Thursday, January 15, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र जनकपुरधाम शाखा प्रतिष्ठानलाई हस्तान्तरण

आफूहरुसँग अन्याय भएको भन्दै केन्द्रकै सुविधा दिनुपर्ने माग


शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र जनकपुरधाम शाखा प्रतिष्ठानलाई हस्तान्तरण

जनकपुरधाम, फागुन १५ गते । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको मधेश प्रदेशस्थित शाखा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गरेको छ ।

बिहीवार बेलुका शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. रवि मल्लले प्रतिष्ठानलाई केन्द्रको जनकपुरधाम शाखा अस्पताल भवन, उपकरण र जनशक्ति समेत हस्तान्तरण गरेका छन् ।

हस्तान्तरण पत्रमा केन्द्रको तर्फबाट कार्यकारी निर्देशक डा. मल्ल, प्रवक्ता सुधिरचन्द्र दाहाल, जनकपुरधाम शाखा इन्चार्ज डा. राजेश साह र प्रतिष्ठानको तर्फबाट उपकुलपति डा. अंकुर साह, रजिष्टार डा. विनोद यादव तथा प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशक डा. जामुन सिंहले हस्ताक्षर गरेका छन् ।

अस्पतालका सम्पूर्ण सेवा यथावतै राख्दै प्रतिष्ठानको निती नियम अनुसार संचालन गरिने र केन्द्रमा कार्यरत कर्मचारीहरुलाई प्रतिष्ठानको निती नियम सेवा सुविधा दिने सम्झौता भएको बुझिएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव स्वास्थ्य मन्त्री रहेको बेला २०७६ साल साउन ९ गतेका दिन उद्घाटन गरी राजधानी बाहिर केन्द्रको पहिलो शाखाको रुपमा संचालनमा ल्याइएको थियो ।

तात्कालिन जनकपुर अंचल अस्पताल हालको प्रादेशिक अस्पतालसँग गरिएको सम्झौता अनुसार संचालनको ५ वर्षपछि हस्तान्तरण गर्ने शर्तमा सो हृदय केन्द्र अस्पताल संचालनमा ल्याइएको थियो भने सोही सम्झौता अनुसार हस्तान्तरण पनि गरिएको हो । तर त्यो सम्झौतामा कार्यरत कर्मचारी हस्तान्तरण गर्ने भन्ने कुरा उल्लेख गरिएको थिएन ।

केन्द्रका कार्यकारी निर्देशक डा. मल्लले विगतका सम्झौता अनुसार नै हाम्रो जनकपुरधाम शाखा प्रतिष्ठानलाई हस्तान्तरण गरेका हौं । कुनैपनि कर्मचारीसँग अन्याय हुँदैन, कसैलाई हटाइदैन र उनीहरुलाई कार्यरत पदमै यथावत राखिनेछ । जहाँसम्म तिनीहरुको सेवा सुविधाको कुरा हो त्यो त प्रतिष्ठान अन्तर्गत गएपछि प्रतिष्ठानले नै व्यवस्था गर्नेछ ।

त्यस्तै प्रतिष्ठानका रजिष्टार डा. यादवले केन्द्र प्रतिष्ठानमा आएपछि अझ गुणस्तरीय सेवा प्रदान गरिनेछ । जहाँसम्म कर्मचारीहरुको कुरा हो, कसैलाई अलपत्र छाडिएको अस्पतालसँगै तिनीहरु पनि समायोजन भएको हो । जहाँसम्म सेवा सुविधाको कुरा हो त्यो त प्रतिष्ठानको निती नियम अनुसार तहगत अनुसार नै दिइनेछ । कसैसँग काखापाखा गरिदैन ।

प्रतिष्ठानलाई केन्द्र हस्तान्तरण गरिएकोमा केन्द्रमा कार्यरत कर्मचारीहरुले असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरु आफूलाई प्रतिष्ठानको होइन केन्द्रले दिदैं आएको सेवा सुविधा दिनुपर्ने माग राखेका छन् । नाम नबताउने शर्तमा एक कर्मचारीले भने केन्द्रले दिदैं आएको सेवा सुविधा र प्रतिष्ठानले दिने सेवा सुविधामा आकाश पातालको अन्तर छ । हामीहरुलाई केन्द्रले नै दिदैं आएको सेवा सुविधा दिनुपर्छ । नत्र आफूहरुको आन्दोलन जारी नै रहनेछ ।

केही दिन यतादेखि केन्द्रमा कार्यरत कर्मचारीहरुले यी मागहरु राख्दै आन्दोलनरत रहेका थिए । कर्मचारीहरूले आफ्नो अधिकार रक्षा गर्न तथा अन्यायपूर्ण निर्णय गरिएको भनी आन्दोलन गर्दै अस्पताल अगाडि नै विरोधमा उत्रेका थिए । उनीहरूले उक्त समायोजन प्रक्रिया निष्पक्ष नरहेको र बिना कुनै परामर्शकै जबरजस्ती लागू गर्न खोजिएको आरोप लगाएका छन् ।

कर्मचारीहरूका अनुसार समायोजन प्रक्रिया पारदर्शी छैन र यसले उनीहरूको हक र अधिकारमाथि अतिक्रमण गरेको छ । उनीहरू भन्छन्, ‘समायोजनको निर्णयमा हाम्रो कुनै संलग्नता छैन । यो हाम्रो सेवासँग मात्र सीमित छैन सेवाका गुणस्तरमा गिरावट आउन सक्ने र बिरामीहरूले समयमा उपचार नपाउने सम्भावना रहेकाले जनकपुरधामवासीका लागि समेत ठूलो असर पार्ने विषय हो ।’

उनीहरूले विरोध कार्यक्रमलाई ऐक्यबद्धता जनाउन सबै पक्षसँग सहयोगको अपिल गरेका छन् । कर्मचारीहरूले भनेका छन्, ‘हाम्रो मागहरू पूरा नहुन्जेलसम्म हामी शान्तिपूर्ण विरोध जारी राख्नेछौं । यदि सरकार हाम्रो जायज मागप्रति गम्भीर भएन भने आन्दोलनका थप कार्यक्रमहरू अघि बढाउने हस्तान्तरण अघिसम्म आन्दोलनको क्रममा बताएका थिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

मधेश प्रदेशका मुख्य न्यायाधिवक्तामा डा. सुनील रञ्जन सिंह
Blast News

मधेश प्रदेशका मुख्य न्यायाधिवक्तामा डा. सुनील रञ्जन सिंह

२०८१ फाल्गुन १५, बिहीबार २२:४१
एकीकृत भयाे, जसपा नेपाल र लाेसपा, यादव र ठाकुर दुवैकाे हस्ताक्षर मान्य
Blast News

एकीकृत भयाे, जसपा नेपाल र लाेसपा, यादव र ठाकुर दुवैकाे हस्ताक्षर मान्य

२०८१ फाल्गुन १५, बिहीबार २२:४१
मेडिकल एसोसिएसन जनकपुरकाे अध्यक्षमा डा. यादव
Blast News

मेडिकल एसोसिएसन जनकपुरकाे अध्यक्षमा डा. यादव

२०८१ फाल्गुन १५, बिहीबार २२:४१
मधेश सरकारको प्रवक्तामा मन्त्री राय नियुक्त, तीन समिति गठन
Blast News

मधेश सरकारको प्रवक्तामा मन्त्री राय नियुक्त, तीन समिति गठन

२०८१ फाल्गुन १५, बिहीबार २२:४१
आस्था बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न
Blast News

आस्था बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न

२०८१ फाल्गुन १५, बिहीबार २२:४१
जनकपुरधाम उपमहानगरकाे आयव्ययमा १७ प्रतिशत प्रगति
Blast News

जनकपुरधाम उपमहानगरकाे आयव्ययमा १७ प्रतिशत प्रगति

२०८१ फाल्गुन १५, बिहीबार २२:४१

ताजा खबर

मधेश प्रदेशका मुख्य न्यायाधिवक्तामा डा. सुनील रञ्जन सिंह

मधेश प्रदेशका मुख्य न्यायाधिवक्तामा डा. सुनील रञ्जन सिंह

एकीकृत भयाे, जसपा नेपाल र लाेसपा, यादव र ठाकुर दुवैकाे हस्ताक्षर मान्य

एकीकृत भयाे, जसपा नेपाल र लाेसपा, यादव र ठाकुर दुवैकाे हस्ताक्षर मान्य

मेडिकल एसोसिएसन जनकपुरकाे अध्यक्षमा डा. यादव

मेडिकल एसोसिएसन जनकपुरकाे अध्यक्षमा डा. यादव

मधेश सरकारको प्रवक्तामा मन्त्री राय नियुक्त, तीन समिति गठन

मधेश सरकारको प्रवक्तामा मन्त्री राय नियुक्त, तीन समिति गठन

आस्था बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न

आस्था बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न

जनकपुरधाम उपमहानगरकाे आयव्ययमा १७ प्रतिशत प्रगति

जनकपुरधाम उपमहानगरकाे आयव्ययमा १७ प्रतिशत प्रगति

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव