Saturday, September 26, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

सडक निर्माणको माग गर्दै ढल्केवरमा चक्काजाम

सडक निर्माणको माग गर्दै ढल्केवरमा चक्काजाम

जनकपुरधाम, वैशाख ३ गते । जनकपुर–ढल्केवर सडक खण्ड अन्तर्गत पर्ने मिथिला नगरपालिका–२ र ६ को सीमामा पर्ने बसही खोलाको अधूरो पुल निर्माण गर्नुपर्ने माग गर्दै स्थानीयवासीले चक्काजाम गरेको छ ।

राजु कन्ट्रक्सन कम्पनीले वर्षौंदेखि पुल निर्माणको जिम्मा लिएर बेवास्ता गरेपछि जनजीवन हैरान बनेको छ । नियमितरूपमा सवारी दुर्घटना भइरहने यो खतरनाक ठाउँमा दर्जनौँले ज्यान गुमाइसकेका छन् । यस्तै घटना दोहोरिन नदिन माग गर्दै स्थानीय जनप्रतिनिधि, सर्वसाधारण, युवा तथा विद्यार्थीहरूको सहभागितामा बुधवार बिहान ढल्केवरमा एक घण्टा चक्काजाम गरिएको थियो ।

मिथिला नगरपालिका–६ का वडाध्यक्ष नन्दकिशोर यादवले पुल निर्माण अलपत्र पार्नु जनताको जीवनसँग खेलवाड भएको टिप्पणी गर्दै चेतावनी स्वरूप चक्काजाम गरिएको बताए । ‘हामीले धेरै सह्यौं, अब धैर्यको सीमा नाघेको छ,’ उनले भने, ‘आज प्रमुख जिल्ला अधिकारीसँग छलफल हुँदैछ । यदि तत्काल काम सुरु भएन भने जनस्तरबाट संघर्ष चर्काउनेछौं ।’

बसही खोलाको यो पुल वर्षाैदेखि अधुरो अवस्थामा छ । खासगरी रातको समयमा झन् बढी दुर्घटना हुने गरेको स्थानीयको गुनासो छ । ‘तपाईं एकपल्ट त्यहाँ मोटरसाइकल लिएर जानुहोस्, बाँच्नुभयो भने भाग्यमानी ठहरिनुहुन्छ,’ आन्दोलनमा सहभागी एक युवाले भने ।

स्थानीयका अनुसार पुल नहुँदा यातायातका साधन खोलाको पेटीबाट जोखिम मोलेर गुड्न बाध्य छन् । भारी सवारी साधनका लागि त यो मार्ग बन्दजस्तै भएको छ । विद्यालय जाने बालबालिका, बुढापाकालगायत हरेक वर्गलाई दिनहुँ सास्ती खेप्नुपरेको छ ।

पुल निर्माणको जिम्मा लिएको राजु कन्ट्रक्सन कम्पनीमाथि जनप्रतिनिधिले ठेक्का लिएर काम नगर्ने, निर्माणस्थलमा सामाग्री राखेर छोड्ने अनि वर्षाैसम्म सम्पर्कविहीन रहने आरोप लगाएका छन् । ‘ठेकेदार कम्पनीको नियत नै शंका लाग्दो छ,’ वडा अध्यक्ष यादवले भने, ‘यस्ता लापरबाही कम्पनीलाई कालोसूचीमा राख्नुपर्छ ।’

चक्काजामको जानकारीपछि जिल्ला प्रहरी कार्यालय र प्रशासनका अधिकारी स्थलमै पुगेर वार्ताको पहल थालेका छन् । प्रमुख जिल्ला अधिकारीसँग आजै छलफल हुने र जनप्रतिनिधिहरूले अल्टिमेटम दिने तयारी गरेका छन् । यदि वार्ता निष्फल भयो भने स्थानीयले सडकमै आमसभा, धर्ना र मसाल जुलुस जस्ता आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८२ जेष्ठ १३, मंगलवार २०:०८
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८२ जेष्ठ १३, मंगलवार २०:०८
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८२ जेष्ठ १३, मंगलवार २०:०८
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८२ जेष्ठ १३, मंगलवार २०:०८
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८२ जेष्ठ १३, मंगलवार २०:०८
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८२ जेष्ठ १३, मंगलवार २०:०८

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव