जनकपुरधाम, चैत ८ गते । तस्कर धपाउन धनुषाको मुखियापट्टी मुसहरनियामा प्रहरीले गाेली फायर गरेकाे छ ।
शुक्रवार दिउंसाे २ बजेतर तस्करीको सामान नियन्त्रणमा लिनकालागि तस्करहरूले अवराेध गर्न खाेज्दा प्रहरीले गोली चलाएको हाे ।
मुखियापट्टी मुसहरनिया ६ बैरिया टोलमा प्रहरीले तस्करीको सामान नियन्त्रणमा लिन खोज्दा तस्करले रोकेपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक बरुण बहादुर सिंहले जनाएकाे छ ।
उनका अनुसार स्थानीय भज्जु यादवको घरमा तस्करीको सामान रहेको प्रहरीले गोप्य सूचनाको आधारमा सामान नियन्त्रण लिन छापामारी गर्न खाेज्दा तस्करहरुले प्रहरीलाई रोक्न खोजेपछि दुवै पक्षबीच बझाबाझ भई स्थिति तनावपूर्ण बनेको थियो । स्थिति नियन्त्रण लिन प्रहरीले हवाई फायर गर्दा तस्करहरु फरार भएको उनले बताए ।
तस्करीका १४ काेरा सामानहरु नियन्त्रणमा लिई सकिएको प्रहरीले जनाएको छ । यद्यपि नियन्त्रणमा लिइएका सामानका के के हाे बारे प्रहरीले खुलाएको छैन ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !