जनकपुरधाम, फागुन १२ गते । बितेको गत सात महिनाको अवधिमा युनाइटेड अरब इमिरेट्स (यूएई)मा १९२ जना नेपाली कामदारको मृत्यु भएको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो सात महिना (साउनदेखि माघ मसान्तसम्म) मा १९२ नेपाली मजदुरको मृत्यू भएको हो । यूएईस्थित नेपाली दूतावासकै तथ्यांकले यतिधेरै नेपाली मजदुरको मृत्यू भएको जनाएको छ ।
दूतावासले सार्वजनिक गरेको विवरणअनुसार, ०८१ साउनमा साउनमा ३०, भदौमा ३२, असोजमा ३३, कात्तिकमा ३५, मंसिरमा २४, पुसमा १३ र माघमा २५ जना नेपालीको मृत्यु भएको हो । पछिल्लो सात महिनामा प्रत्येक महिना औसतमा २७ जनाभन्दा बढी नेपाली कामदारको मृत्यु यूएईमा भएको देखिन्छ ।
गत आर्थिक वर्ष २०८०÷८१ मा यूएईमा २३१ जना नेपालीले ज्यान गुमाएका थिए । उक्त वर्ष प्रत्येक महिना औसतमा १९ जनाभन्दा बढी नेपालीको मृत्यु यूएईमा भएको थियो । सडक दुर्घटना, कार्यस्थल दुर्घटना, हृदयघात, मुटु सम्बन्धी रोग लगायतका कारण नेपालीले यूएईमा ज्यान गुमाउने गरेका छन् ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !