जनकपुरधाम, मंसिर १० गते । विगत ११ वर्षदेखि जनकपुरधाममा सञ्चालनमा रहेको मिथिला डिपार्टमेन्ट स्टोरले आफ्नो चौथो शाखा विस्तार गरेकाे छ ।
चाैथाे शाखाकाे रूपमा कदम चोकमा नयाँ स्टोर संचालनमा ल्याएको हाे । बुधबार एक समाराेशका बीच संचालक समिितका अध्यक्ष ८२ वर्षीय वैद्यनाथ झा र इस्कोन मन्दिर जनकपुरधामका पुजारी छोटेलाल साहले संयुक्त रूपमा उक्त स्टोरको उद्घाटन गरेका हुन्।
शिव चौकबाट २०७१ सालमा सुरु गरिएको मिथिला डिपार्टमेन्ट स्टोरले सफलतापूर्वक सेवा विस्तार गर्दै रामानन्द चौकमा दोस्रो शाखा र भ्रमरपुरा चोकमा तेस्रो शाखा सञ्चालनमा ल्याइसकेको छ।
स्टोरका प्रबन्ध निर्देशक शिवेन्द्र झालका अनुसार उपभोक्ताप्रति राम्रो व्यवहार, उचित मूल्य र सेवा गुणस्तरका कारण स्टोरले विश्वास जित्दै चौथो शाखा खोल्न सफल भएको हो। उनकाे भनाइमा, “हाम्रो स्टोर सञ्चालनमा आएपछि बजारमा सामानको दररेटमा एकरूपता ल्याउन तथा स्वस्थ प्रतिस्पर्धा बढाउन मद्दत पुगेको छ।”
आगामी दिनमा जनकपुरधामका प्रमुख चोक–चोकमा मिथिला डिपार्टमेन्टको शाखा विस्तार गर्ने योजना रहेको स्टोरले जनाएको छ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !