Wednesday, September 23, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

लैंगिक हिंसा विरुद्धको अभियानमा सीएफडब्लूएको विभिन्न कार्यक्रम


लैंगिक हिंसा विरुद्धको अभियानमा सीएफडब्लूएको विभिन्न कार्यक्रम

जनकपुरधाम, पुस २ गते । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत सामुदायिक परिवार कल्याण संघ (सीएफडब्लूए) ले यसवर्ष पनि विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सम्पन्न गरेको छ ।

प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित सशक्त बालिका परियोजना अन्तर्गतकाे सहयाेगमा सीएफडब्लूएले यस वर्ष “प्रविधिको सही प्रयोग गरौँः लैंगिक हिंसा अन्त्य गरौँ” भन्ने मूल नाराका साथ मनाएको हो ।

अभियान अन्तर्गत विदेह नगरपालिका वडा नं. १ ठाडी, वडा नं. ८ बफै र वडा नं. ७ योगीयारामा ‘परिवर्तनका संवाहक’ कक्षामा अध्ययनरत बालबालिका तथा किशोर–किशोरीहरूले आफ्ना गाउँ–टोलमा ६ र ७ डिसेम्बर २०२५ मा बाल विवाह र दाइजो प्रथाविरुद्ध जनचेतनामूलक सडक नाटक प्रदर्शन गरेका थिए ।

त्यसैगरी, जनकनन्दिनी गाउँपालिका वडा नं. ५ बनरझुल्ला स्थित श्री शंकर माध्यमिक विद्यालय सँगको संयुक्त आयोजनामा १ डिसेम्बर २०२५ मा हाजिरी जवाफ तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको थियो । कार्यक्रममा जनकनन्दिनी गाउँपालिकाभित्रका ६ वटा आधारभूत तथा माध्यमिक विद्यालयबाट १८ जना विद्यार्थी हाजिरी जवाफमा र ६ जना विद्यार्थी वक्तृत्वकलामा सहभागी भएका थिए ।

उक्त कार्यक्रममा प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना पुरस्कारको व्यवस्था सामुदायिक परिवार कल्याण संघले गरेको थियो भने सहभागी विद्यार्थीहरूको खाजाको व्यवस्था श्री शंकर माध्यमिक विद्यालय, बनरझुल्लाले गरेको थियो ।

यसैक्रममा, सामुदायिक परिवार कल्याण संघद्वारा गठन गरिएको च्याम्पियन युथ क्लब को आयोजनामा ६ डिसेम्बर २०२५ मा वृहत् ¥याली तथा कोणसभा आयोजना गरिएको थियो । ¥याली जनकनन्दिनी गाउँपालिकाबाट सुरु भई खजुरी बजार, महुवा बजार, रेलवे स्टेशन र प्रहरी चौकी हुँदै पुनः गाउँपालिकामा पुगेर कोणसभामा परिणत भएको थियो ।

¥याली तथा कोणसभामा गाउँपालिका, वडा कार्यालय तथा स्वास्थ्य चौकीका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सामुदायिक परिवार कल्याण संघले प्राविधिक सहयोग गरेको थियो भने जनकनन्दिनी गाउँपालिकाले आर्थिक सहयोग गरेको थियो । उक्त कार्यक्रममा करिब ४ सय ‘परिवर्तनका संवाहक’ कक्षामा अध्ययनरत बालबालिका तथा किशोर–किशोरीहरू सहभागी भएका थिए ।

त्यसैगरी, जनकपुरधामस्थित मैथिली विकास भवनमा ८ र ९ डिसेम्बर २०२५ मा आयोजित लैंगिक समानता मेला मा पनि सामुदायिक परिवार कल्याण संघले स्टल राखी चित्रकला, पर्चा, पम्प्लेट तथा बुकलेटहरूको प्रदर्शनी गरेको थियो। मेलामा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको सहभागिता रहेको थियो ।

लैंगिक समानता मेलाको आयोजना ‘हामी दाजु भाइ’ संस्थाले गरेको थियो भने एक्सन एड एबिलिटी इन्टरनेशनल नेपाल, नेपाल ब्लाइण्ड रिलिफ एशोसिएसन लगायतका संस्थाहरूले सहकार्य गरेका थिए ।

सो १६ दिने अभियानअन्तर्गत सम्पन्न यी कार्यक्रमहरूले समुदायस्तरमा लैंगिक हिंसा, बाल विवाह, दाइजो प्रथा र प्रविधिको दुरुपयोगविरुद्ध चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजक संस्था सीएफडब्लूएले जनाएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८२ पुष ४, शुक्रबार १५:०३
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८२ पुष ४, शुक्रबार १५:०३
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८२ पुष ४, शुक्रबार १५:०३
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८२ पुष ४, शुक्रबार १५:०३
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८२ पुष ४, शुक्रबार १५:०३
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८२ पुष ४, शुक्रबार १५:०३

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव