जनकपुरधाम, माघ २२ गते । राष्ट्रिय हाईस्कूल च्याम्पियनसिप क्रिकेट प्रतियोगिताक अन्तिम प्रतिष्पर्धाका लागि मधेशबाट मोनाष्टिक आवासीय माध्यमिक विद्यालयका क्रिकेटर विद्यार्थी मंगलवार काठमाडौ प्रस्थान गरेका छन् ।
युवा खेलाडीहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले आयोजित राष्ट्रिय हाई–स्कूल च्याम्पियनसिप क्रिकेट (एनएचसी) को मधेश क्वालिफायर प्रतियोगितामा मोनाष्टिक आवासीय माध्यमिक विद्यालयले शानदार प्रदर्शन गर्दै विजयी भएको थियो । दृढ संकल्प र उत्कृष्ट खेल कौशलका साथ मोनाष्टिकले मधेशको उपाधि मात्र हात पारेन, ट्रफी, प्रमाणपत्र र नगद पुरस्कार ५० हजार रुपैयाँ समेत जितेको थियो ।
राष्ट्रिय च्याम्पियनसिपको फाइनल माघ २३ देखि २६ गतेसम्म काठमाण्डौमा आयोजना हुने अन्तिम प्रतिष्पर्धामा सहभागी हुन मोनाष्टिकको टोली अब राष्ट्रिय हाई–स्कूल च्याम्पियनसिपको क्रिकेट टोली काठमाण्डौ प्रस्थान गरेको हो ।
मोनाष्टिक आवासीय माध्यमिक विद्यालयका निर्देशक डा. सोनु साह र खेलकुद प्रशिक्षक बीरेन्द्र कर्णले बधाई दिंदै खेलाडीहरूलाई फूलमाला लगाएर विदाई गरेका छन् । निर्देशक साहले खेलाडीहरूको मेहनतलाई सराहना गर्दै राष्ट्रिय उपाधि जितेर आएमा यो मोनाष्टिकको लागि गर्वको कुरा नभई मधेशकै शान बढनेछ भने ।
मोनाष्टिक टोलीको कप्तान सचिन राज साह र उपकप्तान राहित कुमार महतो रहेका छन् भने विकेट किपरमा शेख गुल्फाम हुसैन छन् । त्यस्तै, अन्य खेलाडीहरु कमल चन्द्र शिवहरे, रवि कुमार शर्मा, मो. सदिक रेजा, सन्तोष यादव, रक्की कुमार ठाकुर, अंकित कुमार यादव, राहुल यादव, धिरज कुमार दास, अमन कुमार साह, मो. अयान अक्रम, शषि कुमार यादव र गोवीन्द यादव रहेका छन् । टोलीको कोच म्यानेजरको रुपमा बिक्रान्त यादव र संजय सिंह रहेका छन् ।
ती प्रतिष्पर्धामा सातवटै प्रदेशका टीम सहित ८ वटा टीमले सहभागिता जनाउनेछ । प्रतियोगितामा विजेता टिमले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार रुपैयाँ पाउनेछ । त्यस्तै, उत्कृष्ट खेलाडीले १० हजार नगद र ट्रफी प्राप्त गर्नेछ । विधागत उत्कृष्ट खेलाडीहरूलाई पनि १० हजार नगदसहित ट्रफी दिइनेछ । यो प्रतियोगितामा नेपालभरका ५७ वटा हाई–स्कूलका टोलीहरूले सहभागिता जनाएका थिए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !