जनकपुरधाम, चैत ९ गते । धनुषा जिल्लास्थित संचालित अवैध कोचिङ्ग र टे«निङ्ग सेन्टरहरुलाई एकतित्र गर्न तथा अवैध रुपमा संचालित कोचिङ्ग र टे«निङ्ग सेन्टरहरुलाई कानूनको दायरामा ल्याउन सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउन कोचिङ्ग एण्ड ट्रेनिङ्ग सेन्टर एशोसिएसन गठन गरिएको बताइएको छ ।
शनिवार एशोसिएसनका अध्यक्ष सत्यम यादवले एक पत्रकार सम्मेलन आयोजना गरी संस्थाको उद्देश्य र कामको बारेमा प्रकाश पार्दै यस्तो बताएका हुन । उनले भने अवैध रुपमा संचालित कोचिङ्ग एण्ड ट्रेनिङ्ग सेन्टरहरुमा विद्यार्थी ठगिने र शिक्षकहरुलाई तलब नदिने गरेकाले हामीहरु पनि बदनाम हुने गरेकाले सबैलाई एकत्रित गरी संस्था गठन गरेको हो ।
जनकपुरधाम लगायत मधेश प्रदेशका आठवटै जिल्लामा सञ्चालनमा रहेका कोचिङ्ग र ट्रेनिङ्ग सेन्टरहरुलाई एकत्रित गरिने भन्दै शिक्षण तथा तालिम केन्द्रहरुको क्रियाकलापलाई व्यवस्थित र गुणस्तरीय बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उद्देश्यसहित रहेको उनले बताए ।

उनले भने, ‘हामीले शिक्षाको स्तर उकास्ने र विद्यार्थीलाई व्यावहारिक ज्ञान प्रदान गर्ने लक्ष्यसहित यस एशोसिएसनको गठन गरेका हौं । विभिन्न कोचिङ्ग तथा ट्रेनिङ्ग सेन्टरहरुलाई एकीकृत गर्दै उनीहरुको गतिविधिलाई व्यवस्थित गर्नु हाम्रो प्राथमिकता हुनेछ ।’
नवगठित कार्यसमितिमा सत्यम कोचिङ्ग एण्ड ट्रेनिङ्ग सेन्टरका सञ्चालक सत्यम यादवलाई अध्यक्षको जिम्मेवारी दिइएको छ । साथै, पुजा देवी साह उपाध्यक्षको रुपमा चयन भएकी छन् भने सचिवमा संजीव कुमार महरा, सहसचिवमा अम्बिका कुमारी महतो र कोषाध्यक्षमा प्रमोद कुमार महतो रहेका छन् । यस्तै सदस्यहरुमा सदस्यहरुमा सुनिल झा, संतोष कारक, संजय कुमार साह र कमल कुमार साह लगायतका रहेका छन् ।
एशोसिएसनको सल्लाहकार समितिमा अभय सिंह, प्रविन साह र रविन्द्र मण्डल रहेका छन् । अध्यक्ष यादवका अनुसार धनुषाको जनकपुरधाममा ८० भन्दा कोचिङ्ग तथा टे«निङ्ग सेन्टरहरु संचालनमा रहेका छन् जसमध्ये ४२ वटा मात्र वैद्य रहेको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !