Saturday, September 26, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

पांच वर्षदेखि सिरहाको गोलबजार–लगडी–गदियानी सडक अधुरै

पांच वर्षदेखि सिरहाको गोलबजार–लगडी–गदियानी सडक अधुरै

सिरहा, असार ३ गते । सिरहा जिल्लाका तीन स्थानीय तह जोडने २८ किलोमिटर लामो गोलबजार–लगडी–गदियानी सडक पाँच वर्ष बितिसक्दा पनि अधुरै अवस्थामा छ ।

जिल्लाको गोलबजार नगरपालिका, अर्नमा गाउँपालिका र सिरहा नगरपालिका—लाई जोड्ने ती सडक सुरुवाती रूपमा दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको यस सडक आयोजना अहिले स्थानीय जनताको पर्खाइ, पीडा र निराशाको पर्याय बनेको छ ।

सडक कालोपत्रे हुने आशामा उत्साहित भएका स्थानीय आज हिलो र धुलोको बीचमा ज्यान जोगाउँदै यात्रा गर्न बाध्य छन् । अर्नमा गाउँपालिका–३ का स्थानीय सिकेन्द्र यादवको भनाइमा, “पाँच वर्ष बित्दा पनि बाटो नबन्दा यहाँका नागरिक हिलोमा फसिरहेका छन्, बालबालिकाको विद्यालय जान असहज छ भने बिरामी अस्पताल लैजान मुस्किल पर्छ ।”

त्यसैगरी, स्थानीय जगेश्वर यादवले ठेकेदार कम्पनीले सडकको किनार मात्र खनेर दिएको गुनासो गर्दै भने, “बर्खामा हिलो र हिउँदमा धुलोले जीवन कष्टकर बनेको छ। विकासको आशामा बसेका हामी नागरिक अब हरेक चुनावपछि झुटा आश्वासनमात्र थाप्दै आएका छौँ ।”

सडक निर्माणको जिम्मा हुलाकी सडक निर्देशनालय, योजना कार्यालय जनकपुरले लिएको हो । आयोजनाको शिलान्यास २०७७ भदौमा तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले गरेका थिए । निर्माण कार्य २०७९ फागुन २३ भित्र सम्पन्न गर्ने लक्ष्य थियो । तर लक्ष्यभन्दा दोब्बर समय बित्दा पनि कामको प्रगति अत्यन्त निराशाजनक छ ।

निर्देशनालयका प्रमुख कृष्णकुमार महतोका अनुसार, हालसम्म सडकको भौतिक प्रगति २८ प्रतिशत मात्र रहेको छ । उनले जानकारी दिँदै भने, “निर्माण कम्पनीलाई पुनः एक वर्षको अन्तिम म्याद थप्ने प्रक्रिया अघि बढाइएको छ। यदि यो पटक पनि निर्माण सम्पन्न भएन भने कारबाही प्रक्रिया अगाडि बढ्छ ।”

निर्देशनालयले ठेकेदार कम्पनीलाई दुईपटक म्याद थप गरिसकेको छ—पहिलोपटक २०८० फागुन २२ सम्म र दोस्रोपटक २०८१ फागुन २२ सम्म। तर अझैसम्म निर्माणको गति अत्यन्त सुस्त छ । सडकका केही स्थानमा मात्रै ग्राभेल हालिएको र केही नाला बनाइएको देखिन्छ ।

अर्नमा गाउँपालिकाका अध्यक्ष अशोक यादवले ठेकेदार कम्पनीसँग पटक–पटक सम्पर्क गर्ने प्रयास गरे पनि उनीहरू सम्पर्कमै नआएको आरोप लगाए । उनले भने, “निर्देशनालय र निर्माण कम्पनीको लापरबाहीका कारण सर्वसाधारणले वर्षौँदेखि यातना भोगिरहेका छन्। सडक निर्माणमा देखिएको लापरबाही राज्यप्रतिको अविश्वास बढाउने खालको छ ।”

निर्देशनालयका अनुसार, यो सडक निर्माणका लागि कुल रु ९१ करोड ३९ लाख ७९ हजार ६० को लागतमा ठेक्का दिइएको हो । हालसम्म भ्याटबाहेक रु २५ करोड ४९ लाख सात हजार ७१४ ठेकेदार कम्पनीलाई भुक्तानी भइसकेको छ। तर, काम भने अझै सुस्त गतिमा छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८२ असार १४, शनिबार २१:३७
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८२ असार १४, शनिबार २१:३७
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८२ असार १४, शनिबार २१:३७
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८२ असार १४, शनिबार २१:३७
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८२ असार १४, शनिबार २१:३७
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८२ असार १४, शनिबार २१:३७

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव