जनकपुरधाम, फागुन १८ गते । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नजिक आइरहेको बेला विभिन्न ४ सुत्रिय माग गर्दै रामस्वरुप रामसागर बहुमुखी क्याम्पस जनकपुरधामका विद्यार्थी संगठनहरु आन्दोलनमा उतरेका छन् ।
आन्दोलनमा उतरेका विद्यार्थी संगठनका नेताहरुले क्याम्पस प्रमुखको कार्यालय र निर्वाचन कार्यालयमा तोडफोड गरेका छन् । स्ववियूका उपसभापति राजेशकुमार कर्णले दूबै कार्यालयमा तालाबन्दी गरिएको जानकारी दिएका छन् ।
विद्यार्थी संगठनहरुको माँग सम्बन्धमा क्याम्पस प्रमुख बसन्त कर्ण गम्भीर नदेखिएको र निर्वाचन समिति बारे सरसल्लाह नगरी केही नेताहरुले आफू अनुकुल बनाएको आरोप विद्यार्थी नेताहरुको रहेको छ । जसपा समर्थित विद्यार्थी संगठन राराब क्याम्पस इकाइ समितिका अध्यक्ष गौतम यादवले निर्वाचन समिति बनाउँदा विद्यार्थी संगठनसँग सल्लाह नगरेको आरोप लगाएका छन् ।
क्याम्पसमा डिजिटल कार्ड अनिवार्य लागु गरियोस, निर्माण भएको फर्जिकार्ड तुरन्त बदर गरियोस, मास्टर डिग्री दोस्रो सेमेष्टरका विद्यार्थीहरुलाई मतदाता नामावलीमा समावेश गर्न व्यवस्था गरियोस तथा नाम दर्ताका लागि आवश्यक समय उपलब्ध गराइयोस, नामाकंन गर्ने समय आवश्यक अनुसार थप गरियोस र आइडी कार्ड बनाउने समय थप गर्न लगायतको ४ सुत्रिय माग उनीहरुको रहेको छ ।
स्ववियूको विगतका चुनाबमा केही फर्जी मतदाता भेटिएको थियो पुनः त्यस्तो गल्ती नहोस हामी चाहन्छौ स्ववियूका उपसभापति कर्णले बताए । संयुक्त विद्यार्थी संगठनको नाउँमा आन्दोलन शुरु गरिएको छ ।
सो आन्दोलनमा नेपाल विद्यार्थी संघ, लोकतान्त्रिक विद्यार्थी संघ, विद्यार्थी जनमत संघ, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, अनेरास्ववियू एकीकृत समाजवादी लगायतका विद्यार्थी संगठनहरु आन्दोलित भएको हो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !