जनकपुरधाम, फागुन १६ गते । महिलाहरूमा हुने महिनावारीको समस्षाबाट कसरी बच्ने र सरसफाई कसरी गर्ने जानकारी सहित सुरक्षाका लागि सिनेटरी बनाउने सम्बन्धी छात्राहरुलाई तालिम दिइदैछ ।
‘महिनावारी स्वच्छता व्यवस्थापन’ विषयक बिहीवारदेखि तीन दिने तालिममा जनकपुरधामस्थित श्री कण्टिर झा माध्यमिक विद्यालयका कक्षा ६ देखि १० सम्मका ४० जना छात्रा र अन्य महिलासहित ५० जनाकाे सहभागिता रहेकाे छ ।
अन्तराष्ट्रिय गैर सरकारी संस्था वल्र्ड शेयरको सहयोग र सामुदायिक सुधार केन्द्र (सिआईसी) द्वारा धनुषाका छनोट भएका सरकारी विद्यालयहरुको लागि धुने सुविधा विस्तार गर्ने कार्यक्रम अन्तर्गत छनाैट भएका साे विद्यालयका छात्राहरुलाई तालिम दिइदैछ ।

तालिममा छात्राहरुलाई महिला र पुरुष प्रजनन प्रणाली, प्रजनन अंगहरु, महिनावरी हुनुपूर्व र भएपछि हुने समस्याबाट कसरी बच्ने र त्यसको समाधान, महिनावारी बारे समाजमा व्याप्त नाकारात्मक धारणाबाट कसरी उन्मुक्ति पाउने तथा महिनावारी हुँदा कस्ता कपडा र कसरी प्रयोग गर्ने लगायतका कुरा बारे जानकारी गराइएको छ ।
तालिमका प्रशिक्षक प्रियंका ठाकुरले महिनावारी स्वच्छता व्यवस्थापन बारे जानकारीसंगै बजारमा पाइने सिनेटरी प्याड महँगो र केमिकलयुक्त भएका कारण असुरक्षित रहेका कारण कम लागतमा सुरक्षित प्याड कसरी बनाउने तालिममा सिकाइएको बताए ।

महिनावारीको लक्षण, प्रजनन अंगको सरसफाई, महिनावारीबाट हुने समस्या र त्यसको समाधान सहितको जानकारी दिइएको बताउंदै अब यो तालिम प्राप्त गरेपछि छात्राहरु महिनावारीको समस्या सहज ढंगबाटै समाधान गर्न सक्ने विश्वास व्यक्त गरिन् ।
विद्यालयका प्रधानाध्यापक शैलेन्द्र मल्लिकले यो तालिम किशोरी छात्राहरुका लागि निकै नै उपलब्धीमूलक रहेको बताए । उनले भने यो तालिमपछि महिनावारीबाट हुने समस्याको छात्राहरुले आफै समाधान गर्नेछ ।

यस्तै सिआईसीका निर्देशक संजय साहले महिलाहरुलाई महिनावारी बारे अवगत नभएका कारण समाजमा व्याप्त नाकारात्मक धारणाले निकै नै समस्या भोग्नु परिरहेको कारण विद्यालय तहमै महिनावारी बारे जानकारी र त्यसबाट उत्पन्न समस्याको समाधान कसरी गर्न सकिने उद्देश्यले छात्राहलाई महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी तालिम दिइएको बताए ।
याे तालिमले छात्राहरू महिनाबारी हुने समस्याबाट उन्मुक्ति पाउनुका साथै घर परिवारका सदस्यसहित अन्य महिलामा सचेतना फैलाई महिनाबारीबाट हुने समस्याबाट बचाउन सक्छ ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !