्द्र यादव, कांग्रेस जोगाउनमा उनको भूमिका

२०८३ आश्विन २१, बुधबार १८:४३
जानकी आँखा अस्पतालको कोषाध्यक्षमा साह
Blast News

जानकी आँखा अस्पतालको कोषाध्यक्षमा साह

२०८३ आश्विन २१, बुधबार १८:४३
सहमहामन्त्रीमा फेरि महेन्द्र यादवको दाबी, ‘अनुभवलाई संगठन सुदृढीकरणमा लगाउँछु’
Blast News

सहमहामन्त्रीमा फेरि महेन्द्र यादवको दाबी, ‘अनुभवलाई संगठन सुदृढीकरणमा लगाउँछु’

२०८३ आश्विन २१, बुधबार १८:४३
राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद
Blast News

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

२०८३ आश्विन २१, बुधबार १८:४३
सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०८३ आश्विन २१, बुधबार १८:४३
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८३ आश्विन २१, बुधबार १८:४३

ताजा खबर

को हुन् नेता महेन्द्र यादव, कांग्रेस जोगाउनमा उनको भूमिका

को हुन् नेता महेन्द्र यादव, कांग्रेस जोगाउनमा उनको भूमिका

कांग्रेसमा महेन्द्रको लामो संगठनात्मक अनुभव र क्षमता, अन्यको आबद्धता कति ?

कांग्रेसमा महेन्द्रको लामो संगठनात्मक अनुभव र क्षमता, अन्यको आबद्धता कति ?

जानकी आँखा अस्पतालको कोषाध्यक्षमा साह

जानकी आँखा अस्पतालको कोषाध्यक्षमा साह

सहमहामन्त्रीमा फेरि महेन्द्र यादवको दाबी, ‘अनुभवलाई संगठन सुदृढीकरणमा लगाउँछु’

सहमहामन्त्रीमा फेरि महेन्द्र यादवको दाबी, ‘अनुभवलाई संगठन सुदृढीकरणमा लगाउँछु’

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव