जनकपुरधाम, असाेज ४ गते । लोकतन्त्र र संघीयता जोगाउन सबै दलहरू एकजुट भएर अघि बढ्नुपर्नेमा जनाएकाे सहमतिले मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहलाई समर्थन रहेकाे देखाउंछ ।
मधेश प्रदेश सभामा शनिबार बसेको सर्वदलीय बैठकले वर्षौंको संघर्ष र हजारौंको बलिदानीबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र संस्थागत विकासका लागि अहिलेको विषम परिस्थितिमा सबै दलहरूको साझा प्रतिवद्धता जनाएकाे हो ।
बैठकमा सहभागी दलहरूले जेनजी आन्दोलनमा घुसपैठ गरेका संघीयता विरोधी शक्तिहरूलाई लोकतान्त्रिक बाटोबाट जवाफ दिनुपर्ने र संघीयताको कार्यान्वयनलाई अझ मजबुत बनाउनुपर्ने धारणा राखेका छन् ।
बैठकपछि मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले पत्रकारलाई जानकारी दिँदै भने, “संविधान र संघीयता जोगाउन सर्वदलीय बैठकले स्पष्ट निर्णय लिएको छ। अब कसरी अघि बढ्ने भन्ने विषयमा थप छलफलका लागि असोज ७ गते दिउँसो १ बजे प्रदेश सभाको बैठक बोलाइएको छ।”
बैठकमा सहभागी नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण यादवले भने, “आजको सर्वदलीय बैठकले लोकतन्त्र र संघीयता बचाउन वर्तमान परिस्थितिमा सबै दल एकजुट भएर अघि बढ्नुपर्नेमा सर्वसम्मति जनाएको छ। त्यसकै लागि हाउसको बैठक असोज ७ गतेका लागि बोलाइएको हो।”
त्यस्तै, जसपा नेपालका सरोज यादवले संविधान र संघीयताको पक्षमा दृढ प्रतिबद्धता जनाउँदै भने, “संविधानको रक्षा गर्नु हाम्रो पहिलो कर्तव्य हो। लोकतन्त्र र संघीयता बचाउन कुनै सम्झौता गर्न सकिँदैन, त्यसका लागि सबै दल सहमत भएका छन्।”
मुख्यमन्त्रीलाई समर्थन

दलका नेताहरूले संघियता जाेगाउनुपर्नेमा जनाएकाे सहमतिले मुख्यमन्त्री सतिश सिंहकाे आफ्नै जनमत पार्टीले माग गर्दै आएकाे सम्भावना टर्दै गएकाे छ ।
जनमत पार्टीले सरकारबाट फिर्ता भएकाे गराएकाे जानकारीले मुख्यमन्त्री सिंहलाई विश्वासकाे मत लिनुपर्ने अवस्था श्रृजना भएकाे छ । लाेकतन्त्रकाे रक्षा र संघियता कार्यान्वयनप्रति दलहरूले गरेकाे सहमतिले मुख्यमन्त्री सिंहले विश्वासकाे मत बहुमतले पाउने सम्भावना बढेकाे छ ।
मुख्यमन्त्रीकाे राजीनामाकाे विषयमा जनमत बाहेक सबै दल नदिनुपर्ने संकेत आजकाे बैठकमा गरेकाे सहमतिले देखाउंछ । कांग्रेस नेता यादवले हामी संघियता पक्षधर संघियता बचाउनमा लागेका छाै, मुख्यमन्त्रीज्युकाे राजिनामाकाे विषयमा उहांकाे पार्टीकाे आन्तरिक मामला रहेकाे भने ।

एमालेका नेता सराेज यादवले मुख्यमन्त्रीलाई खुल्ला रूपमै समर्थन गर्दै संघियता बचाउन अहिलेकाे परिस्थिथिमा सरकार जाेगाउन जरूरी रहेकाे भने । उहांकाे पार्टीले राजिनामा माग गरिसकेकाे जिज्ञासामा उनले भने मुख्यमन्त्री कुनै पार्टीकाे नभई सम्पुर्ण प्रदेशकै नै हाे । अहिलेकाे सरकार एकल जनमतकाे नभई गठबन्धनकाे रहेकाे छ । यसमा गठबन्धन सबै दलकाे सहमति जरूरी छ । अहिलेकाे विषम परिस्थितिमा राजीनामा माग्नु न्यायाेचित छैन ।
माओवादी केन्द्रका भट्टराई र जसपा नेपालका सराेज यादवले सामाजिक संजालमा राजिनामा दिइसकेपछि र पार्टी फिर्ता बाेलाई सकेपछि नैतिकताकाे आधारमा राजिनामा दिनुपर्ने हाे । तर वर्तमान परिस्थितिमा लाेकतन्त्र र संघियता जाेगाउनु पर्ने हाे । उहांहरूकाे भनाईले मुख्यमन्त्रीलाई माैन समर्थन रहेकाे बुझिन्छ ।
नेकपा एसका कनिष पटेलले पनि लोकतन्त्रल र संघियतालाई सुरक्षित बनाउन आवश्यक रहेको बताउँदै, “संघीयता विरोधी गतिविधि सफल हुन नदिनेतर्फ सबै संघियता पक्षधर दल लाग्नुपर्ने बताउंछन ।
संघियताकाे जननी मधेश प्रदेश नै भएका कारण अहिलेकाे विषम परिस्थितिमा संघियताकाे मुद्दा अहिले मुख्यमन्त्रीकाे पदसंग जाेडिएकाले उनीप्रति सबै संघियता पक्षधर दलकाे समर्थन रहेकाे आजकाे बैठकले देखाएकाे छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !