जनकपुरधाम, फागुन ८ गते । भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. विनय कुमार कर्णले प्रदेशका कृषिकाे अवस्था भयावह रहेकाे बताएका छन् ।
बिहीवार जनकपुरधाममा आयोजित एक परियाेजना शुभारम्भभ कार्यक्रममा उनले यस्ताे बताएका हुन ।
उनले कृषिमा सबभन्दा बढी ३५ प्रतिशत योगदान भएपनि भयावह अवस्था रहेको बताए । उनले भने किसानले उत्पादन गर्ने गहुँ र चामलको नेपाल सरकारले तोकेको समर्थन मूल्य पनि आउने छैन ।
उनले भने ‘क्वालिटी राम्रो छैन भने राम्रो गर्नमा जोड दिनुपरयो । यदि राम्रो क्वालिटी छ भने अन्तराष्ट्रिय बजारमा पुरयाउनुपर्ने व्यवस्था मिलाउनुपर्छ । तर त्यस्तो अवस्था रहेको छैन । यसले के देखाउंछ भने हाम्रो सिस्टममै कमीकमजोरी छ । यसको सुधार आवश्यक छ ।’

विगतभन्दा कृषि उत्पादनमा निकै ह्रास आएको बताउंदै सचिव कर्णले भने किसान घरधुरीको संख्या बढदै गइरहेको छ तर उत्पादन घटदै गइरहेको छ । तथ्यांकलाई केलाउने भने हो भने कामदारमा ३ प्रतिशतले कमी आएकाे छ । अन्न उत्पादन संगै पशुपाल्न समेत घटदै गएकाे छ । याे अवस्था प्रदेशका लागि भयावह हाे ।
कृषि क्षेत्रको उत्पादन घटनुमा एक प्रमुख कारक तत्व कामदार सबभन्दा बढी महिला हुन् । तर नेतृत्वको चाबी पुरुषको कब्जामा छन् । कृषि क्षेत्रमा महिलाको ग्राहयतामा जोड दिन आवश्यक छ । तर स्थानीयताको आधारमा दिनुपर्ने भन्दै उनले मैथिली भाषी जहाँ छ त्यहाँ मैथिली भाषीलाई, जहाँ भोजपुरी भाषी छ त्यहाँ भोजपुरी भाषी महिलालाई अवसर दिनुपर्छ न कि काठमाडौ लगायतका अन्य ठाउँबाट आएकालाई दिनुपर्छ भने ।
कार्यक्रममा शहीद नगरपालिकाकी उपमेयर सुनिता सिंहले कृषिमा सुधार ल्याउन हरित क्रान्ति अभियानको आवश्यकता रहेकोमा जोड दिइन् । उनले भनिन् कृषिमा जति लगानी छ त्यति आम्दानी छैन । लागत पनि उपर नहुने अवस्था रहेकाले कृषि उत्पादनमा कमी आएको हो । जसको प्रमुख कारण हो मलखाद्य, बिउबिजन र जनशक्ति आभाव ।

यस्तै गणेशमान चारनाथ नगरपालिकाकी उपमेयर तुलसा पाण्डेले महिलालाई सामान अवसर नदिएसम्म कृषिमा सुधार आउन नसक्ने बताईन । उनले भनिन् क्षेत्रियता वा भाषिक होइन काम गर्ने क्षमताको आधारमा महिलालाई अवसर दिनुपर्छ ।
विपन्न किसानहरुको अवस्था सुधार र खाद्य सुरक्षा उद्देश्यले प्रकृतिमा आधारित कृषि खाद्य प्रणालीका लागि नागरिक समाज परियोजना वेल्टहँगरहिल्फे (डब्लु एचएच) द्वारा ल्याइएकाे हाे । वेल्टहँगरहिल्फेको सहयोगमा संचालन हुने आयोजनाको साझेदार संस्थाको रुपमा जानकी महिला जागरण समाज (ज्वास), आसमान नेपाल , जनचेतना अभियान नेपाल (प्याक) रहेको छ ।
सन् २०२५ देखि २०२८ सम्म संचालन हुने उक्त कार्यक्रम गणेशमान चारनाथ नगरपालिका, शहिदनगर नगरपालिका र जनकनन्दीनी गांउपालिकासहित तीनवटा पालिकामा संचालन हुनेछ । जसको लक्ष्य नागरिक समाजले प्रदेशमा प्रकृक्ति मैत्री समाधानहरू र नीतिको स्थानीयकरण मार्फत स्थानीय कृषि–खाद्य प्रणालीलाई प्रवद्र्धन गर्ने हो ।
धनुषा जिल्लाका तीन वटा लक्षित नगरपालिकाको ५ हजार सीमान्तकृत परिवारहरूको खाद्य सुरक्षामा सुधार आएको हुने, र नागरिक समाज तथा स्थानीय अधिकारीहरूले जलबायु उत्थानशील समाधानहरू सहित कृषि–खाद्य प्रणालीलाई प्रवद्र्धन गर्ने परियोजनाको उद्देश्य रहेको छ ।

परियोजनावाट प्रत्यक्ष रुपमा ती ३ वटै लक्षित पालिकाहरुको ५ हजार सिमान्तकृत घरधुरीका करिब २६,६१० व्यक्तिहरु, ५० प्रतिशत महिला, साना कृषक तथा भूमिहिन परिवारहरु, कमला नदीको प्रभावबाट अति जोखिममा रहेका समुदाय, विपन्न, दलित, जनजाती, अपाङ्गता भएको व्यक्ति, एकल महिला तथा रोजगार गुमाएका युवाहरु, ३१ वटा सामुदायिक संस्थाहरु लाभान्वित हुनेछ ।
सो परियोजनाबाट लक्षित पालिकाको सीमान्तकृत परिवारहरूलाई पुर्नजीवित कृषि उत्पादनको प्रयोगका लागि प्राविधिक ज्ञान र पूर्वाधार क्षमताहरू गर्नेछ र तिनीहरू कृषि पारिस्थितिकी कम्पनीहरूबाट कृषि उपकरण र बिउबिजन प्राप्त गर्नेछ । लक्षित पालिकामा २ सय वटा कृषक समूह गठन तथा परिचालन, ५० वटा नमुना कृषक समूह गठनको लागि कृषक पहिचान र अगुवा कृषकहरुलाई पुर्नजीवित कृषि प्रणाली सम्बन्धी क्षमता अभिवृद्धि गर्ने बताइएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !