Sunday, September 20, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत


वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

जनकपुरधाम । वैदेशिक राेजगारकाे क्रममा निधन भएका धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–३ तुलसियाही प्रगास कुमार पुर्वेका परिवारलाई गाउंपालिकाले राहत उपलब्ध गराएकाे छ ।
उनकाे निधनप्रति दुख व्यक्त गर्दै गाउंपालिका अध्यक्ष जयकुमार यादवले घटनाप्रति शोक व्यक्त गर्दै पीडित परिवारलाई राहत उपलब्ध गराएको हाे ।

वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका प्रगास कुमारको परिवारलाई गाउँपालिकाले राहतस्वरूप ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो।

गाउँपालिका अध्यक्ष जय कुमार यादवले शोकसन्तप्त परिवारलाई उक्त राहत रकम हस्तान्तरण गरेका छन्। राहत हस्तान्तरण गर्दै अध्यक्ष यादवले दुःखको यस घडीमा गाउँपालिका पीडित परिवारको साथमा रहेको आश्वासन दिए ।

अचानक परिवारको सदस्य गुमाउँदा परेको पीडामा केही राहत पुगोस् भन्ने उद्देश्यले गाउँपालिकाको तर्फबाट आर्थिक सहयोग गरिएको गाउँपालिका अध्यक्ष यादवले जनाएकाे छ ।

प्रगास कुमारको निधनले परिवार, आफन्त तथा स्थानीयवासीमा शोक छाएको छ। गाउँपालिका अध्यक्ष यादवसहित गाउँपालिकाले मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।

गृहमन्त्रीले गरेको भनिएको सम्झौता नै शंकाको घेरामा, सरकार भन्छ– ‘कुनै सहमति भएको छैन’

जनकपुरधाम । सुनसरी घटनापछि पीडित मृतक परिवार तथा आन्दोलनरत विभिन्न पक्षसँग गृहमन्त्री सुधन गुरुङले गरेको भनिएको सम्झौता अहिले विवादको घेरामा परेको छ । गृहमन्त्री गुरुङले पीडित परिवार तथा आन्दोलनरत पक्षसँग सम्झौता गरेको दाबी भइरहेका बेला सरकारकै प्रवक्ताले भने त्यस्तो कुनै ठोस सम्झौता नभएको स्पष्ट पारेका छन् ।

सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री स्मित पोखरेलले गृहमन्त्री गुरुङको मधेश भ्रमणका क्रममा विभिन्न पक्षसँग भेटघाट र छलफल भए पनि सरकारका तर्फबाट कुनै ठोस सम्झौता नभएको बताएका छन् ।

सञ्चारकर्मीहरूसँगको भेटघाटका क्रममा प्रवक्ता पोखरेलले गृहमन्त्री गुरुङले प्रभावित क्षेत्रका विभिन्न सरोकारवालासँग भेटघाट गरी वस्तुस्थितिबारे जानकारी लिएको र समस्या समाधानका लागि सरकार संवाद गर्न तयार रहेको सन्देश मात्र दिएको बताए ।

तर, गृहमन्त्री गुरुङले मृतक परिवारसँग गरेको भनिएको सम्झौता पत्र सार्वजनिक भएपछि सरकारको यो दाबीमाथि नै प्रश्न उठेको छ । एकातर्फ पीडित परिवारसँग सम्झौता भएको देखिने कागजात छ भने अर्कोतर्फ सरकारका प्रवक्ता नै कुनै ठोस सम्झौता नभएको बताइरहेका छन् । यसले आखिर गृहमन्त्रीले पीडित परिवारसँग गरेको भनिएको कागजातको हैसियत के हो भन्ने प्रश्न खडा गरेको छ ।

सम्झौता पत्रमा सरकारी वैधानिकता कहाँ ?

पीडित परिवारसँग गरिएको भनिएको सम्झौता पत्रलाई लिएर त्यसको वैधानिकतामाथि समेत प्रश्न उठेको छ ।

सामान्यतया कुनै सरकारी विषयमा औपचारिक सम्झौता गर्दा सम्बन्धित मन्त्रालय, सरकारी निकाय वा अधिकारप्राप्त प्रतिनिधिको स्पष्ट भूमिका र आधिकारिक दस्तखत तथा छाप आवश्यक हुन्छ । तर, गृहमन्त्री गुरुङले हस्ताक्षर गरेको भनिएको सम्झौता पत्रमा मन्त्रालयको आधिकारिक छाप नरहेको तथा गृहमन्त्रीको ल्याप्चेसमेत नरहेको विषयले त्यसको आधिकारिकतामाथि प्रश्न उठाएको छ ।

त्यसमाथि सम्झौता पत्रमा दोस्रो पक्षका रूपमा ‘गृहमन्त्रालय’ उल्लेख गरिएको भए त्यो नेपाल सरकारको गृह मन्त्रालय हो वा प्रदेश सरकारअन्तर्गतको कुनै निकाय हो भन्ने विषयसमेत स्पष्ट छैन ।

यदि दोस्रो पक्ष नेपाल सरकारको गृह मन्त्रालय हो भने सम्झौताको आधिकारिक प्रक्रिया पूरा भएको छ कि छैन ? यदि प्रदेश सरकारको प्रतिनिधित्व गरिएको हो भने गृहमन्त्रीले कुन अधिकारअन्तर्गत त्यसमा हस्ताक्षर गरे ? यी प्रश्नको जवाफ नआएसम्म उक्त सम्झौता पत्रको वैधानिकता र कार्यान्वयनको आधारमाथि प्रश्न उठ्नु स्वाभाविक देखिन्छ ।

गृहमन्त्रीको हस्ताक्षर, तर सरकार भन्छ– सम्झौता भएकै छैन

सबैभन्दा महत्वपूर्ण प्रश्न यही हो– यदि सरकारले कुनै सम्झौता गरेको छैन भने गृहमन्त्रीले पीडित परिवारसँग गरेको भनिएको सम्झौता पत्र के हो ?

सरकारका प्रवक्ता पोखरेलले गृहमन्त्रीले विभिन्न पक्षसँग भेटघाट गरी समस्या समाधानका लागि संवादको वातावरण निर्माण गरेको मात्र बताएका छन् । तर, पीडित परिवारसँग सम्झौता भएको देखिने कागजात बाहिर आएपछि सरकारको आधिकारिक धारणा र गृहमन्त्रीको गतिविधिबीच तालमेल देखिएको छैन ।

यसले गृहमन्त्रीले सरकारको आधिकारिक निर्णयबिना त्यस्तो कागजातमा हस्ताक्षर गरेका हुन् कि, अथवा उक्त कागजातलाई नै औपचारिक सम्झौता मान्ने आधार सरकारसँग छैन भन्ने प्रश्न उब्जाएको छ ।

आन्दोलनकारीसँग पनि सम्झौता नभएको दाबी

मधेशका जिल्लाहरूको भ्रमणका क्रममा गृहमन्त्री गुरुङले हिन्दु सम्राट सेना तथा आन्दोलनका पीडित पक्षसँग भेटघाट र छलफल गरेका थिए ।

त्यस क्रममा भएका भनिएका सहमतिबारे स्पष्टीकरण दिँदै प्रवक्ता पोखरेलले कुनै विशेष बुँमामा आधारित भएर प्रश्न उठे त्यसको विस्तृत र आधिकारिक जानकारी स्वयं गृहमन्त्रीले नै दिने बताए ।

उनले आन्दोलनरत पक्षसँग पनि कुनै सम्झौता नभएको स्पष्ट पारे ।

पोखरेलका अनुसार आन्दोलनकारी हिन्दु सम्राट सेना तथा अन्य पक्षसँग सम्झौता नभई उनीहरूका माग तथा समग्र शान्ति–सुरक्षाको अवस्थाबारे संवादको ढोका मात्र खुला गरिएको हो । सरकार कुनै पक्षसँग ठोस सहमति गर्ने निष्कर्षमा नपुगेको उनको भनाइ छ ।

अब प्रश्न छानबिन समितिको प्रतिवेदनतर्फ

सुनसरी घटनाबारे गठित छानबिन समितिको प्रतिवेदनले औँल्याउने विषयका आधारमा सरकारले आवश्यक कदम चाल्ने पनि प्रवक्ता पोखरेलले बताए ।

उनले भने, ‘अर्को विषय भनेको अहिले त्यो छानबिन समितिले कसैको त्यहाँ कमजोरीहरू औँल्याएको हुनसक्ने भन्ने विषयमा त्यो छानबिन समितिबाट आएको रिपोर्ट सरकारसमक्ष आइसकेपछि निष्पक्ष रूपमा जे सुझाव गरिएको हुन्छ, त्यो छानबिन रिपोर्टले जे देखाएको हुन्छ, त्यहीअनुसार सरकारले काम–कारबाही अगाडि बढाउँछ ।’

सरकारले छानबिन समितिको प्रतिवेदनका आधारमा मात्रै दोषी वा जिम्मेवार पक्षमाथि कारबाही अघि बढाउने संकेत गरेको छ ।

तर, त्यसअघि नै गृहमन्त्रीले पीडित परिवार तथा आन्दोलनरत पक्षसँग गरेको भनिएको सम्झौता पत्रको आधिकारिकता र वैधानिकता स्पष्ट पार्नुपर्ने देखिएको छ ।

सरकारका प्रवक्ताको भनाइ र गृहमन्त्रीले पीडित परिवारसँग गरेको भनिएको सम्झौता पत्रबीच देखिएको विरोधाभासले अब एउटा गम्भीर प्रश्न जन्माएको छ– गृहमन्त्रीले गरेको भनिएको सम्झौता सरकारको आधिकारिक निर्णय हो कि व्यक्तिगत रूपमा गरिएको प्रतिबद्धता ?

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८३ श्रावण २०, बुधबार १०:५४
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८३ श्रावण २०, बुधबार १०:५४
मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी
अन्य

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

२०८३ श्रावण २०, बुधबार १०:५४
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८३ श्रावण २०, बुधबार १०:५४
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८३ श्रावण २०, बुधबार १०:५४
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

२०८३ श्रावण २०, बुधबार १०:५४

ताजा खबर

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव