Tuesday, August 25, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

हिरो एक्सट्रीमका दुई मोटरसाइकल जनकपुरधाममा लञ्च, यस्ता छन् विशेषता


हिरो एक्सट्रीमका दुई मोटरसाइकल जनकपुरधाममा लञ्च, यस्ता छन् विशेषता

जनकपुरधाम, माघ ५ गते । हिरोका एक्सट्रीम सिरिजका दुई नयाँ मोटरसाइकल शनिवार जनकपुरधाममा पनि लञ्च गरिएको छ ।

हिरो मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटर्सद्वारा जनकपुरधामस्थित स्वस्तिक अटो एण्ड ट्रेडिङ्गले एक भव्य कार्यक्रम आयोजना गरी दूबै नयाँ मोटरसाइकल हिरो एक्स्ट्रिम १२५ आर र एक्स्ट्रिम १६० फोर भी सार्वजनिक गरेको हो ।

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी, वरिष्ठ उपाध्यष मनोज साह, निर्वतमान अध्यक्ष जितेन्द्र महासेठ र सिजी मोटर्सका कुन्दन भण्डारी लगायतका व्यक्तिहरुले संयुक्त रुपमा लञ्च गरेका हुन् ।
हीरो मोटोकर्पले एक्स्ट्रिम रेंज मार्फत नेपालका आधुनिक राइडरहरूको परिष्कृत माग तथा आवश्यकताहरू पूरा गर्दै शक्तिशाली, आकर्षक र उत्कृष्ट प्रदर्शन–आधारित मोटरसाइकलको चाहना पुरा गर्ने उद्देश्य लिएको सिजी मोटर्सका कुन्दन भण्डारीले बताए ।

हिरोले एक्स्ट्रीम १६० आर फोभीमा १६३.२ सीसी क्षमताको सिंगल सिलिण्डर, फोर भल्भ, आयल कुल्ड इन्जिन दिइएको र केवाइबीको अपसाइड डाउन सस्पेन्सन छ भने यसमा कनेक्टेड फिचर उपलब्ध रहेको उनले जानकारी दिए ।

त्यस्तै, अर्को मोटरसाइकल एक्स्ट्रीम १२५ आरमा १२५ सीसी क्षमताको सिंगल सिलिण्डर, एयर कुल्ड, स्प्रिन्ट ईबीटी इन्जिन रहेको भण्डारीले जानकारी दिए । यसमा ५ स्पीडको गियरबक्स रह्नुका साथै सिंगल च्यानल एबीएस तथा एलईडी हेडलाइटहरू उपलब्ध रहेको उनले बताए ।

एक्स्ट्रिम १६० आर फोरभी (प्रो) को मूल्य रु. ३,८४,९०० र एक्स्ट्रिम १२५ आरको मूल्य सीबीएस भेरियन्टका लागि रु. २,८९,९०० र एबीएस भेरियन्टका लागि रु. ३,११,९०० तोकिएको छ ।

स्वस्तिक अटो एण्ड ट्रेडिङ्गका प्रोपराइटर किशन दिक्षितको अध्यक्षतामा भएको सो लञ्च कार्यक्रममा प्रमुख अतिथि जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी यसले जनकपुरधामको बजार चलायमान हुने विश्वास व्यक्त गरे । कार्यक्रम ट्राफिक कार्यालय धनुषाका प्रमुख हरि ओली, जउवा संघका पदाधिकारीहरु र नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरण साह रौनियार लगायत जनकपुरधामका व्यवसायी तथा स्थानीयहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सांगितिक तथा नृत्य सहितका प्रस्तुती समेत राखिएको थियो ।

उत्पादनका विशेषताहरू

एक्स्ट्रिम १६० आर फोरभी

एक्स्ट्रिम १६० आर फोरभीले १६० सीसी सेगमेन्टलाई नयाँ उचाइमा पु¥याउँदै १६३ सीसी ४–भल्भ बीएस–भीआई इन्जिन प्रदान गर्दछ । यसले ८ हजार ५०० आरपीएममा १६.९ पीएस पावर र ६ हजार ५०० आरपीएममा १४.६ एनएम टर्क उत्पादन गर्दछ । यो मोटरसाइकलले ०–६० कि.मी./घण्टा मात्र ४.४१ सेकेन्डमा पुग्ने नयाँ स्तर निर्धारण गरेको छ ।

उच्च गतिका लागि असाधारण क्षमता र उत्कृष्ट प्रदर्शनका साथ, यो आफ्नो श्रेणीकै सबैभन्दा तीव्र गतिको मोटरसाइकल हो । यसलाई अझ उच्च स्तरको बनाउन, ३७ एमएम केवाईबी इनभर्टेड फ्रन्ट फोर्क र ७–स्टेप एडजस्टेबल रियर सस्पेन्शनले ह्यान्डलिङमा सहजता र स्थिरता प्रदान गर्दछ । केवल १४५ किलो तौल भएको यो मोटरसाइकल सजिलै मोड्न र चलाउन सकिन्छ । यसमा उपलब्ध गरिएको पेटल डिस्क ब्रेकले सहरी सडक र राजमार्गहरूमा समेत कर्नरिङमा सहजता प्रदान गर्दछ ।

एक्स्ट्रिम १६० आर फोरभीमा मस्कुलर र एरोडायनामिक डिजाइनका साथमा विङलेटहरू सहितको रोबोटिक हेडल्याम्प, अन्डर काउल, र हगर फेन्डर पनि उपलब्ध रहेको छ । यसमा सिंगल वा स्प्लिट सिटको विकल्प उपलब्ध छ । साथै, आरामदायी यात्राका लागि डिजाइन गरिएको इर्गोनोमिक्सले खुट्टाका लागि अतिरिक्त स्थान र झुकाइएको ह्यान्डलबार रहेकाले गर्दा यात्रा अझ सहज हुनेछ ।

प्रविधिको दृष्टिले, यसमा फुल–एलईडी लाइटिङ प्याकेज, ब्लुटुथ कनेक्टिभिटीसहितको इन्भर्टेड स्पीडोमिटर, गियर पोजिशन इन्डिकेटर, र कल/एसएमएस अलर्ट लगायत सुविधाहरू पनि उपलब्ध गरिएको छ । यी सुविधाहरूले राइड अनुभवलाई थप सहज र आधुनिक बनाउँछ , जसले गर्दा उच्चतम स्तरको अनुभव खोज्नेहरूका लागि यो मोडेल अति उपयोगी हुनेछ ।

एक्स्ट्रिम १२५ आर

एक्स्ट्रिम १२५ आरले १२५ सीसी सेगमेन्टमा नयाँ स्ट्यान्डर्ड स्थापना गर्दै शक्तिशाली स्प्रिन्ट इन्जिन प्रदान गर्दछ । यसले ११.४ बीएचपी पावर उत्पादन गर्दै, ०–६० कि.मी.–घण्टा केवल ५.९ सेकेन्डमा पु¥याउने क्षमता राख्छ । प्रदर्शन र माइलेजको सन्तुलनका लागि यो उत्कृष्ट मोटरसाइकल हो । यसमा ईबीटी प्रणाली उपलब्ध गरिएको छ , जसले थप सन्तुलित यात्राको अनुभव दिन्छ । साथै, हीरोको आईथ्रीएस प्रणालीले इन्धनको बचत सुनिश्चित गर्नेछ ।

एक्स्ट्रिम १२५ आरको मस्कुलर र शार्प डिजाइन अन्तर्गत सेगमेन्टमै पहिलो प्रोजेक्टर एलईडी हेडल्याम्प, एलईडी टर्न सिग्नल, र सिग्नेचर एलईडी टेल लाइट समावेश गरिएको छ । सेगमेन्टमै पहिलो पटक स्पोर्टी मफ्लर, ह्वील कभर, र नेगेटिभ एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर जस्ता फिचरहरूले यसलाई प्रविधिमैत्री र आकर्षक बनाएको छ ।

यस मोडेलमा दिइएको डायमन्ड फ्रेमले उत्कृष्ट ह्यान्डलिङको सुनिश्चितता प्रदान गर्दछ । १२०्८० रियर टायर, ३७ एमएम फ्रन्ट सस्पेन्सन, र ७–स्टेप एडजस्टेबल मोनो–शकले स्थिरता र आरामदायी यात्रा प्रदान गर्दछ । फ्ल्याट ह्यान्डलबारले दैनिक तथा रोमाञ्चक यात्रा, दूबै अवस्थामा सहजताको सुनिश्चितता दिएको छ ।

सुरक्षाका लागि, यसमा सिंगल च्यानल एबीएस, २७६ एमएम फ्रन्ट डिस्क ब्रेक, र हाजार्ड लाइट जस्ता सुविधाहरू समावेश गरिएका छन् । फायरस्टोर्म रेड, कोबाल्ट ब्लु, र स्टालियन ब्ल्याक जस्ता आकर्षक रङका विकल्पहरूमा उपलब्ध एक्स्ट्रिम १२५ आरले उत्कृष्ट प्रदर्शन, अत्याधुनिक विशेषताहरू र उच्च सुरक्षाका साथ नेपालका युवा पुस्ताका राइडरहरूको ध्यानाकर्षण गरी बनाइएको भण्डारीले बताए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८१ माघ ६, आईतवार ०९:२२
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८१ माघ ६, आईतवार ०९:२२
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

२०८१ माघ ६, आईतवार ०९:२२
रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०८१ माघ ६, आईतवार ०९:२२
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०८१ माघ ६, आईतवार ०९:२२
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०८१ माघ ६, आईतवार ०९:२२

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव