जनकपुरधाम, फागुन १९ गते । जनकपुरधामस्थित श्री याज्ञवलक्य संस्कृत माध्यमिक विद्यालय ज्ञानकूपमा वृहत शैक्षिक मेला सम्पन्न भएको छ । सो शैक्षिक मेलामा विद्यार्थीहरुले तयार पारेका विज्ञान प्रविधिमा आधारित मानवजीवनको प्रयोगमा आउने वस्तुहरु र अंग्रेजी एवं नेपाली भाषा साहित्यसहित मानव विकासका चरणहरुको प्रदर्शनी गरेका छन् ।
सो वृहत शैक्षिक मेलाको उद्घाटन मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले गरेका छन् । मेलाको उद्घाटन गर्दै सभामुख मण्डलले यो ज्ञानकूपले इतिहास र विज्ञान दुइटैलाई समिश्रण गरेर शिक्षा दिदैं आएको नमूना प्रदर्शनीमा राखिएका सामाग्री रहेको भन्ने कुरा यो शैक्षिक मेला अवलोकन गर्दा देखिएको बताए ।
उनले भने यो शैक्षिक मेलामा प्रदर्शनीका लागि राखिएका विषयवस्तुहरु हेर्दा के लाग्यो भने आउने दिनमा यी विद्यार्थीहरु टेक्नीकलमा धेरै नै अगाडि जान सक्छ । यी विद्यार्थीहरुलाई थप प्रोत्साहन र लगानी गर्न जरुरी छ । अहिले यी विद्यार्थीहरुको सिकाईमा थप लगानी गरियो यिनीहरुले टेक्निकलको दुनियमामा देशविदेशमा नाम कमाउनेछ ।

विद्यालयका प्रधानाध्यापक संजय झाले विद्यार्थीहरुले वर्षभरिमा सिकेर प्रोजेक्टको रुपमा बनाइएका हरेक गतिविधिहरु दर्शाउनका लागि यो शैक्षिक मेलाको आयोजना गरिएको बताए । सो शैक्षिक मेलामा कक्षा १ देखि १२ सम्म ४७ वटा स्टल राखिएको र त्यसमा ३ सय ५० जना विद्यार्थीहरुले सहभागिता जनाएको जानकारी दिए ।
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, धनुषा क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य जुली महतो, प्रदेश सभा सदस्य दिपेन्द्र ठाकुर, नेताहरु उमाशंकर अरगरिया, शिवशंकर साह हिरा लगायतका नेताहरु समेतले सो शैक्षिक मेलाको अवलोकन गरेका थिए ।
संचारकर्मीहरुसँग कुरा गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले बालबालिकाहरुले प्रदर्शनीमा विज्ञान प्रविधि र इतिहास तथा साहित्यमा देखाएको आफ्नो कलाले आउने दिनमा धेरै नै अगाडि बढन सक्ने क्षमता देखएको छ । यस विद्यालयमा आफ्ना दाजु समेतले शिक्षा आर्जन गरेकाले यो विद्यालयसँग आफ्नो पुरानो सम्बन्ध रहेको बताए ।
कार्यक्रमको समापनमा उत्कृष्ट प्रदर्शनी गरेका विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको छ । सो कार्यक्रममा विद्यार्थीहरुले गीत संगीत, नृत्य र कविता वाचनसहितका प्रस्तुति समेत गरेका छन् ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !