जनकपुरधाम, जेठ १७ गते । प्रधानाध्यापक संघ नेपाल मधेश प्रदेशको दोश्रो अधिवेशन सम्पन्न शनिवार भएको छ ।
जनकपुरधाममा सम्पन्न अधिवेशनमा प्रादेशिक समितिले वर्षभरिमा गरेको कार्यको प्रगति प्रतिवेदन अनुमोदन र शिक्षकहरुलाई प्रविधिसँग कसरी जोडने बारे प्रशिक्षणसहितका दुई सत्र कार्यक्रम आयोजना गरिएको थियो ।
संघका मधेश प्रदेश अध्यक्ष संजय झाको अध्यक्षतामा सम्पन्न सो अधिवेशनमा मिडासका छत्रहरि कार्कीले शिक्षकहरुलाई प्रविधिसँग जोडन प्रविधि मार्फत विद्यार्थीलाई कसरी पढाउने बारे जानकारी गराएका थिए ।
यस्तै सजिलो शिक्षा बारे बाबुकृष्ण सापकोटाले विस्तारमा सहभागी शिक्षकहरुलाई जानकारी गराएका थिए भने नेपालमा प्रविधि शिक्षाको अवस्था बारे एभरेष्ट ईन्जिनीयरिङ्ग कलेजका अरुण भण्डारीले जानकारी गराएका थिए ।
अधिवेशनमा उच्च प्राइक्सिहरुलाई आदान प्रदान गर्नुका साथै राम्रो गरेका पालिका, विद्यालय, शिक्षक र व्यवस्थापन समितिहरुलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो भने शिक्षकहरुलाई ५ हजार रुपैयाको दरले पुरस्कृत तथा सम्मान गरिएको थियो ।
सो अधिवेशनबाटै २५ सदस्यीय रहेको संघको प्रादेशिक समितिमा आबद्ध प्रधानाध्यापक पदाधिकारी मध्ये अवकाश प्राप्त भइसकेकोहरुलाई हटाएर उनको ठाउँमा पदपूर्ति गरिने जानकारी अध्यक्षले झाले जानकारी दिए ।
कार्यक्रमको प्रमुख अतिथि संघका केन्द्रिय अध्यक्षका सुदाम प्रसाद गौतमले राम्रो गरेका शिक्षकहरुलाई हाम्रो प्रयासले गरिएको सम्मान र पुरस्कारले उनीहरुलाई काम गर्ने प्रोत्सान र हौसला बढाएको बताए । साथै उनले आउंदो जेठ २३ र २४ गते पोखरामा केन्द्रिय अधिवेशन गरिने जानकारी समेत दिए ।
सो अधिवेशनमा देशभरिबाट संघबाट आबद्ध प्रधानाध्यापक, शिक्षा क्षेत्रका साझेदार संस्थाहरु, शिक्षामा सहयोग पुरयाउने देश तथा विदेशका संघ संस्थाहरुको सहभागिता रहने जानकारी पनि उनले दिए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !