जनकपुरधाम, असाेज १५ गते । फुटपाथ सफाई अभियानमा लागेका पत्रकार ध्रुव झामाथि जनकपुरस्थित सँचालनमा रहेको हँसराज मिठाई पसलका कामदारहरूले हातपात गरेका छन् ।
हँसराज मिठाई पसलका कामदारले बाटो हिडदै गरेकी एक युवतिलाई शरिरमा छोएर जिस्काएपछि पत्रकार झाले त्यसको विरोध जनाउंदा हँसराज मिठाई पसलका कामदारले पत्रकार ध्रुव कुमार झालाई हातपात गरेका हुन् ।
मिठाईका टेम्पाे लिएर गइरहेका ती कामदार युवतिलाई जिस्काएर भागेका थिए । पत्रकार झाले ती कामदारलाई पछ्याउँदै जाँदा हँसराज मिठाई पसलका सँचालक हँसराज साहको घरबाट निस्केका थिए ।

पत्रकार झाले उनलाई किन जिस्काएको सम्झाउन खाेज्दा उल्टै गुण्डा लगाएर कुटपिट गर्न लगाएको आरोप पिडित पत्रकार झाको छ । हँसराज साहका घरका सदस्य सहित घरबाट निस्केका कामदारहरुले पत्रकार झामाथि हातपात गरेको उनकाे भनाई छ ।
घटना बारे दुरव्यवहारमा परेकी युवतिले समेत पुष्टि गरेकी छन् । उनले बयानमा हँसराजका कामदारले जिस्काएको, हात लगाएको बयान सामाजिक सञ्जाल मार्फत विभिन्न सञ्चार माध्यममा दिएकी छिन् ।
पत्रकार झामाथि भएको हातपातको सामाजिक सञ्जालसहित चौतर्फी विरोध र निन्दा भइरहेकाे छ भने पत्रकारसंग आबद्ध विभिन्न संघ संगठनहरूले दाेषीहरूलाई कडा कारवाहीकाे माग गरेकाे छ ।
जानकी मन्दिर अगाडी मुख्य पसल थापेका हँसराज साहका कामदारमाथि केही वर्ष अगाडि एक बाल कामदारलाई आगाेमा पाेलेकाे समेत थियाे । घटनामा उनी पक्राउ परेपनि पैसाकाे बलमा घटना सामसुम पारेका थिए ।
पत्रकार झाले युवती जिस्काएकाे र आफुमाथि हातपात गरेको आरोप घटना बारे चुप्प नबसी कानुनी प्रक्रियामा जाने बताएका छन् ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !