जनकपुरधाम, चैत १६ गते । मधेशी पत्रकार समाज नेपाल जनकपुरधामले राजावादी समर्थकहरुले गरेको प्रदर्शनको क्रममा पत्रकार सुरेश रजकलाई राज्य संयन्त्रको लापरवाहीले आगजनी गरी नियोजित रुपमा हत्या गरिएको ठहर गरेको छ ।
शनिवार समाजका प्रदेश अध्यक्ष विरेन्द्र रमण र धनुषा शाखा अध्यक्ष सुभाष कर्णले संयुक्त रुपमा एक विज्ञप्ति जारी गरी घटनाको निष्पक्ष छानबीनका लागि उच्चस्तरीय न्याययिक छानबीन समिति गठन, दोषीलाई अविलम्ब पक्राउ गरी कारवाही गर्नुपर्ने र मृतकलाई शहीद घोषणा गर्नुपर्ने माग गरेका छन् ।
यो संगै मृतक परिवारलाई राज्य पक्ष र सम्बन्धित मिडिया हाउसबाट उचित क्षतिपूर्ति, पीडित परिवारको भरणपोषणका लागि परिवारबाट एकजनालाई रोजगारीको व्यवस्था र पत्रकाहरुको हकहित र सुरक्षा ग्यारेन्टीको माग पनि गरेको छ । विभिन्न संचार गृहको भवनमा आगो लगाउने, हुलहुज्जत गरेर भवनभित्र प्रवेश गर्न नपाएपछि ढुंगा हान्ने, सवारी साधन तोडफोड गर्ने र संचारकर्मीलाई आर्ताकत तुल्याउने गरी हत्या गरिएको निन्दनीय घटनाप्रति समाजले घोर भत्र्सना गरेको छ ।
साथै जनतालाई सुसूचित गराउने र विचार निर्माणमा सघाउने प्रेसजस्तो भरपदों सञ्चारसंस्थाहरू र संचारकर्मीको ज्यानै जाने गरी यस प्रकारको हमला हुनु घोर आपत्तिजनक, निन्दनीय र भत्र्सनायोग्य कार्य रहेकाले राज्यको चौथो अंग पत्रकारिताको सुरक्षाप्रति राज्य पक्षलाई गम्भीर हुन आग्रह समेत गरेको छ ।
समाजले भनेका छन् ‘शान्तिपूर्ण प्रदर्शन गर्ने सवैधानिक अधिकारको हामी सदैव सम्मान गर्दछौ । तर, आन्दोलनको नाममा संचारकर्मीको ज्यानै जाने, प्रेसलाई आतंकित र त्रसित बनाउने कार्य तथा राज्यपक्षद्वारा नियोजित रुपमा लापरवाही गर्नु किमार्थ स्वीकार हामी गर्दनौं, यस्ता कार्यमा संलग्न जो कोही भएपनि तत्काल कानुनी कठघरामा उभ्याउनु पर्छ ।’
समाजले प्रदर्शनको क्रममा आगजनी गरी मारिएका पत्रकार सुरेश रजकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण र शोक सन्तप्त परिवारप्रति धैर्यधारणको कामना गर्दै राज्य पक्षसँग गर्दै अविलम्ब यी मागहरु पुरा गर्न माग गरेको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !