जनकपुरधाम, माघ २३ गते । पत्रकार विरेन्द्र रमणकाे अध्यक्षतामा संसदीय मामिला पत्रकार समाज, जनकपुरधामको नयाँ कार्यसमिति पुनर्गठन भएकाे छ ।
बुधबार नेपाल पत्रकार महासंघ धनुषाको शास्त्री सभाकक्षमा सम्पन्न भएको पत्रकारहरुको भेलाबाट छलफल र परामर्शपछि पत्रकार रमणकाे अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति पुनर्गठन गरिएको हो ।
कार्यसमितिमा उपाध्यक्षमा हदिस खुद्दार, सचिवमा विकास कुमार साह, सह–सचिवमा कमलेश कुमार ठाकुर र कोषाध्यक्षमा लक्ष्मी चौधरी चयन भएकी छन् ।
सदस्यहरूमा नविन सिंह, संजय साह, चाँदनी झा, माला राय, राजा झा र संजय यादवलाई चयन गरिएको छ । संसदीय मामिलामा सशक्त पत्रकारिता गर्न योगदान दिने विश्वास गरिएको छ ।
सल्लाहकार समितिमा नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साह, मनिका झा, अजित तिवारी, श्रीनारायण साह, अजय झा, सुरेश यादव र धिरेन्द्र साह चयन भएका छन् । सल्लाहकार समितिले कार्यसमितिलाई आवश्यक सुझाव र मार्गदर्शन गर्नेछ ।
यो समितिले संसदीय मामिलामा जनकपुरधाममा कार्यरत पत्रकारहरूबीचको समन्वय, समाचार संकलनमा हुने कठिनाई समाधान र पत्रकारिताको उच्च मापदण्ड कायम गर्न सक्रिय भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ ।
पत्रकारहरूबीचको एकता, सहकार्य र जिम्मेवारीलाई अझ सुदृढ बनाउनका लागि समिति अत्यन्तै महत्वपूर्ण हुने अध्यक्ष वीरेन्द्र रमणले बताए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !