जनकपुरधाम, जेठ १६ गते । वित्तिय र आर्थिक विकासका लागि गरिमा विकास बैंकसँग जनकपुरधामस्थित जनकपुर न्यूरो हस्पीटल एण्ड रिसर्च सेन्टर र सुयोग क्लिनिक एण्ड डाइगनोष्टिक प्रा.लि. बीच सम्झौता भएको छ ।
स्थानीय स्तरमा आर्थिक सशक्तीकरणका योगदान पुण्याउने उद्देश्यले छुट्टाछुट्टै रुपमा शुक्रवार द्विपक्षीय सम्झौता गरिएको हो ।
सो सम्झौता पत्रमा गरिमा विकास बैंकका जनकपुरधाम शाखाका तर्फबाट प्रबन्धक विपिन कुमार झा र जनकपुर न्यूरो हस्पीटल एण्ड रिसर्च सेन्टरका तर्फबाट संचालक अजय राउत तथा तथा सुयोग क्लिनिक एण्ड डाइगनोष्टिक प्रा.लि.का संचालक ललितनारायण यादवले हस्ताक्षर गरेका हुन् ।
दुवै पक्षले वित्तिय पहुँचलाई विस्तार गर्ने तथा स्थानीय स्तरमा आर्थिक योगदान पुरयाउनुपर्ने उद्देश्यले लिइएको छ ।सो बैंकमा जनकपुर न्यूरो हस्पीपटल र सुयोग क्लिनिकमा रहको कर्मचारी तथा आउने सेवाग्राहीलाई विभिन्न बैंकिंग सुविधा तथा वित्तिय परामर्श प्रदान गर्दै आएकोमा हस्पिटलहरुले पनि यस शाखासँग मिलेर सामुदायिक तथा व्यवसायिक गतिविधिमा सहकार्य गर्न सम्झौता गरिएको हो ।
सो सम्झौता पत्र अनुसार सो हस्पीपटलहरुमा आएका सेवाग्राही बाहेक सम्पूर्ण गरिमा विकास बैंकका ज्येष्ट नागरिक, ग्राहक तथा व्यापारीहरुले प्रयोग गर्ने बैंकको खाता, मोबाइल बैंकिंग, क्रेडिट कार्ड, डेबिट कार्ड लगायतबाट भुक्तानी गरे १० प्रतिशत छुट दिइने र ज्येष्ट नागरिकलाई विशेष छुट दिइनेछ ।
यो सम्झौताले बैंकका कर्मचारी, ग्राहक र व्यापारीहरुलाई ठूलो टेवा पुग्ने र हस्टिपलहरुलाई समेत व्यवसायिक लाभ पुग्ने विश्वास रहेको बैंकका शाखा प्रबन्धक झाले बताएका छन् ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !