जनकपुरधाम, माघ २३ गते । जनताको घरदैलोमै सेवा पुर्याउने उद्देश्यले महाेतरीकाे मटिहानी नगरपालिकामा एकीकृत घुम्ती सेवा शिविर संचालनमा आएकाे छ ।
पालिकाकाे ९ वटै वडाका जनतामा सेवा पुग्ने गरि शिविर संचालन गरिएको नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले बताएका छन् । बुधवार वडा नं. १ मा मेयर मण्डल र प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले संयुक्त रुपमा उदघाटन गरेका हुन ।
मेयर मण्डलले पालिका र वडाबाट प्रवाह हुने सेवा एकीकृत रूपमा जनतासामु पु¥याउने उद्देश्यले विगत केहि वर्ष देखि शिविर संचालन हुदै आएकोमा काेही पनि नछुटाेस भन्न उद्देश्यले वडामै जनताकाे घरसम्म पुगेर सेवा दिने उद्देश्यले घुम्ती शिविर संचालन गरिएकाे बताए ।
छुटेका सेवाग्राही शिविरबाट लाभान्वित हुने वताए ।
साे घुम्ती शिविरमा योजना सम्बन्धि अभिमुखीकरण, योजना समझौता, व्यवसाय दर्ता तथा नविकरण, जेष्ठ नागरिक परिचयपत्र वितरण, गोबर र गर्भ परीक्षण, पशुपंक्षी सम्बन्धी परामर्श तथा औषधी वितरण, राजस्व असुली, अपाङता परिचयपत्रको लागि दरखास्त संकलन, निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधी वितरण, माटो परीक्षण (कृषि कार्यका लागि) कृषि मीटर सिफारिस तथा तरकारीको मिनी किट वितरण र वडाबाट प्रवाह हुने व्यक्तिगत घटना दर्ता लगायतका सम्पूर्ण सेवाहरु, स्वास्थ्य बिमा प्रदान गरिने छ ।
साे शिविरको उदघाटन कार्यक्रममा ससस्त्र प्रहरीका एसपी विनोद केसी, राष्ट्रिय अनुसन्धान कार्यालय महोत्तरीका प्रमुख सुदीप अधिकारी, उप–प्रमुख मंजू देवी साह, वड़ा अध्यक्षहरु, स्वास्थ्य शाखा प्रमुख पवन मण्डल, शिक्षा संयोजक चन्देश्वर साह,सम्पूर्ण शाखाका शाखा प्रमुखहरु, कार्यपालिका सदस्यहरु,वड़ा सदस्यहरु, वड़ा सचिवहरु लगायतका व्यक्तिहरूकाे उपस्थित रहेकाे थियाे ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !