Sunday, December 7, 2025
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जबरदस्ती करणी आरोपमा दुई प्रहरी पनि जेल पठाइयो


जबरदस्ती करणी आरोपमा दुई प्रहरी पनि जेल पठाइयो

जनकपुरधाम, असोज ९ गते । अपहरण, शरीर बन्धक तथा जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालत धनुषाले दुईजना प्रहरीलाई समेत आरोपित ठहर गर्दै पुर्पक्षका लागि जेल पठाउने आदेश दिएको छ । कारागार चलान हुनेमा तीनजना अभियुक्तलाई रहेका छन् ।

न्यायाधीश इश्वर आचार्यको इजलासले जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी जवान बरुणकुमार साह र नितेशकुमार महतो तथा होटेल मधेश प्रदेशका कामदार धीरजकुमार दासलाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।

यही मुद्दाका अर्का अभियुक्त जनकपुरधामको विद्यापति चोकस्थित होटेल मधेश प्रदेश गेस्ट हाउसका सञ्चालक मोलवी साहव भन्ने अजिज राइन भने धरौटीमा छुटेका छन् । अदालतले उनलाई २ असोजमा ४ लाख धरौटी लिएर छाड्ने आदेश दिएको हो ।

धनुषा धनौजी गाउँपालिकाकी १६ वर्षीया बालिकालाई गत १७ असारमा घरबाटै अपहरण गरी होटलमा लगेर जबरजस्ती करणी गरेको मुद्दाको मिसिलमा उल्लेख छ । जनकपुरको पिडारीचोकस्थित होटेल सीएफसीमा दुई दिन र त्यसपछि १७ दिन मधेश प्रदेश गेस्ट हाउसमा बन्धक बनाएर होटेल सञ्चालकसहित प्रतिवादीहरूले जबरजस्ती करणी गरेको र ग्राहकबाट समेत पैसा लिएर जबरजस्ती करणी गर्न लगाएको मुद्दाको मिसिलमा छ ।

अदालतको आदेशपत्रमा ‘प्रतिवादीहरूसँग पटकपटक फोन सम्पर्क भएको कल डिटेल र पीडितको स्वस्थ्य परीक्षण प्रतिवेदन समेतको आधारमा प्रतिवादीहरू अहिले नै कसुरदार होइनन् भन्ने नदेखिँदा पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुनेगरी अदालतले तीनैजनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने’ उल्लेख छ ।

मुख्य अभियुक्त राइनलाई भने होटेल एन्ड मधेश प्रदेश गेस्ट हाउस केही महिनादेखि ठेक्कामा लगाएको करारको सम्झौताको प्रतिलिपी पेस गरेको आधारमा धरौटीमा छाड्ने आदेश दिएको देखिन्छ । राइनले ११ फागुन २०८१ मा उक्त होटेल शंकर साहलाई सञ्चालन गर्न दिएको सम्झौतापत्रको प्रतिलिपी पेस गरेको आदेशपत्रमा भनिएको छ ।

‘‘निज प्रतिवादीको नाउँमा मधेश प्रदेश होटल दर्ता रही निजले नै सञ्चालन गरेकोमा मिति २०८१/११/११ मा शंकरप्रसाद साहले सञ्चालन गर्ने भनी सम्झौता भएको सम्झौतापत्र, यी प्रतिवादीले पेस गरेको,’ आदेशमा लेखिएको छ, ‘।।पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी यी प्रतिवादी मोलची म भन्ने अजिज राइनबाट हाललाई नगद धरौटी चार लाख रुपैयाँ वा सो बराबरको जेथा जमानी दिए लिई तारेखमा राख्नू ।’

आदेशमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोले गरेको अनुसन्धानमा होटेलका कामदार धीरज दाससँग पटकपटक फोन सम्पर्क भएको कल डिटेल्समा देखिएको उल्लेख छ । पीडित बालिकाले साउनमै धनुषा प्रहरीमा मानव बेचबिखन, ओसारपोसार र जबरजस्ती करणी मुद्दामा जाहेरी दिएकी थिइन् ।

जसमा धनुषाको धनौजी गाउँपालिका वडा नं. ५ का ३० वर्षीय ताहिर राइन, होटेल मधेश प्रदेशका सञ्चालक मोलवी भन्ने अजिज राइन, पिडारीचोकस्थित होटेल सीएफसीका सञ्चालक कन्हैया मुखिया, होटलमा कार्यरत वर्ष २२ की अञ्जली महरा, प्रहरी जवानहरू वर्ष ३० का नितेशकुमार महतो, वर्ष ३५ का बरुणकुमार साह, प्रहरी भन्ने वर्ष ४० का राजा, मधेश प्रदेश होटलका कामदार वर्ष ३५ का धीरज दास, होटेलमा युवतीलाई शारीरिक व्यवसायीका लागि जबरजस्ती तयार पार्ने वर्ष २५ की मुस्कान खातुन, ताहिरका बुबा मुफिद राइनलाई प्रतिवादी बनाएर जाहेरी दिएकी थिइन् । जसमध्ये ४ जना पक्राउ गरेर प्रहरीले अदालतमा पेस गरेको थियो ।

जाहेरीअनुसार २९ चैत २०८१ मा आमा खेतमा गएको बेला घर नजिकै पसल चलाउने स्थानीय ताहिर राइनले बालिकालाई विवाहको प्रलोभन देखाएका थिए । प्रलोभनमा पारेर अपहरण गरी जनकपुर ल्याएर आफूसहित अरुसँग पनि जबर्जस्ती करणी गराई होटलहरूमा बेचबिखन गरेको र पछि भागेर ज्यान जोगाएकी थिइन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

मिथिला डिपार्टमेन्टको चौथो शाखा कदम चाेकमा
Blast News

मिथिला डिपार्टमेन्टको चौथो शाखा कदम चाेकमा

२०८२ आश्विन ९, बिहीबार २०:१६
प्रविधि मार्फत हुने लैंगिक हिंसा मधेशमा बढी
Blast News

प्रविधि मार्फत हुने लैंगिक हिंसा मधेशमा बढी

२०८२ आश्विन ९, बिहीबार २०:१६
२० कराेडबढी खर्चे पनि बनेनन् कमला पुल, अब नयां टेण्डर
Blast News

२० कराेडबढी खर्चे पनि बनेनन् कमला पुल, अब नयां टेण्डर

२०८२ आश्विन ९, बिहीबार २०:१६
गाेदावरी हस्पिटलद्वारा रक्तदान कार्यक्रम
Blast News

गाेदावरी हस्पिटलद्वारा रक्तदान कार्यक्रम

२०८२ आश्विन ९, बिहीबार २०:१६
७ दललाई एमालेकाे काउण्टर : मुख्यमन्त्रीलाई काम गर्न देउ भनी धर्ना
Blast News

७ दललाई एमालेकाे काउण्टर : मुख्यमन्त्रीलाई काम गर्न देउ भनी धर्ना

२०८२ आश्विन ९, बिहीबार २०:१६
गोली हानी प्रहरीले वडाध्यक्षको गरे हत्या
Blast News

गोली हानी प्रहरीले वडाध्यक्षको गरे हत्या

२०८२ आश्विन ९, बिहीबार २०:१६

ताजा खबर

मिथिला डिपार्टमेन्टको चौथो शाखा कदम चाेकमा

मिथिला डिपार्टमेन्टको चौथो शाखा कदम चाेकमा

प्रविधि मार्फत हुने लैंगिक हिंसा मधेशमा बढी

प्रविधि मार्फत हुने लैंगिक हिंसा मधेशमा बढी

२० कराेडबढी खर्चे पनि बनेनन् कमला पुल, अब नयां टेण्डर

२० कराेडबढी खर्चे पनि बनेनन् कमला पुल, अब नयां टेण्डर

गाेदावरी हस्पिटलद्वारा रक्तदान कार्यक्रम

गाेदावरी हस्पिटलद्वारा रक्तदान कार्यक्रम

७ दललाई एमालेकाे काउण्टर : मुख्यमन्त्रीलाई काम गर्न देउ भनी धर्ना

७ दललाई एमालेकाे काउण्टर : मुख्यमन्त्रीलाई काम गर्न देउ भनी धर्ना

गोली हानी प्रहरीले वडाध्यक्षको गरे हत्या

गोली हानी प्रहरीले वडाध्यक्षको गरे हत्या

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव