Sunday, September 27, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मटिहानीमा परिक्रमा यात्रुलाई भव्य स्वागत

मेयर मण्डल डोलासँगै आफै घुमे, नगरमा विदा


मटिहानीमा परिक्रमा यात्रुलाई भव्य स्वागत

जनकपुरधाम, फागुन १८ गते । मिथिला माध्यमिकी परिक्रमालाई महोत्तरीको मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले भव्य स्वागत गरेका छन् ।

परिक्रमाको चौथो दिन आइतवार मटिहानी पुगेका परिक्रमा टोलीलाई स्वागत गर्दै मेयर मण्डल, ’डोला’ सँगै यात्रा गरेका छन् । टोलीमा सहभागी यात्रिहरू मटिहानीमा विश्राम गर्नेछन् । मटिहानीमा डोला ल्याउने परम्परा मिथिला क्षेत्रमा निकै पुरानो र प्रतिष्ठित मानिन्छ । यहाँ परिक्रमा यात्राको चौथो दिनको रात्रिबास परम्परा कायम रहँदै आएको छ ।

मटिहानी महोत्तरी जिल्लामा परिक्रमा प्रवेश गर्ने प्रमुख स्थलको रूपमा रहेको छ । परिक्रमा यात्राका सहभागीहरूलाई स्वागत गर्न र मेलामा सहभागी हुनको लागि मटिहानी नगरपालिकाले आज सार्वजनिक बिदा घोषणा गरेको छ । सो अवसरमा मटिहानी र अन्य प्रमुख स्थलहरूमा आकर्षक मेला र परिक्रमा कार्यक्रमहरूको आयोजना गरिएको छ ।

नगर प्रमुख हरिप्रसाद मण्डलका अनुसार मिथिला माध्यमिकी परिक्रमाको महत्व र यसका सांस्कृतिक पहलूलाई मध्यनजर गर्दै नगरपालिकाले मेला र यात्राका अवसरमा सबैलाई सहभागी हुन आह्वान गर्दै सार्वजनिक बिदा दिएको हो ।
परिक्रमा यात्राका सहभागीहरूले मटिहानीसहित जिल्लाका विभिन्न स्थानहरूमा पाँच रात बिताउने परम्परा रहेको छ । मटिहानीमा परिक्रमा यात्राको चौथो, जलेश्वरमा पाँचौँ, मडैमा छैटौँ, ध्रुवकुण्डमा सातौँ र कञ्चनवनमा आठौँ दिन विश्राम गर्ने परम्परा रहेको छ ।

यो परम्परा महोत्तरी जिल्लाका अन्य चार स्थानीय तहहरू जलेश्वर नगरपालिका, महोत्तरी गाउँपालिका, बलवा नगरपालिका र भङ्गाहा नगरपालिकाद्वारा पनि मनाइन्छ । त्यहाँ पनि परिक्रमा र मेलाका दिन सार्वजनिक बिदा दिइन्छ । यस प्रकारका बिदा, सांस्कृतिक पर्व र मेलाका अवसरमा नागरिकहरूलाई यात्रा र धार्मिक अवसरहरूमा सहभागिता जनाउन उत्साहित गर्ने उद्देश्यले दिइन्छ ।

मिथिला माध्यमिकी परिक्रमा न केवल धार्मिक र सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण छ । यसले स्थानीय जनजीवनमा पनि सकारात्मक प्रभाव पार्छ । यस आयोजनाले विभिन्न स्थानहरूको धार्मिक महत्त्वलाई पुनः प्रतिष्ठित गरिरहेको छ भने समुदायमा एकताको भावना पनि बढाउँछ ।

धनुषाको कचुरीको मठबाट मिथिला बिहारीजीको डोला र जनकपुरको रत्नसागरस्थित मठबाट रामजानकीको डोलालाई विधिवत रूपमा निकाली १५ दिने मिथिला माध्यमिकी परिक्रमा बिहिवारबाट प्रारम्भ भएको थियो।परिक्रमामा नेपालको धार्मिक ऐतिहासिक ठाउँहरूको १०७ किलोमिटर र भारतको २६ किलोमिटर गरी जम्मा १३३ किलोमिटर भूभागको यात्रा गरिन्छ । यसलाई मिथिला माध्यमिकी परिक्रमा भन्ने गरिन्छ ।

जानकारहरूका अनुसार करिब सन् १७९३ तिर साधुसन्तलाई लिएर वनजंगलको बाटो भएर माध्यमिकी परिक्रमा प्रारम्भ गरिएको थियो। सो समयमा वन जंगल घना रहेको र साधुसन्तहरू वनमा आश्रम राखेर बस्ने गरेका थिए । बाघ‚ भालुजस्ता जंगली जनावरले साधुसन्तमाथि आक्रमण गर्ने र दुःख दिने गरेकाले त्यस्ता जनावरबाट सुरक्षाका लागि परिक्रमाको थालनी गरिएको जनविश्वास रहेको छ ।

सन् १७९३ बाट शुरु भएको पाँचदिने मिथिला माध्यमिकी परिक्रमासन् १८३१ र सन् १८७० हुँदै सन् १८९५ मा कमलशरण दासले मठाधीशको अधिकार प्राप्त गरेपछि उनले सन् १८९५ देखि १५ दिने मिथिला अन्तगृह परिक्रमा यात्रा आरम्भ गराएको बताइन्छ । त्यसपछि आज पर्यन्त यही क्रम जारी रहेको जानकारहरू बताउँछ्न् ।

त्यति बेला जनकपुरधामका ५२ कुट्टीका ५२ सन्त र ३ जना सुसारे गरि ५५ जना सन्तबाट शुरु भएको माध्यमिकी परिक्रमामा अहिले हजारौं सहभागी हुने पत्रकार नवल यादवले बताए । यसैकारण मिथिलाको राजधानी जनकपुरधाम ‘५२ कुट्टी ७२ कुण्ड’का नामले पनि प्रख्यात भएको हो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०८१ फाल्गुन १८, आईतवार २२:५५
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८१ फाल्गुन १८, आईतवार २२:५५
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८१ फाल्गुन १८, आईतवार २२:५५
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८१ फाल्गुन १८, आईतवार २२:५५
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८१ फाल्गुन १८, आईतवार २२:५५
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८१ फाल्गुन १८, आईतवार २२:५५

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव