Saturday, September 26, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

सिटी स्कैन मेसिन खरीद टेण्डरमा सप्लायर्ससँग स्वास्थ्य आपुर्तिकाे मिलोमतो


सिटी स्कैन मेसिन खरीद टेण्डरमा सप्लायर्ससँग स्वास्थ्य आपुर्तिकाे मिलोमतो

Oplus_16908288

जनकपुरधाम, जेठ २४ गते । मधेस प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मातहत रहेका स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले लहान अस्पतालका लागि खरीद गर्न लागेकाे सिटी सकैन मेशिनमा सप्लायर्ससंगकाे मिलाेमताेमा टेण्डर गरिएकाे रहस्य खुलेकाे छ ।

केन्द्रले करिब १७ करोड २० लाखमा दुई वटा सिटी स्क्यान मेसिन खरिद गर्ने गरी अगाडि बढाएको टेन्डर प्रक्रियामा मधेश सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतकाे स्वास्थ्य आपुर्ति केन्द्रले बदमासी गरेको देखिएको छ । एउटा मेसिनको अधिकतम ६ करोड रुपैया पर्ने मेसिनको ८ करोड ६० लाख पर्ने गरी टेण्डर प्रक्रिया अघि बढाएको हो ।

यसमा पनि विशेषगरी मेसिन ल्याइदिनुपर्ने समयसिमा र स्पेसिफिकेसनका विभिन्न बुँदाहरूमा खेलेर निश्चित सप्लायर्स कम्पनीको लाभका लागि टेन्डर प्रक्रियाका मापदण्डहरू बनाइएको देखिन्छ ।

सिटी स्क्यान मेसिनको प्राविधिक स्पेसिफिकेसनमा राखिएका बुँदाहरू मेसिन उत्पादक कम्पनी ‘एनके’को सिटी स्क्यान मेसिनसँग मात्रै मिल्ने देखिन्छ । जुन मेसिन नेपाली सप्लायर्स ‘लुम्बिनी हेल्थ केयर प्रालि’ ले सप्लाई गर्दै आएको देखिएको छ । यसका मालिक पोस्टराज ज्ञवाली हुन् ।

प्रिबिड बैठकमा खरिद मापदण्डको संशोधनको प्रस्ताव आए पनि केन्द्रले स्पेसिफिकेसन संशोधन गरेर निश्चित सप्लायर्सको स्वार्थमा लक्ड गरिएको मापदण्ड नहटाइएकाले नेपाली सप्लायर्स कम्पनी ‘लुम्बिनी हेल्थ केयर प्रालि’ले नै यो टेन्डर पाउने देखिन्छ ।

मधेस प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले २०८२ वैशाख २३ (२०२५, मे ६) मा ‘१२८’ स्लाइसको सिटी स्क्यान मेसिन खरिदका लागि टेन्डर आह्वान गरेको गर्यो । केन्द्रले सिटीको ‘प्रि–बिड मिटिङ’ हुने मिति जेठ १२ (२०२५, मे २६) तोकेको थियो ।

केन्द्रले ‘प्रि–बिड मिटिङ’मा पुगेका सप्लायर्स कम्पनीका प्रतिनिधिहरूले खरिद हुने सिटी स्क्यान मेसिनको प्राविधिक स्पेसिफिकेसन लगायतका बुँदामा असहमति जनाउँदै लक्ड भएका बुँदा संशोधनको माग गरेका पनि थिए । तर, केन्द्रले स्पेसिफिकेसन संशोधन नगरी पूर्व मिलेमतोको रणनीति अनुसार नै सिटीको टेन्डर प्रक्रिया अगाडि बढायो ।

केन्द्रले ‘सिटी स्क्यान मेसिन’को यो टेन्डरमा मापदण्ड र समय दुवैमा बदनियत गरेको देखिन्छ । यो टेन्डरमा अन्तर्राष्ट्रिय स्तरको बोलपत्र (आइसिबी) लाई निषेध गर्दै ‘राष्ट्रिय स्तरको बोलपत्र (नेश्नल कम्पिटेटिभ बिडिङ (एनसीबी) विधि अपनाइएको छ ।

तर, केन्द्रले सिटी स्क्यान मेसिनको टेन्डरमा सम्झौता भएको ‘१२०’ दिन भित्र वा असार १५ गतेभित्र ल्याइदिनुपर्ने विरोधाभासपूर्ण र अनौठो सर्त राखेको छ ।

यसबाट के प्रष्ट हुन्छ भने मिलेमतोमै ढिलो टेन्डर गरी खरिद प्रक्रिया अगाडि बढाइएको र टेन्डर स्वीकृत भएर सम्झौता भएको मितिदेखि असार १५ सम्मको मितिको छोटो समय राखेर नेपालमा पहिल्यै ल्याएको वा यता खरिद प्रक्रिया अगाडी बढाउँदै उता मेसिन ल्याउने प्रक्रिया पनि सँगसँगै बढाउने रणनीति लिइएको छ । किनकि नेपालमा सिटी स्क्यान मेसिन बन्दैन । विदेशबाट नै ल्याउने हो । सप्लायर्सले टेन्डर पाएपछि नै सिटी स्क्यान मेसिन ल्याउने प्रक्रिया अगाडि बढाउने हो ।

विदेशबाट मेसिन ल्याउंदा ल्याउंदै कम्तिमा दुई महिना समय लाग्छ अर्थात समय नै सकिन जान्छ । यसले पनि प्रष्ट हुन्छ कि मिलोमतोमा खरीद प्रक्रियामा छोटो समय दिइएको छ ।

मिलोमतो गरिएको भन्ने अर्को शंका गर्ने ठाउँ के छ भने यो सिटी स्क्यान मेसिनको टेन्डर प्रस्ताव गर्ने अन्तिम मिति जेठ २२ (२०२५, जुन ५) बिहीबार दिउँसा १२ बजेसम्मलाई तोकिएको छ भने सोही दिन दिउँसा दुई बजेलाई टेन्डर खुल्ने मिति ताकेको छ ।

केन्द्रले करिब १७ करोड २० लाखमा खरिद गर्ने गरी गरेको सिटी स्क्यान मेसिनको टेन्डर अन्तर्राष्ट्रिय स्तरको बोलपत्र (इन्टरनेश्नल कम्पेटिटिभ बिडिङ (आइसिबी) नभई ‘राष्ट्रिय स्तरको बोलपत्र (नेश्नल कम्पिटेटिभ बिडिङ (एनसीबी) हो ।

भन्सार छुट किन लिइएन?

अन्तर्राष्ट्रिय स्तरको बोलपत्र (आइसिबी) गरी सिटी खरिद गरेर मेसिन नेपालमा ल्याउँदा सरकारले भन्सारमा लाग्ने कर छुट दिने गरेको छ । तर, ‘राष्ट्रिय स्तरको बोलपत्र (एनसीबी) मा भन्सार छुट दिइदैन ।

राष्ट्रियस्तरको बोलपत्र (एनसीबी) अपनाई खरिद भएको सिटी स्क्यान लगायतको मेसिनका लागि मन्त्रालयले कर छुटका लागि सिफारिस गर्नै नमिल्ने भएकाले त्यसमा करको रकम समेत जोडेर किन्ने प्रक्रिया अगाडि बढाएर छुटमा खरीद गरिएका मेसिनलाई छुट रकम झ्वाम पार्ने आपूर्तिकर्तासँग मिलेर योजना केन्द्रको रहेको देखिन्छ ।

केन्द्रले खरिद गरेको मेसिन ल्याउँदा एक प्रतिशत मात्रै कर तिर्नुपर्छ । १३ प्रतिशत भ्याट समेत छुट हुँदा करिब कुल मूल्यमा १५ प्रतिशत नै रकम कम हुने देखियो । यसरी हेर्दा केन्द्रले करिब १७ करोड २० लाखमा सिटी स्क्यान मेसिन ल्याउँदा करिब दुई करोड ५८ लाख त कर छुटै पाइने देखियो । तर राष्ट्रियस्तरको टेण्डरले त्यो झ्वाम पार्ने अवस्था देखिन्छ ।

जानकारका अनुसार अन्तर्राष्ट्रिय स्तरको बोलपत्र (इन्टरनेश्नल कम्पेटिटिभ बिडिङ (आइसिबी) मा मेसिन उत्पादक कम्पनीले नेपाली सप्लायर्समार्फत टेन्डर प्रस्ताव गर्छ । तर यहाँ राष्ट्रिय भने सिधै सप्लायर्स मार्फत टेण्डर दिन लगाइएकाे छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८२ असार ११, बुधबार १६:२९
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८२ असार ११, बुधबार १६:२९
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८२ असार ११, बुधबार १६:२९
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८२ असार ११, बुधबार १६:२९
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८२ असार ११, बुधबार १६:२९
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८२ असार ११, बुधबार १६:२९

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव