Monday, August 17, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रहरीको आतंक : गुण्डा शैलीमा रातिमा एक घरमा छापा


प्रहरीको आतंक : गुण्डा शैलीमा रातिमा एक घरमा छापा

जनकपुरधाम, जेठ २५ गते । प्रहरीको टोलीले छापामार शैलीमा धनुषा जिल्लाको मुखियापटी मुसहरनीया गाउँपालिका ६ लक्ष्मीपुर टोलमा आइतबार राति करिब १ बजेको समयमा तीन दर्जनभन्दा बढी एक घरमा घेराउ गरी बलपूर्वक प्रवेश गरेको घटनाले स्थानीय बासिन्दाहरूमा त्रास फैलिएको छ ।

प्रहरीको उक्त कारबाहीमा महिलाहरूलाई दुव्र्यवहार, कुटपिट र घरमा रहेको सम्पत्तिमा तोडफोड गरिएको आरोप लागेको छ । घटनास्थलमा रहेका प्रत्यक्षदर्शी र पीडित पक्षको भनाइ अनुसार, भोगेन्द्र यादवको घरमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले छतबाट प्रवेश गरी घरका चुकुलहरू फोड्दै घरभित्र छापा मारेको हो ।

एमालेका मुखियापटी मुसहरनीया नगर अध्यक्ष सुशील यादवले पत्रकार सम्मेलनमार्फत प्रहरीको यो कार्यलाई ‘रातको आतंकराज’ भनी टिप्पणी गरेका छन् । पीडित पक्षका सदस्य विकास यादवले घटनाको विवरण दिँदै भने, “राति सुतिरहेको अवस्थामा प्रहरी अचानक घरभित्र पस्यो। म झसङ्ग ब्युँझिएँ, त्यत्तिकैमा एक जनाले मेरो कानमै पेस्तोल तेर्साउँदै भन्यो — ’बढी बोल्छस् भने चुप लाग, नत्र मर्छस् ।’“

उनले थपे, “मैले किन यस्तो गरिरहनु भएको? तपाईहरूसँग कुनै कागजात छ कि? यो काम दिनको उज्यालोमा पनि गर्न सकिन्छ भनेपछि, मलाई धक्कामुक्की गर्दै कालर समातेर घरबाट बाहिर निकालियो ।”

घटनाको पृष्ठभूमिमा स्थानीय राजनीतिक द्वन्द्व रहेको आशंका गरिएको छ । सुशील यादवका अनुसार, उनको र जसपा नेपालका नेता विरेन्द्र छोटेबीच विगतमा सामान्य भनाभन भएको थियो । त्यही घटनालाई लिएर विरेन्द्र छोटे पक्षले दवावमा मुद्दा हालेर आफ्ना नातेदारहरूलाई फसाउने प्रयास गरिरहेको उनले दाबी गरे ।

”झगडा मिलाउन पुगेका काका उपेन्द्र यादवको टाउको उनिहरुले फोडेपछि उपचारको लागि जनकपुरधामको न्युरो अस्पतालसम्म लगियो । त्यसपछि हामीले प्रहरीमा उजुरी ग¥यौं । तर उल्टै विरेन्द्र छोटेले आफ्नो पहुँच प्रयोग गरी हामीमाथि अभद्र व्यवहारको मुद्दा हाल्नुका साथै रातको समयमा प्रहरी परिचालन गरी गाउँमा त्रास फैलाएका छन्,” अध्यक्ष यादवको आरोप थियो ।

फुलगामा प्रहरी चौकीका इन्चार्ज अवधलाल सोनारले भने घटनामा आफू संलग्न रहेको स्वीकार गर्दै जिल्लाबाट आएको टोलीले साथ दिन भनेपछि आफू पनि गएको बताए । “राती घर किन घेराउ गरियो भन्ने जानकारी जिल्लाबाट नै लिनुपर्छ,“ उनले भने ।
तर जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रवक्ता डिएसपी वरुणबहादुर सिंहले भने घटनाबारे आफू अनभिज्ञ रहेको प्रतिक्रिया दिए । “म यसबारे जानकार छैन, यो कुरा प्रहरी उपरीक्षकसँग बुझ्नुपर्छ,” उनले संक्षिप्त प्रतिक्रिया दिए । प्रहरी उपरीक्षकलाई सम्पर्क गर्न प्रयास गर्दा समेत फोन व्यस्त रहेको जानकारी प्राप्त भएको छ ।

रातको समयमा दर्जनौं सुरक्षाकर्मी घरमा पसेर महिलाहरूलाई अपमानजनक व्यवहार गर्दै बक्स, दराज, पलंग जाँच गरेको र कागजपत्र विना बल प्रयोग गरिएको घटनाले गाउँमा ठूलो असन्तोष र असुरक्षा फैलिएको छ । स्थानीय बासिन्दाहरूले यस घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०८२ असार १४, शनिबार २१:०३
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०८२ असार १४, शनिबार २१:०३
माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

२०८२ असार १४, शनिबार २१:०३
प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

२०८२ असार १४, शनिबार २१:०३
मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

२०८२ असार १४, शनिबार २१:०३
मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

२०८२ असार १४, शनिबार २१:०३

ताजा खबर

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव