Saturday, December 13, 2025
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मधेसको कामकाजी भाषाका लागि ५ भाषा

नेपाली बाहेक मैथिली, भोजपुरी, बज्जिका, हिन्दी र अंग्रेजीकाे प्रस्ताव


मधेसको कामकाजी भाषाका लागि ५ भाषा

जनकपुरधाम, माघ ९ गते । मधेश प्रदेशकाे सरकारी कामकाजको भाषाका लागि ५ वटा भाषा प्रदेश सभामा प्रस्ताव पेश गरिएकाे छ ।

मधेश प्रदेशकाे सरकारी कामकाजको भाषाका लागि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ को प्रस्ताव मधेस प्रदेशसभामा पेश भएको हाे । शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी शर्मा तिवारीले उक्त विधेयकमा पांचवटा भाषा समावेश गरेकाे छ ।

बैठकमा छलफलकालागि प्रस्तुत विधेयकमा मधेशमा सरकारी कामकाजको भाषा बहुसंख्यक बोलिने नेपाली भाषा बाहेक मैथिली, भोजपुरी, बज्जिका, हिन्दी र अंग्रेजीलाई समेटिएको हो ।

विधेयकको दफा २ को उपदफा (ख) मा सरकारी कामकाजको भाषा भन्नाले ‘मधेश प्रदेशको सरकारी कार्यालयहरुमा लिखित वा मौखिक रुपमा प्रयोग हुने नेपाली भाषाका अतिरिक्त मैथिली, भोजपुरी, बज्जिका, हिन्दी र अंग्रेजी सम्झनु पर्छ ’उल्लेख छ ।

मधेशका गृह तथा सञ्चारमन्त्री राजकुमारी लेखीले थारू भाषालाई लत्याएर विधेयक ल्याएकोमा आक्रोश व्यक्त गरेका छन् । सरकारी कामकाजको भाषाबारेको विधेयकमा अब संशोधन दर्ता गर्ने उनको भनाइ छ ।

‘मधेशका सप्तरी, सिरहा, महोत्तरी, बारा र पर्सामा थारू भाषा बोल्ने अधिकांश ठाउँमा कसरी मैथली र भोजपुरी लागू हुन सक्छ ? यो त थारू भाषीमाथिको अन्याय हो । हामी थारू भाषा सरकारी कामकाजको भाषा बनाइयोस भनेर संशोधन दर्ता गर्छौं ।’

सरकारी कामकाजमा जनताको सहज पहुँच र प्रत्याभूति अभिवृद्धि गरी बहुजातीय र बहुभाषिक विविधता, एकता र सामाजिक–भाषिक न्याय कायम गर्न सरकारी कामकाजको भाषा तोक्ने सम्बन्धी विधेयक प्रस्तुत भएको जनाइएको छ ।

मधेश प्रदेशभित्रका सरकारी निकाय, सार्वजनिक संस्थान तथा प्रतिष्ठान लगायत सरकारी कार्यालयमा थप पाँचै भाषालाई कामकाजको भाषाका रूपमा प्रयोगमा ल्याइने जनाइएको छ ।

अहिलेसम्म सरकारी कामकाजको भाषाका रूपमा नेपालीको प्रयोग हुँदै आएको छ। विधेयक पारित भएपछि मधेश प्रदेशको सरकारी कामकाजमा अन्य मातृभाषाको पनि प्रयोग गरिनेछ ।

विधेयकमा प्रदेश राजपत्र प्रकाशन गर्दा देवनागरी लिपिमा लेखिने नेपाली भाषाका अतिरिक्त मैथिली, भोजपुरी, बज्जिका, हिन्दी र अंग्रेजी भाषामा पनि प्रकाशन गर्न सकिने व्यवस्था गरिएको छ । सरकारी तथा सार्वजनिक निकायको कार्यक्षेत्र तथा संगठित संस्था, समुदाय र सार्वजनिक संस्थानमा नेपाली भाषाका अतिरिक्त कुनै पनि भाषाको प्रयोग निषेध गर्न नपाइने व्यवस्था गरिएको छ ।

अन्य भाषालाई निषेध गरिएको खण्डमा सार्वजनिक पद धारणा गरेका व्यक्ति, पदाधिकारीलाई १० हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था विधेयकमा छ ।

त्यस्तै, सरकारी कामकाजको भाषामा गरिने अनुसन्धान र छापिने पत्रपत्रिकालाई सरकारले प्रोत्साहन गर्ने प्रावधान राखिएको छ । प्रदेशभित्र बोलिने सरकारी कामकाजको भाषाको विकासका लागि प्रदेश सरकारले सरकारी कामकाज भाषा विकास परिषद् गठन गर्न सक्ने समेत प्रावधान छ ।

भाषा आयोगले मधेश प्रदेशमा नेपाली भाषाका अतिरिक्त सबैभन्दा बढी वक्ता भएका मैथिली, भोजुरी र बज्जिका भाषालाई प्रदेशको सरकारी कामकाजको भाषा तोक्न २०७८ भदौ २१ मा सिफारिश गरेको थियो । राष्ट्रिय जनगणना, २०७८ को भाषिक तथ्यांक अनुसार मधेशमा मैथिली बोल्ने ४१.७३ प्रतिशत, भोजपुरी बोल्ने १८.८१ प्रतिशत र बज्जिका बोल्ने १८.४४ प्रतिशत छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

मिथिला डिपार्टमेन्टको चौथो शाखा कदम चाेकमा
Blast News

मिथिला डिपार्टमेन्टको चौथो शाखा कदम चाेकमा

२०८१ माघ १०, बिहीबार ००:०६
प्रविधि मार्फत हुने लैंगिक हिंसा मधेशमा बढी
Blast News

प्रविधि मार्फत हुने लैंगिक हिंसा मधेशमा बढी

२०८१ माघ १०, बिहीबार ००:०६
२० कराेडबढी खर्चे पनि बनेनन् कमला पुल, अब नयां टेण्डर
Blast News

२० कराेडबढी खर्चे पनि बनेनन् कमला पुल, अब नयां टेण्डर

२०८१ माघ १०, बिहीबार ००:०६
गाेदावरी हस्पिटलद्वारा रक्तदान कार्यक्रम
Blast News

गाेदावरी हस्पिटलद्वारा रक्तदान कार्यक्रम

२०८१ माघ १०, बिहीबार ००:०६
७ दललाई एमालेकाे काउण्टर : मुख्यमन्त्रीलाई काम गर्न देउ भनी धर्ना
Blast News

७ दललाई एमालेकाे काउण्टर : मुख्यमन्त्रीलाई काम गर्न देउ भनी धर्ना

२०८१ माघ १०, बिहीबार ००:०६
गोली हानी प्रहरीले वडाध्यक्षको गरे हत्या
Blast News

गोली हानी प्रहरीले वडाध्यक्षको गरे हत्या

२०८१ माघ १०, बिहीबार ००:०६

ताजा खबर

मिथिला डिपार्टमेन्टको चौथो शाखा कदम चाेकमा

मिथिला डिपार्टमेन्टको चौथो शाखा कदम चाेकमा

प्रविधि मार्फत हुने लैंगिक हिंसा मधेशमा बढी

प्रविधि मार्फत हुने लैंगिक हिंसा मधेशमा बढी

२० कराेडबढी खर्चे पनि बनेनन् कमला पुल, अब नयां टेण्डर

२० कराेडबढी खर्चे पनि बनेनन् कमला पुल, अब नयां टेण्डर

गाेदावरी हस्पिटलद्वारा रक्तदान कार्यक्रम

गाेदावरी हस्पिटलद्वारा रक्तदान कार्यक्रम

७ दललाई एमालेकाे काउण्टर : मुख्यमन्त्रीलाई काम गर्न देउ भनी धर्ना

७ दललाई एमालेकाे काउण्टर : मुख्यमन्त्रीलाई काम गर्न देउ भनी धर्ना

गोली हानी प्रहरीले वडाध्यक्षको गरे हत्या

गोली हानी प्रहरीले वडाध्यक्षको गरे हत्या

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव