जनकपुरधाम, फागुन २४ गते । मधेश प्रदेशका राजधानी जनकपुरधामस्थित श्रीराम सेकेण्ड्री बोर्डिङ्ग स्कूलले यस पटक एसईई परीक्षामा सहभागी हुने कक्षा १० का विद्यार्थीहरुलाई स्वागत एवं विदाई गरिएको छ ।
प्रत्येक वर्ष झै यसवर्ष पनि नर्सरीदेखि कक्षा १२ सम्म माध्यमिकस्तरका अध्यापन समेत गराउंदै आएका सो श्रीराम स्कूलले आफ्नै प्रांगणमा फेयरेवल कार्यक्रम आयोजना गरी ‘छिट्टै भेटौला’ भन्ने उद्देश्य सहित विद्यार्थीहरुलाई स्वागत एवं विदाई गरेका छन् ।
स्कूलका डाइरेक्टर डा. सन्तोष कर्णले एसईईमा सहभागी हुने कक्षा १० का विद्यार्थीलाई एसईई उत्तिर्ण भएपछि यही स्कूलको कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई फेयरवेल कार्यक्रम मार्फत स्वागत र अन्य बाहिरका क्याम्पसमा जानेलाई विदाई गरिएको जानकारी दिए ।

उनले भने यो सम्मानले एसईई परीक्षामा सहभागी हुने विद्यार्थीलाई मानसिक रुपले उत्साहित तथा मनोबल उच्च गर्नेछ र परीक्षामा राम्रो ल्याउन सक्नेछ ।
सो स्कूलले २०५७ सालदेखि कक्षा १० का विद्यार्थीहरुलाई स्वागत एवं विदाई कार्यक्रम आयोजना गर्दै आएको छ । कक्षा ९ का विद्यार्थीहरुले सोही स्कूलको क्याम्पसमा पढने वा बाहिर जाने १० कक्षा विद्यार्थीहरुलाई विदाई गरेको छ भने स्कूल व्यवस्थापकले सम्मान गरेको छ ।
विद्यालयका चेयरमैन रामकिशोर कर्ण, डाइरेक्टर डा. सन्तोष कर्ण, स्कूल कोर्डिनेटर विरेन्द्र लाल कर्णलगायतका व्यक्तिहरुले कक्षा १० का विद्यार्थी, स्कूलका शिक्षक÷शिक्षिका, पत्रकार सहित अन्य सहयोगीहरुलाई टिका सहित दोसल्ला ओढाई सम्मान गरेको छ ।

सो स्कूलबाट यस पटक ४४ जना विद्यार्थी एसईई परीक्षामा सहभागी हुने भएका छन् । श्रीराम स्कूलले प्लस टू क्याम्पस समेत संचालन गर्दै आएको छ । एसईई परीक्षापछि सो क्याम्पसले कक्षा ११ मा भर्नाका लागि आन्तरिक तथा बाह्य विद्यार्थीहरुलाई प्रवेश परीक्षा समेत लिने भएका छन् ।

कक्षा ११ को भर्ना प्रवेश परीक्षामा मासिक शुल्कदेखि पूर्ण छात्रवृतिको व्यवस्था रहने गरेको डा. कर्णले बताए । उच्च मार्क ल्याउनले पूर्ण छात्रवृति पाउने तथा क्रमागत रुपमा १० स्थानसम्म ल्याउने विद्यार्थीहरुलाई मासिक शुल्क निशुल्क सो क्याम्पसले गर्दै आएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !