जनकपुरधाम, वैशाख १४ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनकाे कारवाहीकाे माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई कांग्रेसी नेताहरूले ज्ञापनपत्र बुझाएकाे छ ।
आइतवार दिउंसाे काग्रेस जिल्ला सभापति याेगेन्द्र पजियारकाे नेतृत्व सयाै कांग्रेसी नेता कार्यकर्ताहरूले प्रमुख जिल्ला अधिकारी रामुराज कडारियामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएकाे छ ।
राजावादीहरूकाे आन्दाेलनकाे क्रममा चैत १५ गतेका दिन भाटभटेनी लुटपाट घटनामा कांग्रेसका सहमहामन्त्रीको छोराको संलग्नता रहेकाे भन्ने पछिल्लाे प्रतिनिधि सभाकाे बैठकमा अभव्यक्ति दिएकाे र साे अभिव्यक्तिकाे आधार बनाएर संचार माध्यमहरूले सह समहामन्त्री महेन्द्र यादव र उनका छाेराकाे नाम जाेडेर समाचार सम्प्रेषण गरेकाे थियाे ।

हाम्राे पार्टीकाे सहमहामन्त्री र उनका छाेराकाे नाम जाेडी कपोलकल्पित भ्रामक विचार राखि संसद, जनता र समाजलाई दिगभ्रमित गर्नेगरी दुष्प्रचार गर्ने कार्य गरेको आराेप लगाउंदै त्यसकाे छानबीन दाेषीलाई कारवाहीकाे माग गरिएकाे छ ।
लिङदेनकाे साे भ्रामक कदमले नेपाली जनताको बलिदानबाट प्राप्त संघीयता, लोकतन्त्र, गणतन्त्रलाई कमजोर गर्ने दुसाहस गरेको हामीले महशुस गरेका छौं । सो विवादास्पद भनाई प्रति नेपाली काँग्रेस खेद प्रकट गर्दछ । साथै ने. का. को कुन सह-महामन्त्रीको छोराले लुटपाट गरेको हो भनी प्रष्ट पार्न चुनौती ज्ञापन पत्रमार्फत दिइएकाे छ ।

भ्रामक खबर फैलाउने लिङ्गदेललाई कानूनको कठघारामा खडा गरी आवश्यक कारबाही गर्न माग गर्दै सामाजिक संजालमा सहमहामन्त्रीको नाम राखी सामाजिक प्रतिष्ठामा आँच पुग्ने गरी भएको मान मर्दन हर्कतलाई घोर भर्त्ससना गर्दछौ र उक्त निन्दनीय कार्यको लागि कानून बमोजिम लगायतका मुद्दा चलाई निजलाई हदै सम्मको कारबाही गरी राष्ट्र र जनतालाई कानूनी राज्यको अनुभूति दिलाउन तत्काल कानूनी प्रकृया अवलम्बन गर्न माग गरिएकाे छ ।
उनले राखेको अभिव्यक्तिको केही बेर नबित्दै केही मिडियाहरुले सहमहामन्त्री महेन्द्र यादवको छोरा पनि भाटभटेनी लुटपाटमा पक्राउ परेको भनेर खबर प्रकासित गरेका थिए ।
नेता यादवकाे दुई छाेरा डा. आकाश यादव र डा. विकास यादव छन् । मिडियाहरू मुकेश भनेर गलत भ्रामक समाचार प्रकाशन गरेकाे थियाे ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !