Friday, September 25, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

सांसद किरणले ससुरा–सासुलाई घर निकालेको आरोप, आफूलाई बदनाम गर्न खोजिएको किरणकाे प्रतिक्रिया

सांसद किरणले ससुरा–सासुलाई घर निकालेको आरोप, आफूलाई बदनाम गर्न खोजिएको किरणकाे प्रतिक्रिया

जनकपुरधाम, कात्तिक १३ गते । मधेश प्रदेश सभा सदस्य किरण कुमारी साहमाथि आफ्ना ससुरा–सासुलाई घरबाट निकालेर घरजग्गा कब्जा गरेको गम्भीर आरोप लागेको छ ।

सांसद साहका ससुरा देवनारायण प्रसाद साह र सासु शान्ति देवीले सार्वजनिक रूपमा आरोप लगाउँदै आफूहरूलाई घरबाट निकाला गरिएको बताएका छन् ।

सप्तरीको राजविराजस्थित सिराहा रोडमा रहेको घरमा बस्दै आएका ८० वर्षीय देवनारायण साहले सामाजिक सञ्जालमार्फत एक भिडियो जारी गर्दै उक्त आरोप सार्वजनिक गरेका हुन्। उनका अनुसार सो घर उनले ससुराली पक्षबाट दानस्वरूप पाएका जग्गामा निर्माण गरेका थिए, तर सांसद किरण साह र उनका श्रीमान् इन्जिनियर विनोद साहले आफूलाई कुटपिट गर्दै घरबाट निकालिदिएका हुन् ।

उनले दाबी गरेका छन्, “असोज २० गते मन्दिर गएको बेला काठको आलमीरा फोडेर नागरिकता र जग्गासम्बन्धी कागजात चोरी गरियो। जब सोध्दा छोरा र बुहारीले मलाई कुटपिट गर्दै घर निकाला गरे।” देवनारायण साहका अनुसार, यस विषयमा असोज २२ गते जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गरिएको र कात्तिक २ गते पुनः कुटपिट भएको पनि आरोप छ ।

देवनारायण साहले भिडियोमा भनेका छन्, “मैले बुहारीलाई पढाएर वकिल बनाइदिएँ, तर अहिले उनी नै मलाई घर निकाला गर्दै मेरो सम्पत्तिमा कब्जा गर्न खोज्दै छिन्।” उनले सांसद साहमाथि उच्च पदको दुरुपयोग गरी प्रशासन र न्यायालयमा प्रभाव जमाएको आरोपसमेत लगाएका छन् ।

यस विषयमा प्रतिक्रिया दिँदै सांसद किरण कुमारी साहले आरोप असत्य रहेको बताएकी छिन्। उनले भनिन्, “यो मेरो चरित्र र राजनीतिक छविलाई बदनाम गर्न नियोजित रूपमा लगाइएको आरोप हो। यो विवाद घरभित्रको सामान्य पारिवारिक झगडा हो, जसलाई बाहिर ल्याएर ठूलो बनाइएको हो ।”

जनता समाजवादी पार्टी (जसपा) नेपालकी समानुपातिक प्रदेश सभा सदस्य साहका अनुसार, घरमा चाडपर्वको सरसफाईका क्रममा ससुरा र श्रीमानबीच सामान्य विवाद भएको मात्र हो। उनले आरोप लगाइन्, “मेरो नन्द माधुरी साह जनमत पार्टीसँग जोडिएकी नेतृ हुन्। उहाँकै प्रभावमा पर्नुहुँदै ससुराले मेरो नाम यस विवादमा तानेका हुन् ।”

सांसद साहले थप स्पष्ट पारिन्, “ससुरा–सासु आफैं छोरी माधुरीको घरमा गएका हुन्, हामीले घर निकालेका होइनौं। पटक–पटक फर्किन आग्रह गर्दा पनि उहाँहरू आउनु भएको छैन। प्रहरीमा उजुरी परेपछि पनि छलफलका लागि बोलाउँदा उपस्थित हुनुभएको छैन ।”

उनका अनुसार, कुटपिटको आरोप पनि गलत छ। “मेरो श्रीमान्ले होइन, उल्टै ससुराले उहाँलाई कुटेका हुन्। म त झगडा रोक्न मात्रै गएकी थिएँ,” सांसद साहले भनिन् ।

यस विषयमा जिल्ला प्रशासन कार्यालयले उजुरी दर्ता गरेको पुष्टि भएको छ। हाल प्रहरी प्रशासनले दुबै पक्षलाई बोलाएर छलफलको तयारी गरेको बताइएको छ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८२ कार्तिक १३, बिहीबार ०९:५२
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८२ कार्तिक १३, बिहीबार ०९:५२
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८२ कार्तिक १३, बिहीबार ०९:५२
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८२ कार्तिक १३, बिहीबार ०९:५२
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८२ कार्तिक १३, बिहीबार ०९:५२
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८२ कार्तिक १३, बिहीबार ०९:५२

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव