जनकपुरधाम, वैशाख ४ गते । विश्वविख्यात मोटरसाइकल निर्माता रोयल इनफिल्डले आधुनिक सुधार सहितका नयाँ संस्करणको आफ्ना मोडल क्लासिक ३५० नेपालमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ ।
दशकौँदेखि मोटरसाइकल प्रेमीको पहिलो रोजाइमा पर्न सफल क्लासिक ३५० बिहीवार जनकपुरधाममा अधिकारिक विक्रेता न्यु नारायणी मोटर्सले एक समारोहका बीच सार्वजनिक गरेको हो । यसपटक अझ सशक्त स्वरूप, आधुनिक प्रविधि र आकर्षक डिजाइनसहित ५ वटा भेरिएन्टमा ७ कलरको जनकपुरधाम बजारमा ल्याएएको हो ।
हेरिटेज (मदरास रेड, जोधपुर ब्लू), हेरिटेज प्रिमियम (मेडालियन ब्रोन्ज), सिग्नल्स (कमाण्डो सेण्ड), क्लासिक डार्क (गन ग्रे, स्टेल्थ ब्ल्याक) र क्लासिक क्रोम (इमराल्ड) भेरिन्टका मोटरसाइकल जनकपुरधामका अधिकारिक विक्रेताले सार्वजनिक गरेका हुन् ।
यी सबै भेरियन्टमा आधुनिक डिजाइनका साथ डुअल च्यानल एबिएस, एलईडी हेडलाइट, एलईडी पाइलट ल्याम्प, गियर इन्डिकेटर, टाइप–सि यूएसबि चार्जर लगायतका सुविधा दिइएको छ । शुरुवाती भेरियन्टको मूल्य ५ लाख ५५ हजार रुपैयाँ तोकिएको छ भने सबै भेरियन्टमा एबिएस अनिवार्य रहेको जनाइएको छ ।
रोयल इनफिल्डले सन् २०२३ देखि नेपालमा एक्सक्लुसिभ उत्पादन केन्द्र सिकेडी राखेकोछ । त्रिवेणी समूहसंगको सहकार्यमा सार्क क्षेत्रमा व्यापार अभिवृद्धि गर्ने उद्देश्य सहित नेपालप्ति कम्पनीको प्रतिबद्धताका लागि वीरगञ्जमा सिकेडी राखिएको हो ।
सो सिकेडीबाट वार्षिक २० हजार युनिट मोटरसाइकल एसेम्बल हुँदै आएको छ । नेपालबाहेक ब्राजिल, थाइल्याण्ड, बंगलादेश, अर्जेन्टिना र कोलम्बियामा पनि कम्पनीका एसेम्बली युनिटहरू सञ्चालनमा रहेका छन् ।
रोयल इनफिल्ड सन् १९०१ देखि निरन्तर मोटरसाइकल उत्पादन गर्दै आएको विश्वको पुरानो ब्रान्डमध्ये एक हो । बेलायतबाट सुरू भएको यसको यात्रा भारतको मद्रास हुँदै अहिले नेपाललगायत ६० देशसम्म फैलिएको छ । भारतमै यसको दुई हजार बढी स्टोर्स छन् भने विश्वभर ८५० स्टोर्स सञ्चालनमा छन् ।
बुलेट मोटरसाइकलको माग पछिल्लो समय नेपालमा झनै बढ्दै गएको छ । रोयल इनफिल्डका अनुसार नयाँ क्लासिक ३५० बजारमा ल्याउँदा मूल्य भने पुरानै स्तरमा राखिएको छ । यसले ग्राहकलाई अझ आकर्षित गरेको छ । कम्पनीले हालै विद्युतीय सवारी साधन फ्लाइङ फ्ली समेत बजारमा ल्याएर हरित प्रविधिप्रति प्रतिबद्धता जनाइसकेको छ ।
बुलेट बाइकको बिक्रि निकै बढेको कारण यसको आकर्षक दाम र यसले दिने माइलेज हो । नेपालमा पहिलो बाइक जसले एबीएस बाइक भएपनि आफ्नो मुल्यमा १ लाख ५० हजार देखी २ लाखसम्मको मुल्य घटाएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !