Friday, September 25, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

को हुन नवनियुक्त सभामुख यादव ?


को हुन नवनियुक्त सभामुख यादव ?

Oplus_16908288

जनकपुरधाम, पुस ६ गते । मधेश प्रदेशका सभामुख पदमा जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामआशिष यादव निर्वाचित भएका छन् ।

आज बसेको मधेश प्रदेशसभा बैठकमा मत विभाजन प्रक्रियामार्फत यादव सभामुख निर्वाचित भएको हो । मत विभाजन गर्दा उनको उपस्थित ९६ सांसद मध्ये पक्षमा ७२ मत र विपक्षमा २४ मत परेको थियो ।

सातदलीय गठबन्धनका तर्फबाट उम्मेदवार यादवलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव कांग्रेसका सांसद वीरेन्द्रप्रसाद सिंहले गरेका थिए ।
प्रदेशसभामा बहुमतका लागि ५४ भन्दा बढी मत चाहिएकोमा ७२ मत ल्याउंदा यादवलाई सभामुखको आसनमा बसेकी उपसभामुख बबिता राउत इशरले बहुमतले निर्वाचित भएको घोषणा गरेकी थिइन ।

सुरुमै यादवको प्रस्ताव बहुमतले पारित भएपछि सभामुखका अर्का प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार त्रिलोकीप्रसाद यादवको प्रस्ताव अघि बढेन ।

प्रदेश सभाबाट निर्वाचित भए लगतै आज बेलुका प्रदेश प्रमुखको निवासमा प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

को हुन सभामुख यादव ?

सभामुख बनेका यादव धनुषा–२ (ख)बाट दोस्रो पटक प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । पहिलो कार्यकालमा उनी संसदीय दलका उपनेता थिए भने दोश्रो कार्यकालमा जसपा नेपालको प्रमुख सचेतकको जिम्मेवारीसमेत सम्हाल्दै आएका थिए । अब उनी मधेश प्रदेशको नीति निर्माण हुने स्थल प्रदेशसभाको सभामुख पदमा पुगेका छन् ।

शिक्षक र पत्रकारिताबाट राजनीतिक नेतृत्वसम्मको यात्रा तय गरेका यादवको जन्म २०२६ साल चैत १५ गते जन्मिएका धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१७, साविक कनकपट्टी गाविस निवासी स्वर्गीय रामलखन यादव र दौलतिया देवीका १० सन्तानमध्ये कान्छा छोरा हुन् । कृषक पेसामा संलग्न उनका बुबाका ९ छोरा र १ छोरी थिए ।

प्राथमिक शिक्षा गाउँमै अध्ययन गरेका यादव माध्यमिक तहको शिक्षा धनुषाको कण्टिर झा नमूना माध्यमिक विद्यालयबाट पूरा गरेका हुन् ।

स्नातक तहसम्म अध्ययन गरेका रामआशिष यादव क्याम्पसमा नेवी सँघका विद्यार्थी राजनीतिक शुरु गरेका हुन । वि.सं. २०५० सालमा काभ्रेपलाञ्चोक जिल्लाको बागदेवी माध्यमिक विद्यालय, ज्याम्दीमा अंग्रेजी विषयका शिक्षकबाट शिक्षण पेशामा प्रवेश गरेका थिए ।

करिब चार वर्ष शिक्षण पेसामा संलग्न रहेपछि उनी पत्रकारितातर्फ आकर्षित भई लागेका थिए । वि.सं. २०५४ सालमा रेडियो नेपालका धनुषा संवाददाताका रूपमा काम सुरु गरे । त्यसपछि २०५५ सालमा स्थानीय जनकपुर टुडे पत्रिकामा आबद्ध काम गरे ।

त्यसपछि उनी २०५७ सालदेखि तहलका नेपाल पत्रिकामा आबद्ध काम गर्दै २०६० सालमा पुनः शिक्षण पेसामा फर्किएका यादव जनकपुरधामस्थित सकल भवन कन्या माध्यमिक विद्यालयमा पुनः अंग्रेजी विषयका शिक्षक भई शिक्षण पेशामा फर्के । यो क्रममा उनी रेडियो नेपालको महोत्तरी संवाददाताको रुपमा समेत काम गरे ।

गोरखापत्र राष्ट्रिय दैनिक, अन्नपूर्ण पोस्ट, इमेज टेलिभिजन हुँदै स्थानीयस्तरमा रेडियो एफ.एम.को विकास भएसँगै जनकपुरबाट प्रसारित जनकपुर एफ.एम.मा पत्रकार मात्र नभई संचालक सदस्यको रुपमा समेत लामो समयसम्म २०७२ सालसम्म काम गरे । त्यसक्रममा पुनः २०६४ सालदेखि शुरु भएको तहलका .नेपाल पत्रिकामा काम गरे । यसका अलावा उनी जनकपुर टिभीमा संस्थापक पत्रकारको समेत काम गरे ।

शिक्षक पेशा सँगै पत्रिकारितामा निकै संघर्ष गर्दै आएका यादव २०६७ सालमा नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पदमा समेत निर्वाचित भए । अध्यक्षको कार्यकालको अन्त्यतिर उनले जनकपुरधामको धार्मिक तथा ऐतिहासिक गंगासागरको सरसफाइ गर्ने अठोट लिएर एक अभियानीको रुपमा उभेर आए ।

सरसफाइ अभियानको नेतृत्व गरेर यादव नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, शैक्षिक संस्था, पत्रकार महासंघ, क्लब तथा नागरिक समाजसँगको सहकार्यमा प्रत्येक शनिबार महासरसफाइ अभियान अघि बढाउंदै महागंगा आरती समेत एक दशकदेखि गंगा सागर पोखरीको डिलमा गराउंदै आएका छन् ।

पर्यटन प्रबद्र्धन गर्न संस्कृतिको रूपमा २०७१ सालमा महागंगा आरतीको सुरुवात गरे । जहाँ प्रत्येक साँझ अहिले पनि महागंगा आरती हुन्छ । यो जनकपुरधामको पर्यटकीय गन्तव्यसमेत बनेको छ ।

महागंगा आरतीको सुरुवातसँगै रामआशिष यादव वातावरण संरक्षण अभियानमा सक्रिय भए । यो अभियानले उनलाई पहिचान दिलाउन सफल भयो । यहि पहिचानका आधारमा यादवलाई २०७४ सालमा उनलाई जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि तात्कालिन संघीय समाजवादी फोरमले आग्रह गरे । तर उनको सोच सिमित नभई उडान भर्ने भएकाले उनले मानेनन ।

अन्ततः सोही वर्ष प्रदेश सभाको क्रममा फोरमले उम्मेदवारको खोजी गर्दै जाँदा यादवको सम्पर्कमा आए । निर्वाचनको पूर्वसन्ध्यामा अध्यक्ष उपेन्द्र यादवले पार्टी प्रवेश गराई धनुषा–२ (ख) बाट फोरमका तर्फबाट उम्मेदवार बनाए । र उनी भारी मतले यादव विजयी हुन सफल भए ।

भद्र र शालिन स्वभावका यादव २०७९ सालमा सोही क्षेत्रबाट दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भए । प्रदेशसभामा उनले सामाजिक मुद्दाहरूलाई मिहिन र प्रभावकारी ढंगले उठाउँदै आएका छन् भने नियमित रूपमा बैठकमा सहभागी हुने सांसदका रूपमा चिनिन्छन् । यही सक्रियता र भूमिकाका कारण उनी दुई पटक प्रदेशसभाबाट उत्कृष्ट सांसदको सम्मान प्राप्त गर्न सफल भएका व्यक्ति हुन् ।

२०७९ को निर्वाचनपछि यादव जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेता पदका उम्मेदवार बनेका थिए । तर उनलाई पार्टी अध्यक्ष उपेन्द्र यादवले उनलाई व्याक गरी तत्कालीन निवर्तमान सभामुख सरोजकुमार यादव संसदीय दलको नेता बनाएर उनलाई प्रमुख सचेतकको जिम्मेवारी दिइयो ।

दुई पटक प्रदेशसभा सदस्यमा निर्वाचित यादवले आफ्नो निर्वाचन क्षेत्रमा विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि पहल गर्दै आएका छन् । वातावरण संरक्षण र सामाजिक क्षेत्रमा पु¥याएको सकारात्मक योगदानका कारण उनले विभिन्न सम्मानबाट पनि सम्मानित छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८२ पुष ७, सोमबार २१:१२
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८२ पुष ७, सोमबार २१:१२
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८२ पुष ७, सोमबार २१:१२
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८२ पुष ७, सोमबार २१:१२
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८२ पुष ७, सोमबार २१:१२
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८२ पुष ७, सोमबार २१:१२

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव