जनकपुरधाम, चैत १० गते । सर्लाहीको बागमतीस्थित भूमिगत जलश्रोत तथा सिचाई विकास डिभिजनको कार्यालय भवन चाँडै नै बनाउने प्रतिबद्धता मधेश प्रदेश सरकारका ऊर्जा, सिचाई तथा खानेपानी मन्त्री शेष नारायण यादवले व्यक्त गरेका छन् ।
आइतवार डिभिजनको निरिक्षण गर्दै कार्यालय भवनमा कोठाको आभाव देखिएपछि उनले यस्तो प्रतिबद्धता जनाएका छन् । कार्यालयको कामकाज बारे जानकारी लिंदै कार्यालयको निरिक्षण गर्दा भवन कोठाको आभाव देखिएपछि मन्त्री यादवले कार्यालय प्रमुख तुलाकान्त चौधरीलाई आउंदो आर्थिक वर्षमा भवन निर्माणको बजेट राखि दिने प्रतिबद्धता जनाए ।
कार्यालय भवनको निरिक्षण गर्दा मात्र तीनवटा कोठामा सो कार्यालय संचालन भइरहेको देखेपछि मन्त्री यादवले यस्तो सांघुरो अवस्थामा कसरी काम गरिरहनु भएको भनी चिन्ता व्यक्त गर्दै जग्गा खोजेर राख्नु अब आउंदो आर्थिक वर्षमा कार्यालय भवनका लागि बजेट नै राखिदिने भने ।

हाल सो कार्यालय बागमती सिचाई आयोजनाले आफ्नो कार्यालय परिसरमा उपलब्ध गराएका जस्ता छाना भएका तीन कोठे भवनमा संचालन हुँदै आएको छ । लोकपुकार सँग कुरा गर्दै मन्त्री यादवले भने काम गर्न सहज वातावरण नभएको अवस्थामा काम गर्न मनोबल समेत घटने भएकाले प्रदेश सरकारले क्षमता अनुसारको आफ्नै भवन निर्माण गरेर कार्यालय निर्माण गर्ने बताए ।
निरिक्षणको क्रममा कर्मचारीहरुसँग कामको प्रगति बारे जानकारी समेत लिएका थिए । कामको बारे जानकारी लिंदै मन्त्री यादवले आम जनताको आवश्यकतालाई प्राथमिकतामा राखेर सहज तथा सौहाद्रपूर्ण वातावरणमा काम गर्न कर्मचारीहरुलाई निर्देशन दिए ।

कर्मचारीहरुले मन्त्री यादवलाई फुलको गूच्छासहित दोसल्ला ओढाई सम्मान गरेका थिए । मन्त्रीले आफै कार्यालय आई कर्मचारीहरुको समस्या बारे जानकारी लिएको कुराले निकै उत्साहित भएका थिए । कार्यालय प्रमुख चौधरीले भने मन्त्रीज्यूको यो सौहाद्र र सद्भाव व्यवहारले कर्मचारीहरुमा काम गर्ने हौसला झन बढाएको छ ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !