Wednesday, August 19, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ


मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

Oplus_16908288

जनकपुरधाम । मधेश प्रदेश सरकारको प्रशासनिक केन्द्र मधेश भवन भित्र पत्रकारलाई प्रवेश निषेध गरिएको छ । तर कसले निषेध गरेको हो भन्ने कुरामा मुख्यमन्त्री, मन्त्रीदेखि सुरक्षा प्रमुख सबै अनभिज्ञ छन् ।

प्रवेशद्वारमा खटिएका सुरक्षाकर्मीले पत्रकारलाई प्रवेश निषेध भनी प्रवेशमा गत दुई दिनदेखि रोक लगाउने गरेको छ । किन रोकिएको भन्ने जवाफमा माथिबाट आदेश रहेको भनी जवाफ दिने गरेका छन ।

माथिल्लो निकाय मुख्यमन्त्री कृष्ण प्रसाद यादव, गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतो र मधेश भवनभित्र रहेका सुरक्षाकर्मी गणका प्रमुख एसपी बुढाथोकी भन्छन आफूहरुले पत्रकारको प्रवेशमा रोक लगाएको छैन ।

आम नागरिकदेखि जनप्रतिनिधि र कर्मचारी कसैलाई पनि रोकटोक गर्दैन । प्रवेशद्वारमा गाडी इन्ट्री गराउने क्रममा पत्रकार नाम सुन्ने बितिकै पत्रकारलाई प्रवेश निषेध छ भनी रोकि दिने गरेका छन् । समाचार प्रयोजनका लागि आएको भनी आग्रह गर्दा कुन मन्त्रालयमा जानुछ, त्यस मन्त्रालयका कर्मचारी वा सचिवालयबाट फोन गर्न लगाउनु अनि मात्रै जान दिन भन्ने गरेका छन् ।

एक पत्रकारलाई प्रवेश गर्न दिदैँन, कर्मचारी वा सचिवालयको सहयाेगमा भित्र प्रवेश गरेपनि क्यामेरा लिएर प्रवेश गर्न दिदैँन, मोबाइलबाट फोटो खिच्न खोज्दा मोबाइल नियन्त्रणमा लिनेसम्म गरेका छ्न ।

सोमबार साँझ समाचार प्रयोजनका लागि पत्रकार सुभाष कर्ण मन्त्रालयमा निकै सोधपुछ पछि प्रवेश पायो । तर उनी पत्रकार फर्किने क्रममा सुरक्षाकर्मीले उनलाई फोटो किन खिचेको भन्दै नियन्त्रण शैलीमा सोधपुछ गरेका थिए । उनले आफूले कुनै तस्वीर नखिचेको र आवश्यक परे मोबाइल नै जाँच गर्न पटक पटक आग्रह निकै मसक्तपछि त्यहाँबाट जान दिइयो ।

सोही क्रममा दुई जना पत्रकारले भवनभित्र प्रवेश गर्न खोज्दा “पत्रकारहरूले फोटो खिच्छन“ भन्ने कारण देखाउँदै सुरक्षाकर्मीले प्रवेश गर्न नदिई गेटबाट फर्काई दिइयो । अहिले मधेश भवनभित्र प्रवेश गर्नुअघि सम्बन्धित मन्त्रालयका कर्मचारी वा पदाधिकारीलाई फोन गराएर पुष्टि भएपछि मात्रै प्रवेश दिने गरेका छन् ।

यो कुनै नयाँ घटना भने होइन । विगतदेखि नै “माथिबाट आदेश आएको छ“ भन्दै पत्रकारलाई भवनभित्र फोटो खिच्न नदिने र क्यामेरा प्रयोगमा रोक लगाउने कार्य दोहोरिँदै आएको पत्रकारहरूको गुनासो छ ।

करिब दुई साताअघि चुरे संरक्षण अभियानका प्रतिनिधिहरू वन तथा वातावरण मन्त्री शंकर चौधरीलाई ज्ञापनपत्र बुझाउन पुगेका बेला पनि मन्त्रालयभित्र फोटो खिच्न नदिने प्रयास भएको थियो । मन्त्रीका सुरक्षा तथा सचिवालयका कर्मचारीले तस्वीर खिच्न रोक लगाएपछि पत्रकार र मन्त्रीबीच केहीबेर विवाद भएको थियो । अन्ततः मन्त्रीले भिडियो नबनाउने सर्तमा एउटा मात्र ज्ञापन पत्र बुझाउने बेलाको तस्वीर खिच्न अनुमति दिएका थिए ।

अचम्मको कुरा के छ भने, पत्रकारमाथि भइरहेको यस्तो व्यवहारबारे प्रदेश सरकारका जिम्मेवार अधिकारीहरू भने आफूहरूलाई कुनै जानकारी नभएको दाबी गरिरहेका छन् ।

गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतोले प्रदेश सरकारबाट पत्रकारलाई फोटो खिच्न वा क्यामेरा लैजान कुनै प्रतिबन्ध नलगाइएको बताए । उनले पत्रकारलाई मधेश भवन प्रवेशमा रोक लगाइएको जानकारी आफूलाई नरहेको भन्दै वास्तविकता बुझ्ने प्रतिक्रिया दिए ।

मुख्यमन्त्री कृष्णप्रसाद यादवले पनि पत्रकारलाई मधेश भवन प्रवेशमा रोक लगाइएको विषय आफूलाई थाहा नभएको बताए । उनका अनुसार प्रदेश सरकारको तर्फबाट त्यस्तो कुनै निर्णय वा निर्देशन जारी गरिएको छैन र घटनाबारे जानकारी लिने बताए ।

मधेश भवनको सुरक्षाको जिम्मेवारी सम्हालिरहेका गण प्रमुख एसपी मदन बढुथोकीले समेत पत्रकारमाथि प्रवेश प्रतिबन्ध लगाउने कुनै आदेश आफूहरूले जारी नगरेको दाबी गरे । उनले पनि किन यस्तो अवस्था सिर्जना भयो भन्नेबारे बुझ्ने बताएका छन् ।

यता, नेपाल पत्रकार महासंघ प्रदेश समितिले घटनाप्रति आपति जनाएका छन् । महासंघका महासचिव शैलेन्द्र क्रान्तिले पत्रकारलाई सरकारी कार्यालय प्रवेशमा रोक लगाउनु र फोटो खिच्न नदिनु प्रेस स्वतन्त्रतामाथिको प्रत्यक्ष हस्तक्षेप भएको मुख्यमन्त्री यादवलाई ध्यानाकर्षण गराएपनि चासो लिइएको छैन ।

अब मुख्य प्रश्न उठेको छ—यदि प्रदेश सरकार, मुख्यमन्त्री, सम्बन्धित मन्त्री र सुरक्षा प्रमुख सबैले पत्रकारमाथि कुनै प्रतिबन्ध नरहेको दाबी गरिरहेका छन् भने मधेश भवनको प्रवेशद्वारमा पत्रकारलाई रोक्ने आदेश कसले दिएको हो ? सुरक्षाकर्मीले “माथिको आदेश“ भन्दै पत्रकारलाई रोकिरहेका छन् भने त्यो ’माथि’ आखिर कहाँ छ ?

मधेश भवनभित्र भइरहेका अवाञ्छित गतिविधि नरोकि समाचार प्रसारण गर्दा प्रेस स्वतन्त्रताको सम्मान गर्ने कि अदृश्य आदेशको आडमा पत्रकारलाई रोक्ने ? प्रश्न उठिरहेको छ ।

आखिर किन यस्तो ?

पत्रकारलाई मधेश भवनभित्र प्रवेशमा रोक लगाउनुको कारण के हो भन्ने केही यस्ता कुरा खुल्न आएको छ । संघीय सरकारबाट गाडीमा कालो सिसा र स्टीकरण हटाउने अभियान थालिएको छ । जनकपुरधाममा पनि ट्राफिक प्रहरीले सो अभियान थाले । तर मुख्यमन्त्री लगायत केही मन्त्रीहरुको गाडीका कालो सिसा तथा स्टीकर हटाएको छैन ।

सोही प्रकरणमा मुख्यमन्त्री यादव लगायत मन्त्रीहरुको कालो सिसा तथा स्टीकर भएको भिडियो र मधेश भित्र थुपारिएका फोहोरसहित बियरका बोतलहरुको भिडियो खिचेर, बियरको बोतलसहितका फोहोरको समाचार प्रसारण गरेको थियो । ती समाचार समाजिक सञ्चालमा भाइरल भए लगतै पत्रकारलाई प्रवेशमा रोक लगाइएको बुझिएको छ ।

मधेश भवनभित्रका गतिविधि र मुख्यमन्त्रीले संघीय सरकारको निर्देशन उल्लंघन बारे समाचार प्रसारण गर्दा प्रवेश निषेध नै गर्नु भने प्रदेश सरकारका पदाधिकारीहरुले आफ्नो गलती ढाकछोप गर्न प्रेस स्वतन्त्रतामा अंकुश लगाउने प्रयास गरेको भन्ने आलोचना सामाजिक सञ्जालमा व्यापक रुपमा भइरहेको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०८३ असार २४, बुधबार २३:३०
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०८३ असार २४, बुधबार २३:३०
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०८३ असार २४, बुधबार २३:३०
माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

२०८३ असार २४, बुधबार २३:३०
प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

२०८३ असार २४, बुधबार २३:३०
मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

२०८३ असार २४, बुधबार २३:३०

ताजा खबर

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव