Monday, August 10, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रदेशमा मन्त्रालय संख्या घटाउने प्रस्ताव सिफारिस

प्रदेशमा मन्त्रालय संख्या घटाउने प्रस्ताव सिफारिस

जनकपुरधाम । प्रशासनिक खर्च नियन्त्रण र सुशासन प्रवर्द्धन गर्ने उद्देश्यसहित प्रदेश सरकारहरूमा मन्त्रालयको संख्या घटाउने विषय पुनः चर्चामा आएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तयार पारेको ‘सुशासन मार्गचित्र–२०८२’ ले प्रत्येक प्रदेशमा मन्त्रालयको संख्या अधिकतम ७ वटामा सीमित गर्न स्पष्ट सिफारिस गरेको हो ।

प्रधानमन्त्री कार्यालयका सचिव गोविन्दबहादुर कार्कीको नेतृत्वमा तयार पारिएको उक्त प्रतिवेदनले संविधानको मर्म, कार्यबोझको यथार्थ विश्लेषण तथा प्रशासनिक दक्षताको आधारमा मन्त्रालय संख्या घटाउनुपर्ने औंल्याएको छ । प्रतिवेदनमा आवश्यक कानुनी व्यवस्था गरी मन्त्रालयको संरचना पुनर्संरचना गर्नुपर्ने उल्लेख गरिएको छ ।

यसअघि पनि विभिन्न अध्ययन तथा समितिहरूले प्रदेशमा मन्त्रालय संख्या ७ मा सीमित गर्न सुझाव दिएका थिए । २०७४ को आम निर्वाचनअघि राज्यव्यवस्था समितिले गराएको अध्ययन तथा काशीराज दाहालको नेतृत्वमा गठित संघीय प्रशासनिक पुनर्संरचना कार्यान्वयन समितिले संघमा १५ र प्रदेशमा ७ मन्त्रालय उपयुक्त हुने निष्कर्ष निकालेको थियो ।

त्यस्तै, तत्कालीन मुख्य सचिव सोमलाल सुवेदीको नेतृत्वमा बनेको समितिले पनि सोही सिफारिस दोहोर्‍याएको थियो । संघीयता कार्यान्वयनपछि २०७४ मा गठन भएका प्रारम्भिक प्रदेश सरकारहरूले ७ वटामै मन्त्रालय सीमित गरेका थिए । तर, २०७७ पछि राजनीतिक अस्थिरता र दलगत समीकरण परिवर्तनसँगै मन्त्रालयको संख्या विस्तार हुने क्रम सुरु भयो ।

विशेषतः सत्ता साझेदारी र गठबन्धन व्यवस्थापनका नाममा मन्त्रालय विभाजन गरी मन्त्री संख्या बढाउने प्रवृत्ति तीव्र बनेको देखिन्छ । हालको अवस्थालाई हेर्दा अधिकांश प्रदेशमा मन्त्रालय संख्या उल्लेख्य रूपमा बढेको छ । केही प्रदेशमा मन्त्रालय संख्या १२ देखि १४ सम्म पुगेको छ भने मधेश प्रदेशमा एक समय मन्त्री संख्या २० सम्म पुर्‍याइएको थियो ।

अन्य प्रदेशहरूमा पनि गठबन्धन सन्तुलन मिलाउन मन्त्रालय फुटाएर संख्या बढाउने अभ्यास जारी छ । नेपालको संविधानले प्रदेश मन्त्रिपरिषद् गठनका लागि मन्त्री संख्या प्रदेशसभा सदस्यको कुल संख्याको २० प्रतिशतभन्दा बढी नहुने व्यवस्था गरेको छ । तर, मन्त्रालयको संख्या भने स्पष्ट रूपमा तोकिएको छैन । यही संवैधानिक ‘स्पेस’ प्रयोग गर्दै राजनीतिक दलहरूले मन्त्रालय विस्तार गर्दै आएका छन् ।

मन्त्रालय र मन्त्री संख्या बढेसँगै राज्यको आर्थिक दायित्व पनि बढ्दै गएको छ । मन्त्री, सल्लाहकार, कर्मचारी संरचना तथा प्रशासनिक खर्चले प्रदेशको सीमित स्रोतमा थप दबाब सिर्जना गरिरहेको छ । यस्तो अवस्थामा मन्त्रालय संख्या घटाउने सिफारिसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकिए सुशासन, खर्च कटौती र प्रशासनिक चुस्तता हासिल गर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।

यद्यपि, विगतमा पटक पटक गरिएको यस्ता सिफारिसहरू कार्यान्वयनमा नआएको सन्दर्भमा यसपटक पनि राजनीतिक इच्छाशक्ति प्रमुख चुनौतीका रूपमा देखिएको छ । सत्ता साझेदारीको राजनीति हावी भइरहेसम्म मन्त्रालय संख्या घटाउने प्रस्ताव व्यवहारमा रूपान्तरण हुन कठिन हुने विश्लेषण गरिएको छ ।

सरकारको पछिल्लो सिफारिसले भने प्रदेश संरचना पुनरावलोकन र खर्च नियन्त्रणबारे बहसलाई पुनः तातो बनाएको छ । अब यसलाई कानुनी तथा नीतिगत रूपमा कसरी अघि बढाइन्छ भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना
Blast News

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

२०८३ असार १०, बुधबार १७:०६
ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा
Blast News

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

२०८३ असार १०, बुधबार १७:०६
गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन
Blast News

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

२०८३ असार १०, बुधबार १७:०६
वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत
Blast News

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

२०८३ असार १०, बुधबार १७:०६
हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै
Blast News

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

२०८३ असार १०, बुधबार १७:०६
हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना
Blast News

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

२०८३ असार १०, बुधबार १७:०६

ताजा खबर

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव